ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी

‘तीन खेती’ सिकाउँदै ज्ञान केन्द्र

३१ बैशाख २०८१, सोमबार
३१ बैशाख २०८१, सोमबार

बुटवल, ३१ बैशाख । तराई अन्नभण्डार हो । तर पनि अधिकांस किसानले दुई बाली मात्रै लगाउँदै आएका छन् । मौसमी रूपमा खाद्यान्न बाली धान र गहँु वा धान खेती गर्दै आएको पाईन्छ । कतिपय किसानले सिंचाई अभावको कारण एक बाली मात्रै धान त्यै पनि बर्षाको मौसममा मात्रै गर्ने गरेको पाईन्छ । यसरी जमिन बाँझो राख्दा उत्पादकत्व घट्नुको साथै माटोको उर्वरा शक्ती समेत नास हुन्छ । कृषिजन्य भूमि बाँजो रहँदा त्यसको प्रत्यक्ष असर खाद्यान्न उत्पादनमा पर्ने भएको कारण अहिले प्रदेशको कपिलवस्तु जिल्लामा रहेको कृषि ज्ञान केन्द्रले ३ बाली खेती सिकाउने कामको सुरुवात गरेको छ ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको सिंचाई प्रणाली भित्र रहेका किसानहरूलाई बाणगंगा सिंचाई अन्तर्गतका छेउछाउका स्थानमा अहिले हाईब्रेड जातका मकै हुर्कीरहेका छन् । अघिल्लो बर्षहरूमा कतिपय किसानहरूले तेस्रो बाली खेती गर्दै आएका थिएनन् भने जमिन नै बाँझो राख्ने गर्दथे, कतिपय किसानले भने स्थानीय जातको मकै लगाउँदै आएका थिए । कृषि ज्ञान केन्द्रका प्रमुख भाष्कर राज पौडेलका अनुसार अहिले ९० हेक्टर क्षेत्रमा कपिलवस्तु नगरपालिकाको वडा नम्बर ६, ९,१०,११ मा गजदशिपुर साना किसान कृषि सहकारी मार्फत र बणंगा नगरपालिकाको वडा नम्बर ६ मा ३ वटा विभिन्न समूह सहकारी मार्फत मकै खेती गरिएको छ ।
जसको लागि कृषि ज्ञान केन्द्रले निःशुल्क रूपमा मकैको बीउ, आवश्यक रोग किराको उपचार लगायतयका निःशुल्क, तालिम समेत प्रदान गर्दै आएको छ । जिल्लामा ५ सय हेक्टर क्षेत्रफल मा विस्तार गर्ने गरी योजना रहेको भएपनि पहिलो बर्ष ९० हेक्टरबाट सुरुवात गरिएको ज्ञान केन्द्र प्रमुख पौडेलले जानकारी दिए ।
जसको लागि हाईब्रेड मकै रामपुर १०, चैते ५ थान, मुंग र तरकारीको बाली क्षेत्र विस्तारको लागि समेत सहयोग गर्दै आएको छ । ज्ञानकेन्द्र प्रमुख पौडेल भने–‘सीचाईको अभावको विचमा किसानको अपेक्षालाई मध्यनर गर्दै किसानलाई प्रविधी मैत्री बनाउनको लागि हामीले काम गरिरहेका छौ ।’ किसानले कम लगतमा बढि उत्पादकत्वको लिनको लािग यो आयोजना सुरुवात गरिएको प्रमुख पौडेलको भनाइ रहेको छ । आगामी दिनमा अझ यसलाई विस्तार गर्ने योजना रहेको उनको भनाइ छ ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ९ कुस्मा पहाडीका जानकी घिमिरेले यो बर्ष हाईब्रेड जातको मकै लगाउनमा पाउँदा खुसी छिन् । विगतमा दिनहरूमा स्थानीय जातको मकै लगाएपनि उत्पादन राम्रो नभएको कारण समस्या रहेको भन्दै उनले यो बर्ष भने आईब्रेड जातको मकै लगाउँदा उत्पादन बृद्धि हुने अपेक्षा उनको छ । उनी भन्छिन्–‘घरकै मकै लगाउँथीम, रसि नापेर लगाईयो, पहिला हातले छर्दा वा रोप्दा बाक्लो हुने, कम फल्ने समस्या थियो, तर यो पटक घुँगा राम्रो छ, तर पानी नभएको कारण समस्या भएको छ ।’

यो मकै उत्पादन भएपछि घरमै पशुलाई दाना बनाउनको लागि, घुँगा समेत बिक्री गर्नको लागि सहज हुने उनको भनाई छ । यसको अलवा मकै खेतीको तालिम समेत प्राप्त गरेको कारण अर्को बर्ष त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गरेर काम गर्दा राम्रो हुने अपेक्षा लिएको किसान घिमिरेको भनाई छ । उत्पादित मकै विक्रि वितरणको लागि संकलन केन्द्र स्थापनाको साथै पूर्णरूपमा सिांचाईको सुविधा भएमा तिन वटै सिजमा जस्तो भए पनि नियमित तरकारी वा खाद्यान्न उत्पादन गर्न सकिने उनको भनाइ छ ।

कपिलवस्तुनगरपालिका नम्बर ९का अर्का किसान गोबिन्द्र प्रसाद न्यौपानेपनि तिन बाली लगाउँदा उत्साह थपेको बताउँछन् । विगतका कहिले बाजै छाड्ने गरेको स्थान लाई अब नियमित रूपमा तिन बाली लगाउने जाँगर आएको बताउँछन् । उनि भन्छन्–‘ रामपुर १० मकै लगाएका छौ, मकै बीउ निःशुल्क पाएको हो, लाईन लगाएर डोरी बाँधेर लगाएका थियो, जसले राम्रो उत्पादन दिने मा हामी ढुक्क छौ ।’

प्रदेशको कृषि विकास निर्देशनालय बुटवलका निमित्त निर्देशक राम प्रसाद पाण्डेले प्रदेश सरकारले गौरवको योजनाको रूपमा प्रदेशका ४ वटा ठुला सिंचाई प्रणाली अन्तर्गत रहेका पालिकाहरूमा तेस्रो बाली लगाउनको लागि प्रोत्साहन गर्ने उद्देश्यका साथ बाली विस्तार कार्यक्रम जारी रहेको बताउँछन् । सोही अन्तर्गत बाणगंगा सिंचाई प्रणाली अन्तर्गत अहिले मकै खेती बिस्तार कार्यक्रम ९० हेक्टर भन्दा बढि मा विस्तार भएको उनको भनाइ छ । समूह, सहकारी मार्फत किसानलाई तेस्रो बाली लगागउनको लागि जोड दिने उद्देश्यका साथ यो आयोजना गरिएको उनको भनाइ छ । जसबाट किसानको खेत हरियो हुनुको साथै किसानले आम्दानी समेत प्राप्त गर्ने अपेक्षा लिइएको उनको भनाई छ । उनी भन्छन्–‘यसको सबै उद्देश्य भनेको खाद्यान्नमा आत्मनिर्भर बनाउने हो, दानाको लागि समेत मकैको प्रयोगको लागि अहिले पनि करोडौंको मकै आयात भैरहेका छ, सबै क्षेत्रमा उचित सिंचाईको व्यवस्थापन गर्न सकियो भने आयात प्रतिस्थापन गर्न सकिन्छ ।”

ठूलो सिंचाई आयोजनाको कमाण्ड क्षेत्रमा बाली सघनाता बृद्धि कार्यक्रम अन्तर्गत बाणगंगा सिंचाई आयोजनामा कृषि तथा पशु विकास बहुउद्देश्य सहकारी संस्था मार्फत बाणगंगा नगरपालिका वडा नम्बर ६ लक्षमणघाटमा मकै २२.०३ हेक्टरमा क्षेत्र बिस्तार भैरहेको छ । यस्तै साना किसान कृषि सहकारी संस्था कपिलवस्तु ९ जगदिशपुर मार्फत ३१.०३ हेक्टरमा मकै खेती बिस्तार कार्यक्रम जारी रहेको छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?