ट्रेंडिंग:

>> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु >> विश्व हाँसो दिवसः दिल खोलेर हाँसौ >> उपनिर्वाचन परिणामका केही सन्देश >> बढेको बढ्यै ‘नसर्ने रोग’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राप्ती नदीमा डुबेर एक जनाको मृत्यु >> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट

राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार

आज मिति २०८१ साल बैशाख १४ गते शुक्रवार । तदनुसार सन् २०२४ अप्रिल २६ तारिख । नेपाल संवत् ११४४ । कालयुक्तनामकः संवत्सर । सुर्य उत्तरायण। वसन्त ऋतु । श्रीशाके १९४६। बैशाख कृष्णपक्ष, तृतीया तिथि । अनुराधा नक्षत्र । रक्ष योग। वणिज करण। वृश्चिक राशीमा चन्द्रमा ।

काठमाडौंमा सूर्योदयः प्रातः ५.३१ / सूर्यास्तः १८.३४ बजे ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शुभ समाचार प्राप्त हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा साथीभाइहरुको साथले हिम्मत जगाउनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय मध्यम रहेको छ। प्रयत्न गर्दा विगतका कमजोरीलाई सुधार गर्न सकिनेछ। ईर्ष्यालु मन भएकाहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना सामानमा अरूले दाबी गर्लान्। परिस्थितिसँग केही सम्झौता गर्नुपर्ला। भूमि र पशुधनबाट लाभ मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आजको लाभांश सञ्चय नहुन सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। सरसापटमा धन बाहिरिन सक्छ। आवश्यक पर्दा सरसापट तथा कर्जामार्फत धन जुट्नेछ। आफ्नाबाट भने टाढिनुपर्ला। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आम्दानीका स्रोत भेटिए पनि धेरै फाइदा उठाउन नसकिएला। केही रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ने स्थिति आउन सक्छ। श्रमको राम्रै मूल्यांकन भए पनि प्रतिफल तत्कालै प्राप्त नहुन सक्छ। भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सफलताले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले समेत उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मान–सम्मान प्राप्त होला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। हल्लाको पछि लाग्दा दुःख पाइनेछ। तर तत्काल लाभ नभए पनि समस्या सुल्झाउन सकिनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विभिन्न सहयोग र उपहार पाइनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवारजनको साथले नयाँ आशा जगाउनेछ। कामको चापबाट फुर्सद पाइनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विरोधीहरु किनारा लाग्नेछन् । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। प्रेममा सफलता प्राप्त होला।

लेखक : नेपाल ज्योतिष परिषद, लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?