ट्रेंडिंग:

>> बेलबास–बेथरी सडक निर्माण छिटो सक्न संघर्ष समिति गठन >> इलाम २ मा कांग्रेसको शुरुवाती अग्रता, रास्वपा चौथो >> लुम्बिनी केबलकार भोलि र पर्सी बन्द रहने >> पराल बोकेको ट्याक्टरमा आगलागी >> नेपाललाई वेस्ट इन्डिजले दियो १ सय ६१ रनको लक्ष्य >> चीनद्वारा नेपाली नागरिकलाई भिसा निःशुल्क >> सुरु भयो इलाम–२ को मतगणना >> टस हारेपछि नेपालले फिल्डिङ गर्दै >> मेयर बालेनको परोपकारी घोषणा : देशभरका गरीब र अशक्तलाई काठमाडौंमा निशुल्क उपचार >> काठमाडौं तेस्रो लगानी सम्मेलन सुरू,९ खर्बका १५१ परियोजना शोकेसमा >> युट्यूब हेरी आफैले बनाएको हतियार पड्कन गई बाँकेमा एक बालक घाइते >> गुल्मीमा मलामी बोकेको जीप दुर्घटना, एक जनाको मृत्यु १२ घाइते >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच आज दोस्रो खेल हुँदै >> आजदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन >> आज ७ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै >> लुम्बिनीसहित ६ प्रदेशमा हावाहुरी र वर्षाको संभावना >> रोटरी बैठकमा साहित्यको चर्चा >> भ्रुण पहिचानको नाममा बढ्दै अपराध >> भण्डारीको उदाहरणीय कृषि कर्म ‘उत्पादन खोज्दै पुग्छन् उपभोक्ता’ >> नाच्न नजान्ने, आँगन टेढो ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> नाडा लुम्बिनीको क्यालेण्डर बिमोचन तथा शुभकामना आदानप्रदान >> चिकित्सा अभ्यास र अनुभवको आदानप्रदान >> ‘युगद्रष्टा दिवाकर ज्ञवाली स्मृतिग्रन्थ’ लोकार्पण >> इलाम–२ मा ६९ हजार २ सय ८७ जनाले गरे मतदान, आजै रातिबाट मतगणना >> डढेलोले लिंदै कर्णालीबासीको ज्यान : दुई महिनामा ७ जनाको मृत्यु >> संसद छलेर अध्यादेश ल्याएकोमा कांग्रेसको आपत्ति >> नेपालद्वारा वेष्ट इण्डिज ४ विकेटले पराजित >> उद्योग व्यापार संघको रक्तदानमा ४० पोइन्ट रगत संकलन >> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’

जनचेतना तथा स्वास्थ्य र सरसफाइ सम्बन्धी तीज गीत

२३ भाद्र २०८०, शनिबार
२३ भाद्र २०८०, शनिबार

बुटवल, २३ भदौ ।

बुटवल उपमहानगरपालिका वडा नं. १० को आयोजनामा वडास्तरीय जनचेतना तथा स्वास्थ्य र सरसफाइ सम्बन्धी तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा १० वटा टोलीले भाग लिएका थिए । कार्यक्रमको उदघाटन बुटवल उपमहानगरपालिकाकी उप प्रमुख सावित्रा देवी अर्यालले गरेकी थिइन् । त्यस अवसरमा उनले महिलाहरुको महान पर्व तीजको सबैमा शुभकामना दिदै तीजको मौलिकतालाई संरक्षण गर्दै सभ्यरुपमा मनाउन आग्रह गरिन् ।

वडा नं. १० का वडा अध्यक्ष बल बहादुर पुनले चाडपर्वलाई सम्मान गर्दै मौलिकता जोगाउँदै जानु पर्छ भन्दै सम्पूर्णमा शुभकामना दिएका थिए ।

कार्यक्रममा सचिव गणेश प्रसाद न्यौपानेले पनि बोलेका थिए । तीज गीत प्रतियोगितामा त्रिनेत्र आमा समूहले प्रथम भइ रु ११ हजार हजार नगद प्राप्त गरेको छ । पारिजात आमा समूह दोस्रो भइ रु ८ हजार पाएको छ । तेस्रोमा मानव टोल विकास संस्था रामनगर समूहले रु ४ हजार नगद प्राप्त गरेको छ । सान्त्वना पुरस्कार कालिका आमा समूहले रु १५ सय पाएको छ ।

कार्यक्रममा वडा नं. १० का सदस्य यमुना काउचा र रमेश प्रसाद अधिकारीले शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?