ट्रेंडिंग:

>> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ?

प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’

१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार

काठमाडौँ ।

राजधानी काठमाडौँ फेरि विश्वको नम्बर वान प्रदूषित सहरमा सूचीकृत भएको छ। एयर क्वालिटी इन्डेक्सले सार्वजनिक गरेको विश्वका प्रमुख प्रदूषित १५ सहरको सूचीमा काठमाडौँ उपत्यका पहिलो नम्बरमा छ।

आज (शुक्रबार) काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) २०६ छ।

विश्वकै प्रदूषित दोस्रो सहरको सूचीमा पाकिस्तानको लाहोर छ भने तेस्रो स्थानमा भारतको राजधानी नयाँ दिल्ली छ। लाहोरको एक्यूआई आज १८१ छ भने दिल्लीको १७० छ।

यसअघि गएको चैत २७ गते पनि काठमाडौँ उपत्यकाका वायु प्रदूषणको दृष्टिले विश्वको नम्बर वान सहर बनेको थियो। त्यतिबेला काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) दुई सय पुगेको थियो।

प्रदुषण मापनमा शुन्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने अवस्थाको सूचकको रुपमा लिइन्छ।

१०१ देखि १५० सम्मको एक्यूआईले श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्ने विज्ञहरुले बताएका छन्। १५१ देखि २०० सम्मको एक्यूआईलाई अस्वस्थकर वायुको रुपमा लिइन्छ।

त्यसैगरी २०१ देखि ३०० सम्मको एक्यूआईलाई अति अस्वस्थ, ३०१ देखि ४०० सम्मको एक्यूआईलाई खतरनाक र ४०१ देखि ४५० सम्मको एक्यूआईलाई अति खतरा वायू मानिन्छ।

काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ।

काठाडमौँ उपत्यकामा वायू प्रदूषण मानव जीवनका लागि ठूलो समस्या बन्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?