ट्रेंडिंग:

>> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना

‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’

१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार

बुटवल, १४ वैशाख ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. सुदर्शन थापा क्षेत्रीले अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा प्रवाहमा पहिलो प्रथमिकता दिइएको बताएका छन् । उनले नयाँ संरचनाको भवन निर्माण काम सुरुवात भईरहेको अवस्थामा मैजुदा अवस्थामा रहेको अस्पतालमा सेवा प्रवाहको लागि अधिकतम् सचेतना अपनाइएको बताएका हुन् ।

सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीको सहयोगमा दृष्टिविहिन उत्थान संघ सैनामैना १० सालझण्डीको आयोजनामा अपाङ्गता भएका व्याक्तिहरुको समुदायमा आधारित पुनस्र्थापनाको सन्दर्भमा आयोजित सिबीआर अन्तर्गत सार्वजनिक सेवा प्रवाह अपाङ्गता भएका व्याक्तिहरुले लिने सेवा सुविधाको विषयमा आयोजित छलफल कार्यक्रममा बोल्दै प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. थापा क्षेत्रीले सामजिक सुरक्षा एकाई र ओसीएमसीमा अपाङ्गता भएका व्यक्तिहरुको लागि सेवा प्रवाहमा अधिकतम सचेतना अपनाएर सेवा प्रवाह गरिरहेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने–‘प्रत्येक विरामीलाई अझ बढी प्रभावकारी सेवा प्रवाह गर्ने छौ, मानवीय संवेदना सेवा प्रवाहमा हामी बढी संवेदनशील रहेका छौ’ उनले भने । सबै बिरामीको पिडालाई सहज रुपमा लिएर सेवा प्रवाहमा विशेष ख्याल गरिएको र अझ सहयोगी भाव रहेका अपाङ्गता भएका समुदायको लागि अझ बढी सचेत रहेको उनको भनाई थियो । कसरी सेवा प्रवाह सहज गराउने बनाउने र प्रभावकारी सेवा प्रवाहमा अझ बढी गृहकार्य गरेर काम गर्दै गरेको उनको भनाई छ ।

छलफल कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले अपाङ्गता भएका व्याक्तिहरुले पाउने सेवा प्रवाहमा प्रादेशिक अस्पतालले राम्रो सहजीकरण गर्दै आएको जानकारी प्राप्त भएको बताउँदै अझ बढि प्रभावकारी सेवा प्रवाहको लागि सहजीकरण गर्नेमा अपेक्षा व्यक्त गरे । उनले खासगरी अपाङ्गता भएका व्यक्तिहरुको उनीहरुको संवेदनशीलतालाई लिएर सोही अनुसारको सेवा प्रवाहमा जोड दिनुपर्नेमा बताएका थिए ।

छलफल कार्यक्रममा ओसीएमसी संयोजक डा. बिप्लप महर्जनले हाल सम्म ३० जनालाई सेवा प्रवाह गरिएको जानकारी गराएका थिए । उनले लैंगिक हिंसा सम्बन्धी ओसीएमसीले सेवा प्रवाह गर्दै गरेको बताउँदै यसको लागि सबै सहकार्य गरेर लैंगिक हिंसामा परेका व्यक्ति, त्यसमा पनि अझ अपाङ्गता भएका व्यक्तिहरुको लागि अझ बढी संवेदनशील भएर काम गर्दै आएको बताएका थिए ।

कार्यक्रममा सामाजिक सुरक्षा एकाई प्रमुख नेत्र प्रसाद आचार्यले सेवा प्रवाहकोे लागि अपाङ्गता भएका व्यक्ति क वर्गकोले पूर्ण निःशुल्क सेवा र ख वर्गको लागि निर्देशिकामा तोकिए बमोजिम छुट प्रदान गर्दै आएको बताएका थिए । उनले अपाङ्गता भएका व्यक्तिहरुको विपन्नता भएर आएको भए थप वडा कार्यालयबाट विपन्नताको पत्र लिएर आउनेहरुको लागि पनि सेवा प्रवाहमा विशेष छुट प्रदान गरिएको बताएका थिए ।

प्रादेशिक अस्पतालका नर्सिङ्ग ईन्चार्ज ज्योती पौडेलले अस्पतालमा धेरै सुधारका काम गरिएको जानकारी दिदै आगामी दिनमा सुधार गरिनुपर्ने कुरामा अझ बढी प्रभावकारी बनाउने प्रतिवद्धता जनाएकी थिईन् । छलफलमा दिप्ती थापा, नमिना राना मगर, शंकर रेग्मी संस्थाका अध्यक्ष मुक्तिनाथ पाण्डे लगायतले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रममा सार्वजनिक सेवा प्रवाहमा अपाङ्गता सवालको विषयमा पत्रकार कृष्ण खनालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np