ट्रेंडिंग:

>> निजी क्षेत्रको मनोबल उच्च बनाउने वजेट आउंछ : अर्थमन्त्री >> नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन सबै पुल आउँदाे कात्तिकसम्ममा सञ्चालन गर्ने तयारी >> ५२ सांसदको हस्ताक्षरसहित कोशीको मुख्यमन्त्रीमा कार्कीको दावी पेश >> रोहिणीबाट जाँदै गर्दा श्रीप्रसादले भने–गैंडहवामा पनि थप उर्जाका साथ काम गर्छु >> बुटवलको बैदवार फार्मेसीका सञ्चालक पक्राउ (भिडियोसहित) >> रेडक्रस दिवसमा अभिमुखीकरण >> तीर्खा लाग्यो ? अब कोल्ड ड्रिंक्सको साटो बोतलको मही ! >> काफल बेच्न भ्याई नभ्याई >> कांग्रेस संसदीय दलको बैठक आज बस्दै >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> कोशीमा २ दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान >> चुच्चे नक्साभित्र भारतको गिद्दे नजर >> राष्ट्रिय अर्थतन्त्र निर्माणका चुनौति >> खानेपानी बोक्न दिनभर एक जना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> घुम्ती शिविरबाट न्याय >> गृहसचिवले गरे विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन >> वार्षिक ८० लाखको तरकारी र फलफुल बेच्दै देवदह ग्रीन एग्रो >> न्यु होराईजन र बुद्ध पब्लिक फाईनलमा >> सन्दिपलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन >> स्वार्थी व्यक्तिका कारण पार्टीलाई क्षति पुग्यो, अव गुट बनाउने छुट कसैलाई छैनः केपी ओली >> स्वर्ण पदक विजेता बास्केटबल टिमलाई लुम्बिनी प्रदेशबाट ५१ हजार सहयोग >> वनमा आगो : वन्यजन्तु घरमा >> घातक रोग लागेकाबाहेक देशभरका शिक्षकहरूको काज सरुवा फिर्ता हुने >> नवनिर्वाचित सांसद सुहाङले गरे सपथग्रहण >> सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री >> पश्चिम नवलपरासीमा चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु >> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा

पार्किङस्थल बनाउन टहराहरू भत्काइँदै

३१ श्रावण २०७५, बिहीबार
३१ श्रावण २०७५, बिहीबार

घोराही उप महानगरपालिका १४ ले सडक मिचेर बनाएका टहराहरू हटाउन सुरु गरेको छ । सडक मिचेर बनाएका टहराले दुर्घटना निम्त्याउने भन्दै हटाउन सुरु गरेको घोराही उप महानगरपालीकाले जनाएको छ ।
व्यापार व्यवसाय गर्नेहरूले घरसंगै टहराहरू निर्माण गरेर सडक अतिक्रमण गरेकाले पैदलयात्रुहरू विच सडकवाटै हिँड्न बाध्य थिए । सडक अतिक्रमणगरी बनाएका टहराहरू हटाउन सुरुगरीएको घोराही उप महानगरपालीका १४ का अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिए । बजार क्षेत्रमा सवारी साधनको अत्याधिक चाप बढेसंगै हटरा हटाउने कामलाई तिव्रता दिएको अध्यक्ष डाँगीले वताए । बजार क्षेत्रमा दैनिक जस्तो सवारी दुर्घटनाका कारण सर्वसाधारण नागरिकले अकालमै ज्यान गुमाउनु परेको भन्दै दुर्घटना न्युनिकरणको अभियानमा वडा कार्यालय लागेको उनको भनाई छ । सडक मिचेर टहरा बनाउँदा मानवीय जोखिमसंगै बजार क्षेत्रको शुन्दरता हराउने भन्दै यसलाई अभियानकै रूपमा अगाडी बढाउन खोजेको अध्यक्ष डाँँगीको भनाई छ ।
अभियानको पहिलो दिन घोराही १४ स्थित सब्जिमण्डी रोडमा सडक मिचेर बनाएको एउटा टहरा भत्काईएको थियो भन्ने अन्य पाँच टहरालाई एक दिनको समय दिईएको छ । “उनीहरूले मागेको समय दिएका छौ यदि त्यो समयमा आफै भत्काएनन् भने वडा कार्यालय आएर टहरा भत्काउने छ” अध्यक्ष डाँगीले भने । टहरा हटाउदा नगरको सुन्दरता संगै सडक फराकिलो हुने हुदा सडक दुर्घटना न्युनिकरण हुनेमा उप महानगरपालीका विश्वस्त रहेको छ । टहराले सडक अतिक्रमण गर्दा सवारी साधन पार्किङको समेत समस्या झेलीरहेको उप महानगरपालीकाले टहराहरू हटाई पार्किङ स्थल निर्माण गर्ने योजनामा रहेको छ । सडकमा अस्तव्यस्त पार्किङले गर्दा पनि सडक दुर्घटना हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।
केहिदिन अगाडि जिल्ला ट्राफिक प्रहरी कार्यालय र उप महानगरपालीका विच पार्किङस्थल तोक्ने गरी स्थान पहिचान गर्ने निर्णय भएको थियो । अहिले बजारमा भैरहेको अव्यवस्थीत पार्किङले सवारी आवागमनमा समस्या भएकोले पार्किङस्थल निर्माण गर्नुपर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयको अनुरोधलाई कार्यान्वयन गर्न स्थानको खोजीमा लागेको समितिका संयोजक तथा घोराही उप महानगरपालीकाका उप प्रमुख सीता न्यौपानेले जानकारी दिईन् । “घर संगै टहराहरू निर्माण गरी सडक अतिक्रमण भैरहेकोले सडक छेउको कुन कुन ठाँउमा पार्किङ स्थल बनाउन सकिन्छ भनेर टहराहरू हटाउन सुरु गरीएको छ” न्यौपानेले भनिन् । बजारका सबै टहराहरू हटाईसकेपछि कुन स्थान पार्किङका लागि उपयुक्त हुन्छ त्यसैमा पार्किङ गर्ने व्यवस्था मिलाउने उनको भनाई छ ।
टहराहरू भत्काउन सुरु गरेको १४ नं वडाले अहिले पक्की सडकमा पार्किङ लाईन छट्टाईने भएको छ । वडा कार्यालयले तत्काल पार्किङ लाईन विस्तारको कामलाई सुरु गर्ने अध्यक्ष डाँगीले जानकारी दिए । वडा नं १४ को बाल मन्दिर चौक, सब्जिमन्डी रोड, लखनपार्क, पुरानो वसपार्क, नयाँ बसपार्क, बैङ्क रोड, सब्जिमन्डी रोड जाने धुव्र मेडिकल अगाडी सडकमा पार्किङ लाईन बनाउने तयारी गरेको अध्यक्ष डाँगीले बताए । “बजार क्षेत्रमा गाडी पार्किङका लागि विभिन्न स्थानहरूको पहिचान गरीरहेका छौ उपयुक्त स्थानमा मझौला सवारीसाधनको पार्किङ स्थल समेत छिटै तोकिने छ” अध्यक्ष डाँगीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np