ट्रेंडिंग:

>> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी >> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार >> पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन >> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी >> रायबरेलीबाट पनि उम्मेदवार बन्दै कांग्रेस नेता राहुल गान्धी >> मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनु पर्छ >> भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन >> झन्डै १६ लाख जना लाइसेन्सको पर्खाइमा >> चन्द्रकोट गाउँपालिका द्वारा पशु चौपाया ओसारपसारमा रोक >> गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु >> तोलामा ११ सय घट्यो सुन >> ‘प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन’ >> बुटवलका अवैध ट्राभल्स एजेन्सी कारबाहीमा >> आगलागी पीडितको बिचल्लीः न गास, न बास, न पानी ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> आज विश्व प्रेस स्वतन्त्रता दिवस >> नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै >> चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी >> अवरुद्ध इन्टरनेट सेवा सुचारु >> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट

भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम

१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार

बुटवल, १३ वैशाख ।

बुटवलमा मङ्गलबारदेखि सुरु भएको भलिबल प्रतियोगिता बिहीबार समापन भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नारा सहित सहिद स्मृति खेलकुद अन्तर्गत भलिवल प्रतियोगिता २०८१ तथा खेलाडी सम्मान कार्यक्रम मंगलवार लुम्बिनी भिजन युवा क्लव रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा वुटवलको सुख्खानगरमा रहेको एभरेष्ट वोर्डिङ्ग स्कुलको मैदानमा सुरु भएको थियो ।

प्रतियोगितामा रुपन्देही जिल्लाभरबाट १३ खेलाडी समूहको सहभागिता रहेको थियो । आज भएको फाइनल खेलमा शहीद स्मृति क्लब बुटवल ३५ हजार नगद राशीको पुरस्कार सहित प्रथम भएको छ भने शहीद स्मृति क्लब मोतिपूर ३० हजार पुरस्कार सहित द्वितीय स्थान, देवदह शहीद स्मृति प्रतिष्ठान २५ हजार सहित तृतीय र लुम्बिनी भिजन युवा क्लवले २० हजार राशीको पुरस्कार सहित सान्त्वना स्थान प्राप्त गरेको छ ।

त्यस्तै समापन कार्यक्रममा बुटवल उपमहानगरपालिका भित्र रहेका राष्ट्रिय खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो । समापन कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले एउटा राष्ट्रिय नेताले गरेको काम भन्दा युवाहरु र खेलकुदको विकासले खेलाडी मात्र नभएर देशको समेत पहिचान बनाउने र अन्तर्राष्ट्रिय रुपमै गौरव बढाउने बताए । बुटवलमा सुरु भएको भलिबल खेलले खेलडीहरुको खेल क्षमताको विकाससँगै प्रदेशकै पहिचान बनाउने हुँदा तिनै तहका सरकाले युवा र खेलकुदमा लगानी गर्न आवश्यक रहेको बताए ।

खेल क्षेत्रमा स्थानीय सरकारले लगानी गर्नु र यस्ता कार्यक्रम आयोजना गर्नुले स्थानीय युवाहरुमा एकरुपता ल्याउन सहयोग पुग्ने बताए । युवा र खेल क्षेत्रमा पनि संघ र प्रदेश सरकारले स्थानीय तह सगँ सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्ध व्यक्त गरे ।

सोही क्लबका अध्यक्ष नारायण जिसिले युवाहरुको उर्जा र क्षमता प्रयोग गरी राष्ट्र निर्माणमा युवा जनशक्ति परिचालन गर्ने उद्देश्य लिएर लुम्बिनी भिजन युवा क्लवले यस्ता कार्यक्रम निरन्तर गर्ने र भोलिका दिनहरुमा पनि सबै युवाहरुको अभिभावकत्व बहन गर्ने गरी अगाडि बढेको बताए । सहिदहरुको त्याग, तपस्या र बलिदानीको स्मरण गर्दै खेल मार्फत समाजमा छरिएर रहेका युवाहरुलाई एकिकृत गर्ने प्रयासमा क्लव जुटेको बताए । युवाहरुलाई बिदेश पलायन हुनबाट रोक्न र युवाको क्षमतालाई पहिचान गरी युवा क्षमता र दक्षतालाई स्वदेशमै टिकाउन र बिकाउन पनि यस्ता खालका खेलहरुमा लगानी गरी युवा लक्षित कार्यक्रम बेलाबेलामा आयोजना गर्नुपर्ने अध्यक्ष जिसिले बताए ।

कार्यक्रममा लुम्बिनी भिजन युवा क्लवका उपाध्यक्ष एवं कार्यक्रम संयोजक माधव वस्नेत, सचिव दिपक भण्डारलगायतले पनि बोलेका थिए । आयोजक क्लवका पदाधिकारी तथा अन्य समाजसेवि व्यक्तित्वहरु खड्ग कौसल, गोपाल रेश्मी र महिला अगुवा तथा समाजसेवि एकता थापा लगायतले सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?