ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

१९७४ एडीले अमेरिकामा सांगितिक प्रस्तुती दिने

३० बैशाख २०८१, आईतवार
३० बैशाख २०८१, आईतवार

अमेरिका ।

नेपालको सांगितिक क्षेत्रको प्रख्यात ब्यान्ड १९७४ एडीले अमेरिकाका विभिन्न राज्य र शहरमा सांगितिक प्रस्तुती दिने भएको छ । आफ्नो स्थापनाको ३० औं वर्षको अवसरमा ब्यान्डले अमेरिकामा सांगितिक भ्रमण गर्न लागेको हो । भाषिक, मार्मिक र राष्ट्रियताको हिसाबले समेत महत्व राख्ने गितको सर्जक यस ब्यान्डले ब्यान्डका सबै सदस्यहरुको सहभागितामा सांगितिक प्रस्तुती दिन लागेको हो ।

फिरोज स्याङ्देन र एड्रियन प्रधान गायकद्वय रहेको यस ब्यान्डले ‘परेलीमा लुकाइ राख न ।’ ‘चौबन्दी चोली र फूलबुट्टे साडीमा’, ‘गुराँसै फूल्यो बनैमा ’ सम्झी बस्छु, शताब्दी, जंगी निशान, पिंजडाको सु“गा, अन एयर, हजार सपना लगायतका गितहरु नेपालको सांगितिक जगतमा पस्किएको छ । आहा प्रोडक्सनले यस ब्यान्डलाई अमेरिका भ्रमणमा ल्याएको हो । २२ बर्ष पछि अमेरिकामा १९७४ एडी ब्याण्डको सम्पूर्ण सदस्यको सहभागितामा सांगीतिक प्रस्तुति हुन लागेको आहा प्रोडक्सनका संस्थापक उज्ज्वल सिंहले जानकारी दिए ।

१९७४ एडी ब्याण्डले अमेरिकाका विभिन्न शहर मिनिसोटा, सान फ्रान्सिस्को, सिकागो, डालस, भर्जिनिया, सियाटलमा प्रस्तुती दिने प्रोडक्सनका अध्यक्ष अनिल सायमीले बताएका छन् । मे ११ मा मिनिसोटावाट यात्रा सुरु गर्ने ब्याण्डले सान फ्रान्सिस्कोमा मे १८, सिकागोमा मे १९, डालसमा मे २५, भर्जिनियामा जुन १ र सियाटलमा जुन ५ मा कार्यक्रमको तालिका रहेको छ ।यस ब्याण्डमा फिरोज स्याङ्गडेन ,एड्रियन प्रधान , संजय श्रेष्ठ ,मनोज केसी ,मनोस सिंह तथा निराकार याक्तुम्बा रहेका छन् । साउण्ड इन्जिनियरको रुपमा विनयमान अमात्य, ग्राफिक्स प्रिन्जेटरको रुपमा केल्भिन मालाकार, लाइट ईन्जियरको रुपमा लक्ष्मण घिमिरे रहने तथा कार्यक्रमको संचालनका लागि पूर्व मिस नेपाल वल्र्ड प्रियंका रानी जोशी अमेरिका आउनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?