ट्रेंडिंग:

>> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न >> फुलबारी गाईजमा तेजु राना >> राजनीतिक दलहरूबीच सहमति : रविको नाम किटान नगर्ने, छानबिन समितिको नेतृत्व एमालेलाई >> फर्निचर उद्योगीलाई काठकै चिन्ता >> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न

सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो

२५ बैशाख २०८१, मंगलवार
२५ बैशाख २०८१, मंगलवार

बुटवल, २५ वैशाख ।

यातायात क्षेत्रसँग सम्बद्ध विभिन्न व्यक्तिहरुले सहजरुपमा यातायात व्यवसाय सञ्चालनको लागि सहज वातावरण बनाउन सरकारसँग माग गरेका छन् ।

नेकपा एमाले सम्बद्ध यातायात व्यवसायीहरुको संगठन लोकतान्त्रिक यातायात व्यवसायी संगठन लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनमा बोल्दै उनीहरुले यातायात व्यवसायीले आफ्नो व्यवसायलाई व्यवस्थि तगर्न खोज्दा सिण्डिकेटको आरोप लगाएर खारेज गरिएको भन्दै यसले यातायात क्षेत्र झनै धरासायी अवस्थामा पुगेको बताए ।

साथै उनीहरुले सिण्डिकेट खारेजको नाममा यातायात व्यवसाय धरासायी बनाउने कोशिष भएको भन्दै न्यायालयको पछिल्लोपटकको फैसलाले यातायात क्षेत्रलाई राहत पुगेको बताए । सर्वोच्च अदालतले केही दिन अगाडि यातायात सम्बद्ध संघसंस्थाहरु पुरानौ अवस्थामा नवीकरण गर्न पाउने गरी फैसला सुनाएको छ ।

अधिवेशनको उदघाटन गर्दै नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले यातायात व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधान र व्यवसायीले उठाएका मुद्दाहरुका विषयमा पार्टी गम्भीर रहेको बताए । उनले केही समस्या भए छलफल गर्न सकिने भन्दै व्यावसायिक हकहितका लागि लोकतान्त्रिक यातायात व्यवसायी संगठनले खेलेको भूमिकाको प्रशंसा गरे ।

एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष एवं प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले यातायात व्यवसायीले उठाएका मागहरु गम्भीर र संवेदनशील रहेको र यसमा गहन अध्ययन गरेर अगाडि बढा्नुपर्ने धारणा राखे ।

संगठनका केन्द्रीय अध्यक्ष श्रीप्रसाद मैनालीले बिगतका सरकारको गलत नीतिको कारण यातायात व्यवसायी समस्यामा परेको दावी गरे । उनले यातायात व्यवसाय प्रति राज्यले चासो नदिंदा अहिले उनीहरू सो क्षेत्रबाट बिस्थापित हुने अवस्था आएको भन्दै यसतर्फ राज्य गम्भीर बन्नुपर्ने धारणा राखे ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष तेजेन्द्र केसी, एमाले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग लुम्बिनीका प्रमुख कुमार थापा, एमाले प्रदेश कमिटीका सदस्यहरु कुमार थापा, सूर्यबहादुर भट्टराई, तुलसीराम बन्जाडे, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, संगठनका संस्थापक अध्यक्ष तुलसीराम बन्जाडे, व्यवसायीहरु नारायण घिमिरे, जीवनकुमार बन्जाडे, ट्रक व्यवसायी महासंघका लुम्बिनी प्रदेश अध्यक्ष याम पाण्डेयलगायतले यातायात व्यवसायीका समस्याहरु समाधान गर्न सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका थिए । अधिवेशनकै अवसरमा संगठनका जिल्ला कमिटीहरु पनि घोषणा गरिएको संगठनकी केन्द्रीय सदस्य मञ्जु बस्नेतले जानकारी दिइन् ।

संगठनको लुम्बिनी प्रदेश अध्यक्षमा बञ्जाडे

लोकतान्त्रिक यातायात व्यवसायी संगठन लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनले जीवनकुमार बञ्जाडेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ । अधिवेशनबाट उपाध्यक्षमा प्रमोद धिताल, सचिवमा केशव पन्थ, उपसचिवमा भुपेन्द्र पोखरेल चयन भएका छन् भने कोषाध्यक्ष पहिलो बैठकबाट मनोनीत गरिने बताइएको छ ।

त्यस्तै सदस्यहरुमा जगत धामी , बखतबहादुर केसी, रुमाखर बोहोरा, हिमाल कुँवर, यज्ञश्वर आचार्य, प्रल्हाद श्रेष्ठ, धनबहादुर ओली, खड्क कुँवर, मोहम्मद इमरान राजु, कृष्ण सुवेदी, धनबहादुर पुन, कृष्ण कंडेल र राजन पोखरेल, रितेश आचार्य, टंक भट्ट र सीता बस्याल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?