ट्रेंडिंग:

>> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले

घाँस खेतीले उकास्यो किसानको जीवनस्तर

१६ मंसिर २०८०, शनिबार
१६ मंसिर २०८०, शनिबार

नवलपुर, १६ मंसिर ।

पुर्वी नवलपरासीको गैडाकोट नगरपालिका वडा नं. १२ का कृषकहरु अहिले समूह नै बनाएर ब्यावसायिक घाँस खेती गर्न थालेपछि उनीहरुको जीवनस्तर नै उकासिन थालेको छ ।

गैंडाकोट नगरपालिका भेडाबारीको सडक छेउसँगै कृषकले घाँस खेती शुरु गरेसंगै पशु किसानहरुको रोजाईमा यहाँको घाँस परेपछि घाँस बिक्री गर्न किसानलाई भ्याई नभ्याई छ । श्री स्वस्थानी घाँस श्रोत केन्द्र तथा बाख्रा फार्मका सञ्चालक बिष्णु भट्टले लगाएको घाँस अहिले जिल्लामा धेरैको रोजाईमा परेको छ भने यो घाँस बिक्री गर्न भ्याई नभ्याई छ भटट्लाई । झट्ट हेर्दा ऊखु बारी जस्तै देखिने सुपर नेपियर जातको घाँसको माग अहिले जिल्लामा अत्यधिक बढेको र जस्तोसुकै हावापानीमा पनि राम्रोसँग बढ्ने हुँदा पशु किसानहरुको रोजाईमा परेको भट्ट बताउँछन् ।

अहिले फार्मबाटै प्रतिकिलो नौ देखि दश रुपैयाँका दरले हरियो घाँस बिक्री हुने गरेको छ भने आठ विघा क्षेत्रफलमा सुरु गरिएको घाँस खेतीमा घाँससंगै अन्य बिरुवाहरु पनि लगाइएको छ । भट्टले अघिल्लो बर्ष ७४ लाख भन्दा बढीको घाँस र वीउ बिक्रि गरी आम्दानी गरेको र यो बर्ष एक करोडको हाराहारीमा घाँस बिक्री हुने बताए ।

यहाँको घाँस श्रोत केन्द्रबाट अहिले दैनिक ३० देखि ४० हजारको बराबरको घाँस र यसका वीउको बिक्री हुने गरेको भट्टको भनाई छ । पाँच बर्ष अघिबाट सुरु भएको फार्ममा २२ बढी प्रजातिका घाँसहरु रहेका छन् भने यो फार्ममा दैनिक दर्जन बढी समूहहरु अध्ययन अवलोकनका लागि आउने गरेको फार्म संचालक भट्ट बताउँछन् ।

अहिले पशुलाई खुवाइने दानाको मूल्य आकाशिरहेको छ भने पशुको दाना किन्न खोज्दा पनि भनेको समयमा पाउन नसकिने समस्याले किसानलाई पिरोल्न थालेपछि छोटो समय मै प्रतिफल दिनसक्ने पशुलाई आवश्यक पर्ने पोषण भएको घाँस उत्पादन गर्ने सकियो भने त्यसले बढी लाभ दिन्छ भन्ने भएर नै आफुले घाँस खेती गरेको उनले बताए ।

भट्टका अनुसार जुनसुकै भौगालिक क्षेत्र र हावा पानीमा पनि यो घाँस बढ्न सक्छ र सुपर नेपियर जातको घाँसका हागालाई रोपिएको छ महिनापछि अर्को बिरुवा बनाउनका लागि तयार हुन्छ भने पशु आहारका लागि रोपेको एकमहिनापछि नै काट्न शुरु गर्न सकिन्छ ।

हेर्दा उँखुका घारो जस्तै देखिने एउटा हाँगोलाई पाँच टुक्रा बनाइन्छ र ती टुक्राहरुलाई बोरामा भरेर माग भएका स्थानमा पठाउँदै आएको उनी बताउँछन् । अहिले यो घाँस प्रतिबोरा दुई हजार पाँच सयका दरले बिक्रि हुँदै आएको छ ।

कृषक भट्टले बिषादी रहित उत्पादनलाई अभियानकै रुपमा लैजाने र पशुलाई चाहिने आहारमा आत्मनिर्भर बन्ने बाटोमा लाग्ने गरी काम गरेको दाबी गर्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np