ट्रेंडिंग:

>> विवानको तेस्रो स्थापना दिवसमा सातौ निशुल्क स्वास्थ्य एवं ल्याब परिक्षण >> एमाले नवलपरासीमा पुरानै पदाधिकारी दोहोरिए >> अर्काको देशका गाडी र साडी बेचेर मुलुक बन्दैन : घनश्याम >> रुरु गाउपालीकाले वडाका राम्रा कुराको पहिचानको लागि डकुमेन्ट्री बनाइ प्रचार गर्ने >> मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत नदिने >> काठमाडौं महानगरपालिकाले अग्नि पीडितलाई राहत उपलब्ध गराउने >> टी-२० विश्वकपअघि नेपालले वेष्टइण्डिज एसँग अन्तिम खेल खेल्दै >> दूरसञ्चार प्राधिकरणको चेतावनी : इन्टरनेट अवरुद्ध गरे हदैसम्मको कारबाही >> डीभीको नतिजा आज, यसरी हेर्नुहोस् >> पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> विश्वकपका लागि राम्रो तयारी गरेका छौंः रोहित पौडेल >> प्रदेशका आवधिक योजनामा महिला सभासदहरुलाई बेवास्ता गरेको गुनासो >> किसानलाई कृषि सामग्री वितरण >> दोस्रो पालिकास्तरीय पुरुष भलिबलको उपाधि शुद्धोधन गाउँपालिकालाई >> विद्यालय नक्साङ्कन, भौतिक सर्वेक्षण र विद्यालय समायोजनका लागि सहयोगी स्रोत पुस्तिका, २०८० >> राजमार्गमै खरभुजा… >> रोकिएन आगलागीका घटनाः पाल्पामा ८१ घरगोठ जलेर नष्ट >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> देवदह बुद्ध पब्लिक र न्यु होराईजन विजयी >> वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः केपी ओली >> लोकतन्त्रको विकासमा प्रेसको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कँडेल >> बुटवलका टोल विकास संस्थामा ३० प्रतिशत युवा हुनुपर्ने >> ‘आगलागी नियन्त्रण गर्न हेलिकोप्टर प्रयोग गरौं’ >> विपद्‍बाट एक वर्षमा १ अर्ब २३ करोड रुपैयाँको क्षति >> पोलियोविरुद्ध देशभरका बालबालिकालाई जेठ १३ गतेदेखि खोप अभियान >> झापामा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार >> पैसाको आडमा मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप, प्रहरी भन्छ–कसैले चाहँदैमा मुद्दा प्रभावित हुँदैन >> एमालेले अडान नछाड्दा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित गर्ने तयारी >> रायबरेलीबाट पनि उम्मेदवार बन्दै कांग्रेस नेता राहुल गान्धी >> मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनु पर्छ >> भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन >> झन्डै १६ लाख जना लाइसेन्सको पर्खाइमा >> चन्द्रकोट गाउँपालिका द्वारा पशु चौपाया ओसारपसारमा रोक >> गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु >> तोलामा ११ सय घट्यो सुन >> ‘प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन’ >> बुटवलका अवैध ट्राभल्स एजेन्सी कारबाहीमा >> आगलागी पीडितको बिचल्लीः न गास, न बास, न पानी ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> आज विश्व प्रेस स्वतन्त्रता दिवस >> नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै >> चन्द्रमामा ५ देखि ८ गुणा बढी पानी >> अवरुद्ध इन्टरनेट सेवा सुचारु >> उद्घाटन खेलमा वेष्ट्रन विजयी >> पामिरका विद्यार्थीलाई वित्तीय साक्षरता >> वेस्ट इन्डिज ‘ए’सँग लगातार तेस्रो हारसँगै नेपालले गुमायो शृंखला >> पुर्वी पल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट >> नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य >> यूएईमा फेरि भीषण वर्षा सहित हावाहुरी >> एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी

कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च

१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार

दाङ, १३ वैशाख ।

मुक्त कमलरी विकास मञ्चले संचालन गर्दै आएको परियोजना र थप भएको परियोजना शुरुवात बारे जानकारीसहित पालिका स्तरीय परियोजना सल्लाहकार समिति बैठक एवम् सरोकारवाला बीच छलफल तथा अन्तरक्रिया गरिएको छ । मञ्चकी केन्द्रीय अध्यक्ष हिरामोती चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यमा बुधबार घोराहीमा कार्यक्रम गरिएको हो ।

मुक्त कमलरी विकास मञ्चसँगको सहकार्यका लागि पालिका स्तरमा लक्षित कामका लागि आइएम स्वीडिस डेभलपमेन्टसँगै प्राविधिक तथा अन्य सहयोग र सहकार्यका लागि ४ वटा साझेदार संस्थाहरु जोडिएको जानकारी गराइएको छ । जसअनुसार, मुक्त कमलरी सशक्तीकरण परियोजना संचालन हुँदै आएका घोराहीको वडा नम्बर २, ४ र ८ सँगै अब वडा नम्बर १२ पनि थपिएको छ । यसैगरी, लमही नगरपालिका र तुलसीपुर उपमहानगरपालिका पनि यो परियोजना लागू हुने भएको छ । जसअनुसार, लमही नगरपालिकाको वडा नम्बर ३, ४ र ८ मा तथा तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १५, १६ र १८ मा पनि परियोजना लागू हुने भएको छ ।

यसका लागि आवश्यक बजेटसहितको कार्यक्रम पनि तय भईसकेको जानकारी गराइएको छ । परियोजना सचालनका लागि सोसेक नेपाल, क्लीन अप नेपाल, युवालय नेपाल संस्थागत रुपमा आवद्ध भएका छन् । यी साझेदार संस्थाहरुले परियोजना लागू हुने वडाहरुमा शिक्षा, स्वास्थ्य, वातावरण, कानूनी सचेतना, लैंगिक समानता, उद्यमशीलतासँगै सीप क्षमता र नेतृत्व विकासको काम गर्ने बताईएको छ ।

कार्यक्रममा नगरप्रमुख खड्काले मुक्त कमलरी विकास मञ्चले तुलसीपुरमा परियोजनामार्फत लक्षित समुदायको उत्थानका लागि सहकार्य गर्ने वातावरण बनाएको भन्दै यसबाट अधिकतम लाभ उठाउन सक्ने गरी पालिकाले सहयोग गर्ने बताए । यसैगरी, पालिकाले परियोजनासँग सहकार्य गरेर अपेक्षित लक्ष्य, उद्देश्य पूरा गर्न र नागरिकको जीवन माथि उठाउन सहकार्य गर्न तयार रहेको बताए । लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले मुक्त कमलरी, बालबालिका, सिमान्तकृत वर्गको पक्षमा परियोजनाले काम गर्ने हुँदा यो विषय पालिकाको लागि लाभदायक हुने विश्वास व्यक्त गरिन । अपेक्षित लक्ष्य र उद्देश्य पूरा गर्न परियोजनाको कामलाई पालिकाले सघाउने उनको भनाई थियो ।

घोराही उपमहानगरपालिकाका प्रवक्ता राममणि पाण्डेले मुक्त कमलरी विकास मञ्चले थालेको काम समाजको हीतका पक्षमा भएकाले यो काममा स्थानीय सरकारको पनि साथ रहेको बताए । सोसेक नेपालका संस्थापक एवम् कार्यकारी निर्देशक हिरासिंह थापाले परियोजनाको काम, कर्तव्य र कार्यविधिका बारेमा जानकारी गराउँदै परियोजनामार्फत हुने कामले राज्यका हरेक निकायलाई सहयोगीका रुपमा सघाउने बताए ।

कार्यक्रममा मुक्त कमलरी विकास मञ्चको कार्यक्रम र बजेटका बारेमा मञ्चकी कार्यक्रम संयोजक सुलोचना चौधरी, सोसेक नेपालको कार्यक्रम र बजेट बारे द्रोर्ण जिसी, क्लीन अप नेपालको कार्यक्रम र बजेट बारे श्रवणकुमार बस्नेत र युवालयको कार्यक्रम र बजेट बारे सर्मिला थापाले जानकारी गराएका थिए । कार्यक्रममा सरकारी कार्यालयका प्रतिनिधि र वडा अध्यक्ष र सञ्चारकर्मीको उपस्थित रहेको थियोे । कार्यक्रमको सहजीकरण मुक्त कमलरी बिकास मंचका परियोजना संयोजक शुलोचना चौधरीले गरेकी थिइन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np