ट्रेंडिंग:

>> संसद छलेर अध्यादेश ल्याएकोमा कांग्रेसको आपत्ति >> नेपालद्वारा वेष्ट इण्डिज ४ विकेटले पराजित >> उद्योग व्यापार संघको रक्तदानमा ४० पोइन्ट रगत संकलन >> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च

पर्यटन व्यवसायीको माग सम्बोधन गर

४ चैत्र २०८०, आईतवार
४ चैत्र २०८०, आईतवार

कोरोना महामारीका कारण तीन बर्ष थला परेको लुम्बिनीको पर्यटन व्यवसाय माथि उठ्न नपाउँदै फेरीपनि संकटमा परेको छ । लुम्बिनी विकास कोष क्षेत्रका विहार तथा गुम्बामा पर्यटक राख्ने व्यवस्था हुँदा लुम्बिनीमा करोडौं लगानी गरि स्थापना भएका होटल अहिले सुनसान भएपछि व्यवसायीले गुम्बा र बिहारमा पर्यटक राख्न बन्देज लगाउनु पर्ने माग गर्दै आएका छन । निश्चितरूपमा लुम्बिनीका पर्यटन व्यवसायीको जायज माग सम्बोधन गर्नेतर्फ सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ । लुम्बिनी विकास कोषभित्र सञ्चालित विहार तथा गुम्बामा पर्यटक राख्ने कार्यले लुम्बिनी क्षेत्रको होटल व्यवसाय धरासायी बन्दै गएको र यसले पर्यटन व्यवसाय प्रभावित बनेको भन्दै व्यावसायिक रूपमा पर्यटक राख्ने व्यवस्था स्थायीरूपमा रोक लगाउन व्यवसायीले गरेको माग अबिलम्ब सम्बोधन गर्नुपर्दछ । त्यसै त कोरोना महामारीका कारण प्रभावित भएका लुम्बिनीका पर्यटन व्यवसायीमा कोरोना सकिएपछि व्यवसाय माथि उठ्ने आशा जागृत भएको थियो । होटलमा पर्यटक भरिभराउ हुने आउने आशामा बसेका व्यवसायीमाथि विहार र गुम्बा समस्या बनेको छ । लुम्बिनी होटल सङ्घ नेपालले लुम्बिनी विकास कोषलाई ज्ञापनपत्र बुझाउँदै सात दिनभित्र लुम्बिनी भित्रका विहार र गुम्बामा पर्यटक राख्ने व्यवस्था अन्त्य गर्न माग गरेको छ । विदेशबाट आउने पर्यटकहरू आ–आफ्नो देशले बनाएका विहार तथा गुम्बामा आएर बस्ने गरेका छन । जसका कारण लुम्बिनी बाहिरका होटल सुनसान हुने अवस्था छ । करोडौं लगानी त्यसमाथि सरकारलाई कर तिर्दै आएका पर्यटन व्यवसायीको समस्या सम्बोधन गर्नेतर्फ लुम्बिनी विकास कोषले तत्काल पहल गर्नु जरुरी छ ।

त्यसो त विहार र गुम्बा भनिने ठाउँ बौद्ध आध्यात्मिकता र बौद्ध भावनाको नमूना हुनुपर्दछ । तर, ती ब्यापारको थलो बनेका छन् । यो चिन्ताजनक कुरा हो । यो बिषयमा नेपाल सरकार, प्रदेश र स्वयं लुम्बिनी सांस्कृतिक पालिकाको पनि ध्यान जानु जरुरी छ । पर्यटन व्यवसायी प्रभावित हुने गरि भएको यस खालको काम लुम्बिनी गुरुयोजनाको मर्म विपरीत हो । यो काम तत्काल रोकिनुपर्दछ । यसले पर्यटन व्यवसाय प्रभावित भएको छ । व्यवसायीहरू व्यवसाय नै बन्द गरेर बस्न बाध्य हुने अवस्था आएको छ । यही अवस्था कायमै रहे लुम्बिनी क्षेत्रमा रहेका होटलमध्ये गत वर्ष खोलिएका १० भन्दा बढी स्थायीरूपमा बन्द भएको र यस वर्ष थप होटल बन्द हुने अवस्थामा पुग्ने कुरामा शंका गरिरहनु पर्दैन । लुम्बिनीभित्रका विहार तथा गुम्बालाई होटलको रूपमा सञ्चालन गरेर होटल व्यवसायलाई धरासायी बनाउनु कदापि राम्रो होइन । यस प्रकारको कामले लुम्बिनीका विहार र गुम्बाको अस्तित्वमाथि पनि प्रश्न उत्पन्न भएको छ । लुम्बिनीका होटल व्यवसायीले लुम्बिनी विकास कोषमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री एवम् कोषका अध्यक्ष हितमान तामाङलाई समेत बोधार्थ पठाएका छन् । लुम्बिनीको पर्यटन व्यवसाय माथि उठाउने हो भने लुम्बिनीभित्रका विहार र गुम्बामा पर्यटक बसाल्ने काम तत्काल रोकिनुपर्दछ । स्वयं विहार र गुम्बा सञ्चालकहरूले पनि नियम विपरितको काम रोकेर सहजीकरण गरिदिनु जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?