ट्रेंडिंग:

>> निजी क्षेत्रको मनोबल उच्च बनाउने वजेट आउंछ : अर्थमन्त्री >> नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन सबै पुल आउँदाे कात्तिकसम्ममा सञ्चालन गर्ने तयारी >> ५२ सांसदको हस्ताक्षरसहित कोशीको मुख्यमन्त्रीमा कार्कीको दावी पेश >> रोहिणीबाट जाँदै गर्दा श्रीप्रसादले भने–गैंडहवामा पनि थप उर्जाका साथ काम गर्छु >> बुटवलको बैदवार फार्मेसीका सञ्चालक पक्राउ (भिडियोसहित) >> रेडक्रस दिवसमा अभिमुखीकरण >> तीर्खा लाग्यो ? अब कोल्ड ड्रिंक्सको साटो बोतलको मही ! >> काफल बेच्न भ्याई नभ्याई >> कांग्रेस संसदीय दलको बैठक आज बस्दै >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> कोशीमा २ दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान >> चुच्चे नक्साभित्र भारतको गिद्दे नजर >> राष्ट्रिय अर्थतन्त्र निर्माणका चुनौति >> खानेपानी बोक्न दिनभर एक जना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> घुम्ती शिविरबाट न्याय >> गृहसचिवले गरे विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन >> वार्षिक ८० लाखको तरकारी र फलफुल बेच्दै देवदह ग्रीन एग्रो >> न्यु होराईजन र बुद्ध पब्लिक फाईनलमा >> सन्दिपलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन >> स्वार्थी व्यक्तिका कारण पार्टीलाई क्षति पुग्यो, अव गुट बनाउने छुट कसैलाई छैनः केपी ओली >> स्वर्ण पदक विजेता बास्केटबल टिमलाई लुम्बिनी प्रदेशबाट ५१ हजार सहयोग >> वनमा आगो : वन्यजन्तु घरमा >> घातक रोग लागेकाबाहेक देशभरका शिक्षकहरूको काज सरुवा फिर्ता हुने >> नवनिर्वाचित सांसद सुहाङले गरे सपथग्रहण >> सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री >> पश्चिम नवलपरासीमा चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु >> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा

राजधानी कस्तो बनाउने भन्ने आजको एजेन्डा

२८ श्रावण २०७५, सोमबार
२८ श्रावण २०७५, सोमबार

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राजधानी कहाँ बनाउने भन्दा पनि कस्तो बनाउने भन्ने कुरा प्रमुख भएको बताएका छन् । अबको बहस राजधानी कहाँ बनाउने भन्दा पनि कस्तो बनाउने, मोडल के हुने भन्ने विषयमा केन्द्रित हुनुपर्ने उनको भनाइ रहेको छ । राजधानीको विषय पेचिलो बन्दै गएको बेला मुख्यमन्त्री पोखरेलले यसलाई समितिले टुङ्गाउने बताएका हुन् । आईतबार रूपन्देहीबाट सञ्चालनमा रहेका अनलाईन र केन्द्रमा अनलाईनमा रिपोर्टिङ्ग गर्ने सञ्चारकर्मीहरूसँगको छलफलमा मुख्यमन्त्रीले राजधानी कस्तो बन्नुपर्छ भन्ने विषयमा निस्कर्ष आएपछि त्यसको लागि चाहिने वातावरण कहाँ उपलब्ध हुन्छ त्यहि नै राजधानी बन्ने बताएका हुन् । उनले भने–‘कम्तीमा पनि २०÷२५ बर्षसम्म पछि पनि नयाँ राजधानी खोज्न नपर्ने गरी स्थानको पहिचान गर्नुपर्ने आवश्यकता म देख्छु ।’ प्रदेश सरकार दिर्घकालिन सोँचको साथ अगाडी बढेको जानकारी दिँदै मुख्य मन्त्री पोखरेलले करको दर बढाउनु भन्दा पनि दोहोरो कर प्रणाली प्रदेश सरकारले अन्त्य गरेको बताएका थिए । उनले सडकमा तत्कालिन जिल्ला विकास समितिले लिँदै आएको निकासी हटाईएको जानकारी दिँदै सडकनिर्माण बापत लिँदै आएको कर पनि हटाइएको जनाए ।
अहिले प्रदेशमा कर्मचारी आउन नमान्ने प्रवृत्ती हावी रहेको भन्दै मुख्य मन्त्री पोखरेलले सबैभन्दा बढि कार्यहरू गर्ने प्रदेश सरकारले नै भएको कारण अबको दुई बर्षमा प्रदेशमा सरुवा गर्न कर्मचारीले सोर्स लगाउनुपर्ने बताएका छन् ।
‘कर्मचारीले काठमाडौं नछोड्दा संघीयता कार्यान्वयनमा समस्या देखिएको छ’–मुख्य मन्त्री पोखरेलले भने । संविधानले प्रदेश सरकारलाई अधिकार सम्पन्न गराएकाले कामविहिन हुने केन्द्रमा कर्मचारी नबस्ने उनको तर्क थियो ।
काठमाडौंमै सबै सुविधा पाईन्छ भन्ने मानसिकताका कारण कर्मचारीको व्यवस्थापन त्यहि रूपमा भएको बताउँदै त्यो मानसिकता अन्त्य अब चाँडै हुने भन्दै उनले प्रदेश ५ मा कर्मचारी शुरुमा आउन गाह्रो मान्ने तर आएपछि सोर्स लगाएर नफर्किएको उनको भनाई छ ।
प्रदेश सरकार कसरी अगाडि बढ्ने भन्ने दुबिधामा भएको भन्दै उनले कर्मचारीले सबै विषय र क्षेत्र नबुझेकाले समस्या देखिएपनि सरकारको योजना भने स्पष्ट रहेको बताए । ‘एउटैले धेरै मन्त्रालय हेर्नु परेकाले भार छ’ उनले भने ‘तर अलमलिएका छैनौं ।’
मुख्यमन्त्री पोखरेलले प्रदेश ५ सरकारले यो पटक दीर्घकालिन महत्व राख्ने गरि योजना ल्याएको बताए । उनले ३२ पालिकालाई सदरमुकामसँग जोड्ने योजना, अञ्चलिक मनोविज्ञान जोड्न पहाडी मार्ग, रामग्राम, लुम्बिनी तिलौराकोट जोड्ने बुद्ध सर्किट जस्ता योजना त्यसको उदाहरण रहेको दाबी गरे । जनताको जीवन र प्रदेशको विकासलाई बुझेर योजना ल्याएको उनको मत छ । प्रदेश सरकारले आफूले पाएको अधिकार अनुसार कुनै पनि क्षेत्रमा कर वृद्धि नगरेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np