ट्रेंडिंग:

>> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी >> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार >> पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन >> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी >> रायबरेलीबाट पनि उम्मेदवार बन्दै कांग्रेस नेता राहुल गान्धी >> मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनु पर्छ >> भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन >> झन्डै १६ लाख जना लाइसेन्सको पर्खाइमा >> चन्द्रकोट गाउँपालिका द्वारा पशु चौपाया ओसारपसारमा रोक >> गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु >> तोलामा ११ सय घट्यो सुन >> ‘प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन’ >> बुटवलका अवैध ट्राभल्स एजेन्सी कारबाहीमा >> आगलागी पीडितको बिचल्लीः न गास, न बास, न पानी ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> आज विश्व प्रेस स्वतन्त्रता दिवस >> नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै >> चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी >> अवरुद्ध इन्टरनेट सेवा सुचारु >> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी >> वेस्टइन्डिज विरुद्व नेपालले पहिला फिल्डिङ गर्दै

तीन करोड अड्किदा बिमितको बिचल्ली

सेवा प्रदायक अस्पतालहरूले बीमा सुविधा उपलब्ध गराएबापतको रकम नै पाउन सकेका छैनन् । जसका कारण अस्पतालले नै सेवा दिन नसक्ने अवस्था सृजना हुन थालेको हो ।
१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार

सुनवल, १३ बैशाख । पश्चिम नवलपरासीका स्वास्थ्य बीमा सेवा उपलब्ध दुई वटा अस्पताललाई सरकारले बीमा बापतको रकम भुक्तानी नगर्दा सेवाप्रवाहमै समस्या आएको छ । सदरमुकाम परासीमा रहेको पृथ्वी चन्द्र जिल्ला अस्पताल र बर्दघाटमा रहेको चिसापानी अस्पताललाई बीमा बापतको झन्डै तीन करोड सोध भर्ना गर्न बाँकी छ । भुक्तानी नपाएपछि अस्पतालको सेवाप्रवाहमै असर परेको पृथ्वी चन्द्र अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किरण पाण्डेले बताए ।

पृथ्वी चन्द्र अस्पताललाई स्वास्थ्य बीमा बोर्डले बीमा बापतलको १ करोड ९० लाख रूपैयाँ भुक्तानी गर्न बाँकी छ । गत आर्थिक वर्ष पनि प्रत्येक महिनाको खर्चको आधारमा पुरा भुक्तानी भएको छैन्, चालु आर्थिक वर्ष सुरु भएपछि त हाल सम्म कुनै रकम अस्पतालको खातामा आएको छैन्, मेसु पाण्डले भने । बीमा बापतको रकम भुक्तानी नहुँदा कर्मचारीहरूको तलब भत्ता, औषधी खरिददेखि ल्याबको लागि आवश्यक केमिकल समेत खरिद गर्न समस्या भएको छ ।

आवश्यक औषधि समेत रकम अभावकै कारण तत्कालै खरिद गर्न नसक्दा बीमावाला बिरामीलाई पनि निःशुल्क औषधि वितरण गर्न नसक्ने अवस्था सृजना भएको डाक्टर पाण्डेले बताए । औषधि तथा विभिन्न केमिकल खरिदका लागि टेन्डर आह्वान गर्ने हो, समयमा भुक्तानी हुन नसक्दा सप्लायर्सले पनि समयमै समान दिँदैन्, निकै समस्या भएको छ, डाक्टर पाण्डेले गुनासो गरे ।

पृथ्वी चन्द्र अस्पतालमा बीमावहाक बाहेकका बिरामी पनि आउने भएकाले हालसम्म सुचारु रूपले सेवाप्रवाह गर्न सकिएको अस्पताल प्रशासनले जनाएको छ । बीमावहाक बाहेकका बिरामीले भुक्तानी गर्ने रकमले जेनतेन सेवाप्रवाह भईरहेको पाण्डेको भनाइ छ । पृथ्वी चन्द्र अस्पतालमा अहिले बिरामीको चाप पनि बढेको छ । सबै बिरामी बीमावहाक हुने हो भने त बीमा सेवा बन्दनै गर्नुपर्छ तर ३० प्रतिशत बढि बीमा नभएका बिरामी उपचारका लागि आउने भएकाले उनीहरूले तिर्ने शुल्कको आधारमा अस्पताल चल्न सकेको हो, निमित्त मेसु पाण्डेले भने ।
उता बर्दघाटमा रहेको चिसापानी अस्पतालले पनि बीमा बापतको १ करोड बढि रकम सोधभर्ना बापत पाउन बाँकी छ । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट मन्जिला घिमिरेले बीमा बापतको रकम भुक्तानी नहुँदा बीमा सेवानै बन्द गर्नुपर्ने अवस्थाको सृजना भएको बताईन । चिसापानी अस्पतालमा गत आर्थिक वर्षको आंशिक मात्रै भुक्तानी भएको छ भने चालु आर्थिक वर्षको १० महिनाको पुरा भुक्तानी बाँकी रहेको छ ।

दुवै अस्पतालले स्वास्थ्य बीमा बापतको सोधभर्ना रकम तत्कालै पठाउन पटक पटक ताकेता गरेपनि स्वास्थ्य बीमा बोर्डले चासो नदिएको अस्पतालहरूको गुनासो छ । अब पनि आंशिक भएपनि भुक्तानी नभए अस्पतालले खर्च धान्न नसकेर बिमा सेवा बन्द गर्नुपर्ने बाध्यता सृजना हुने देखिएको छ ।

सरकारले २०७२ सालबाट स्वास्थ्य बिमाको सुरुवात गरेको थियो । सेवा सुरु भएको स्वास्थ्य बिमाको ८ वर्ष बितिसक्दा समेत बिरामीले बिमाबापतको उपचारमा समस्या बेहोर्दै आइरहेका छन् भने सेवा प्रदायक अस्पतालहरूले बीमा सुविधा उपलब्ध गराएबापतको रकम नै पाउन सकेका छैनन् । जसका कारण अस्पतालले नै सेवा दिन नसक्ने अवस्था सृजना हुन थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np