ट्रेंडिंग:

>> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा

तिलौराकोटमा सेनाको टोलीद्वारा सरसफाई शुरु

५ आश्विन २०८०, शुक्रबार
५ आश्विन २०८०, शुक्रबार

कपिलवस्तु (बुटवलटुडे), ५ असोज– नेपाली सेनाको टोलीले कपिलवस्तु स्थित प्राचिन कपिलवस्तु दरबार (तिलौराकोट) क्षेत्रको सरसफाई शुरु गरेका छन । नेपाली सेनाको शमसेर दल गण गोरुसिङ्गे बाट खटिएका ३५ जना सेनाको टोलीले तिलौराकोटको पश्चिमीद्वारको उत्तर तर्फबाट झाडी सफाई शुरु गरेको हुन ।

गणका सहायक सेनानी रामचरण चौधरीको नेतृत्वको ३५ सदस्यीय टोलीले १५ दिनसम्म दरबार क्षेत्रमा सरसफाई गर्नेछ । आफूहरूले बिगतमा पनि यस क्षेत्रको सरसफाई गर्दै आएको र कोषको निर्देशन अनुसार सरसफाई कार्य गर्ने सहायक सेनानी चौधरीले बताए । तिलौराकोट दरबार क्षेत्रलाई प्रस्तुतीयोग्य बनाउन सेनाको सहयोगमा हरेक बर्ष सरसफाई गरिँदै आएको कोषका तिलौराकोट कार्यालयका प्रमुख माधव आचार्यले बताए । बिश्व सम्पदा सुचीको प्रस्तावित साईट पनि भएकाले प्रस्तुतीयोग्य बनाउन सफाई कार्य गरिदै आएको आचार्यले स्पष्ट पारे ।

लुम्बिनी बिकास कोषका उपाध्यक्ष डा. ल्यारक्यार लामा (प्रथम योल्मो खेन्पो छिमे छिरिङ) ले पदस्थापन पछि तिलौराकोट आउदाँ झाडीहरू देखेर तत्कालै झाडी सफाईका लागि नेपाली सेना सँग समन्वय गरे पश्चात सरसफाई अगाडि बढाइएको कोषका कार्यकारिणी सदस्य गोपी कृष्ण शर्माले बताए । “उपाध्यक्षले पदस्थापन पछि पहिलो पटक तिलौराकोट दरवार क्षेत्रमा आउदाँ यहाँको झाडीहरू देख्दा खिन्न हुनु भयो । उहाँले तत्कालै बिगतमा सेनाको सहयोगमा सरसफाई हुने गरेको बिषय जानकारी प्राप्त गरेपछि सेनासँग समन्वय गरेर सरसफाई कार्य अगाडी बढाउन पहलकदमी लिनु भएको हो ।” सदस्य शर्माले भने । यहाँ आउने पर्यटकहरूलाई पनि आकर्षण गर्नका लागि दरबार क्षेत्रको सरसफाई आवश्यक रहेको उनले बताए । सफाई अभियानमा सदस्य शर्मा, कोषका लेखा प्रमुख भिम बस्नेत, तिलौराकोट कोष कार्यालय प्रमुख आचार्य लगायत सहभागी थिए ।

यस अघि गत भदौ १० गते उपाध्यक्ष लामा र शमसेर दल गण गोरुसिङ्गेका प्रमुख सेनानी दिलिप घलेले तिलौराकोट दरबार क्षेत्रको स्थलगत अवलोकन गरेका थिए । त्यस पछि कोषले गणलाई पत्राचार गरेको थियो । सेनाको गणबाट खटिने जनशक्ति सरसफाईको कार्यमा लाग्ने छ भने बाँकी आवश्यक पर्ने सफाईका सामाग्री र जनशक्तिका लागि आवश्यक पर्ने खाना खाजाको व्यवस्थापन कोषले गर्ने छ । सेनाको टोलीले झाडी सफाई गरे पछि पुरातत्वको मान्यता अनुसार जंगली बिरुवाहरूको जरा निकालेर दरवार क्षेत्र सफा गरिने छ । तिलौराकोट दरबार राजा शुद्धोधनको गणराज्य तथा सिद्धार्थ गौतमले युवाअवस्था सम्म २९ बर्ष बिताएको स्थान हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?