ट्रेंडिंग:

>> अर्थतन्त्र सुधारका लागि राजनीतिक संरचना बदलौं : बाबुराम भट्टराई >> ९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स >> बिरामीको सहारा बन्दै स्वास्थ्य बिमा >> नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री >> संसदीय समिति बनाउन प्रधानमन्त्री सकारात्मक हुनहुन्छ- कांग्रेस >> तोलामा पाँच सय रुपैयाँले बढ्यो सुनको भाउ >> गिरीबन्धु टि–इस्टेट प्रकरणमा ओली सरकारलाई कारवाही गर्नुपर्छ : बालेन >> राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालले दिए राजीनामा >> आज अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै >> चितवनमा गुडिरहेको स्कुल बसमा आगजनी >> खयरडांडामा कोरिए ऐतिहासिक देवदह झल्काउने २४ तस्वीर (फोटो फिचर) >> तिलोत्तमाको शंकरनगरमा स्कुटी ठोक्किंदा २ जना घाइते, एकको अवस्था गम्भीर >> भारी वर्षाले बुटवलका धेरै ठाउँ डुवानमा, न्यू होराइजनले दियो बिदा >> दाउन्ने सडकखण्ड अवरुद्ध >> १९७४ एडीले अमेरिकामा सांगितिक प्रस्तुती दिने >> दक्षिण एसियाली महिला सम्मेलन ललितपुरमा शुरु हुँदै >> अपाङ्गतासँगै गरिबीको अभावमा कुमारी >> गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण >> एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज >> लुम्बिनीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> चिदिका–रुपन्देही सम्पर्क समाजमा गीता ज्ञवाली >> जनप्रतिनिधिलाई तनाव व्यवस्थापन तालिम >> नर्सिङ पेशाको गौरव र साख जोगाऊँ >> स्थानीय तहको आफ्नै लगानीमा साक्षरता >> व्यायाममा ‘तन्नेरीदेखि बृद्ध’ >> नेपालमा संघीयताका अवसर र चुनौति >> बुटवल–नारायणगढ सडकको प्रगति आधा मात्रै >> दाङमा दुइजना महिलाको हत्या >> मैत्रीपूर्ण फुटबलमा मदन भण्डारी स्पोर्टस एकेडेमी विजयी >> सोमबारदेखि बुटवलमा वडा कप क्रिकेट >> नेवारी संस्कारसंस्कृति जर्गेना गर्न सबै एकतावद्ध हुन जरुरी >> इस्मा दोहली सम्पर्क समाज रुपन्देहीको अधिवेशन सम्पन्न >> मेट्रो कलेजमा आर्ट अफ लिभिङको कार्यक्रम >> सर्वोदय पुस्तकालयको पाँचौ अधिवेशन सम्पन्न >> बुटवललाई अन्तरपालिका उपमेयर कपको उपाधि >> मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक >> म्याराथनको उपाधि रावल र भण्डारीलाई >> म यहाँसम्म आउनुमा ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयकै योगदान छः मन्त्री आचार्य >> मोदीलाई लक्षित गर्दै केजरीवालले भने–देशलाई तानाशाहीबाट बचाउनुपर्छ >> काँग्रेसले भन्यो– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्‌मा बोल्न दिइएन’ >> चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली पूर्व सर्दै, सचेत रहन सुझाव >> दाङमा अटो दुर्घटना हुँदा चालकको मृत्यु >> मुठभेडतर्फ संघीय संसद >> नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा आधा काम सम्पन्न >> राज्यबाट सुविधा लिनेले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने बर्दघाटको निर्णय >> आजको मौसम : मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा >> सेवा आयोगका अध्यक्ष मजगैयालाई विदाइ >> उपभोक्ता ठग्दै गुल्मीका गुँड उद्योगः भेलीको गुँडलाई उखुबाट बनेको भन्दै बेच्दै >> बाँकेमा मातृ मृत्युदर कम गर्न ब्यवस्थित बर्थिङ सेन्टरको माग

नाच्न नजान्ने, आँगन टेढो ?

१६ बैशाख २०८१, आईतवार
१६ बैशाख २०८१, आईतवार

केही समययता धेरै नागरिकका मुखबाट सुन्न पाइने शब्द हो “व्यवस्था बदलियो अवस्था बदलिएन” । पछिल्लो समय धेरै राजनीतिक दलका नेता तथा कार्यकर्ताले समेत यही वाक्य भन्न लागेका छन्– व्यवस्था बललियो अवस्था बदलिएन । राप्रपा लगायतका पार्टीहरू त अवस्था बदल्छौं भनेर आन्दोलनको उद्घोष गरेका छन् । निषेधित क्षेत्र तोडने सम्मको प्रयास गरेको पनि देखियो । अन्य दलका शिर्ष नेताहरूले पनि व्यवस्थाको खोट नभएर अवस्थाको खोट भन्न लागेका छन् । केही प्रजातान्त्रिक दलका नेताहरूले पनि निर्वाचन प्रणालीमा समेत खोट देख्न लागेका छन् । उनीहरू भन्दैछन् कि “यो निर्वाचन प्रणालीबाट कसैको पनि बहुमत आउँदैन । अव निर्वाचन प्रणाली बारे नयाँ ढंगले सोच्ने हो कि” ? यसै सन्दर्भमा नेकपा एमालेले भने मिसन चौरासी भनेर अगाडि बढेको छ । यसैका नामबाट विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । उसले मिसन चौरासी भित्र नेकपा एमालेको बहुमतको सरकारको सपना देखेको छ ।

राजनीतिक दलहरूका आफ्नै चाहना छन् भने नागरिकका आफ्नै चाहनाहरू रहेका छन् । जो निकै वर्षदेखि यथास्थानमा थाँती रहेका छन् । यो वर्ष हुन्छ कि त्यो वर्ष हुन्छ कि भन्दाभन्दै निकै वर्ष वितेको मात्र नभएर केही पुस्ताले पनि बाटो काटीसकेको अवस्था समेत रहेको छ । पुस्ता वितिसक्दासम्म पनि चाहना यथास्थानमा हुने भनेको राम्रो संकेत होइन । यही कुरालाई बदल्न सकेमात्र हाम्रो अवस्था बदलिन सक्छ । आज चारैतिर गुञ्जने कुरा व्यवस्था बदलियो अवस्था बदलिएन भन्ने अवस्थामा हामी किन पुग्यौं ? हामीलाई यो अवस्थामा पुयाउने स्वदेशी हुन कि विदेशी हुन् ? हामीलाई यसका वारेमा राम्रो हेक्का छ कि छैन ? हुन त नागरिकबाट सुनिने आवाज भनेको राज्य सञ्चालक वा दल सञ्चालकहरूको कारणले गर्दा यो अवस्था भोगिरहेका छौं भन्ने आवाज सुनिन्छ । राज्य सञ्चालक वा दल सञ्चालकका कुरा सुन्दा यो निर्वाचन प्रणालीको त्रुटी हो भन्नु हुन्छ । निर्वाचन प्रणालीको त्रुटी हो भन्नुको तात्पर्य संविधानमा कहिं त्रुटी छ भन्ने बुझिन्छ ।

निर्वाचन प्रणालीमा वा संविधानमा त्रुटी भएका कारणले कुनैपनि दलको बहुमत आउन नसकेको होइन । यही संविधान वा निर्वाचन प्रणालीमा त्रुटी भएको भए २०७४ को निर्वाचनमा वामपन्थीहरूको बहुमत आउने थिएन । त्यतिवेला आफ्नो चुनाव चिन्हबाट चुनाव लडिएको भए पनि साझा उमेदवारी दिइएको थियो । साझारूपमा मत मागिएको थियो । यसैकारणले नागरिकले पत्याएको हुनाले झण्डै दुई तिहाइ नजिक पुगेको थियो । यसैको आडले नेकपा नामको पार्टी पनि गठन भएको हो । यो इतिहासलाई विर्सन मिल्दैन । यो सबै हेरिसकेपछि निर्वाचनको त्रुटी वा संविधानको त्रुटी कसरी भन्ने ? यो त “नाच्न नजान्ने आँगन टेडो” भनेको जस्तो भयो । निर्वाचन प्रणालीमा खोट भन्नुको तात्पर्य प्रत्यक्ष राष्ट्रपति वा प्रत्यक्ष प्रधानमन्त्री भन्ने बुझिन्छ या समानुपातिक सिट र प्रत्यक्ष निर्वाचन मध्य एक भन्ने बुझिन्छ । हुन त समानुपातिक सिटलाई खासै सदुपयोग गरेको देखिएको छैन । यो त निर्वाचन नलडेका राज्यका अति कामलाग्दा दक्ष व्यक्तिहरू जो निर्वाचनमा होमिन तयार छैनन् हो उनीहरूका निम्ति बनाइएको प्रणाली हो तर हामी कहाँ त्यसमा नाम जसले सिफारिस गर्ने हो त्यसले यसको मर्म बुझेको जस्तो लाग्दैन । नयाँ संविधान २०७२ जारी भए पछि सम्पन्न भएका निर्वाचनहरू हेर्ने हो भने समानुपातिकमा हरेक नेताका श्रीमती वा श्रीमान वा नजिकका आफन्तजनहरूले बढता टिकक पाएको देखिन्छ । यो त्रुटी कसको हो जस्तो लाग्छ ? यो पनि संविधानको त्रुटी हुन सक्छ ? या निर्वाचन प्राणलीको त्रुटी हुन सक्छ र ?

हामीले अवस्थामा सुधार ल्याउन नसक्नुमा वा नदेख्नुमा खोट कहाँ छ भन्ने कुरा त प्रष्ट छ । श्रीमान पार्टीको पोलिटव्यूरो सदस्य छ भने श्रीमती वा श्रीमानलाई समानुपातिक सिटमा राख्नु पनि संविधानको खोट भन्न लाग्ने हो भने त खोट नभएको ठाउँ नै हुँदैन होला ? कुरा यति सिधा छ की दक्षतामा त्रुटी कहाँ रहेछ ? समानुपातिक सदस्यहरूमा ल्याउनुपर्नेमा महिला, दलित, जनजाति, आदिवासी, खसआर्य, मुस्लिम, थारु, मधेसी, पिछडीएको क्षेत्र लगायतका क्षेत्रबाट वन्दसूचिमा नाम समावेश गर्ने र सोही अनुरूप आफ्नो पार्टीले पाएको मतको आधरमा सिट पाउने व्यवस्था हो । यो अनुरूप भयो कि भएन भन्ने प्रश्नको सिधा उत्तरमा यहीनेर ठूलो खोट भयो भन्न सकिने अवस्था रह्यो । यो प्रणालीको दोष होइन । प्रणाली चलाउने जिम्मा पाएका वा जिम्मा खोजेकाहरूको विवेकमा रहेको खोट हो । यही खोटका कारणले नेपालीका मनमस्तिष्कमा चोट पुयाएको छ ।

यी विगतका कुरा भए । तिनै कुराले अहिले पछुतो लाग्नेसम्म भएको छ । यही पछुतोको नजिकमा बस्दै गर्दा आफु सुध्रने र आफन्त सुधार्ने प्रयास गर्ने हो भने आगामी दिनमा अवस्थामा पनि सुधार गर्न सकिन्छ भन्ने अपेक्षा गर्ने ठाउँ प्रसस्त रहेको छ । हामीले दोष जति अरूको थाप्लामा विसाउन चाहन्छौं । सबै दोष उसैको हो भन्ने जस्ता कुरा निकै छिटो र सहज ढंगले भन्न सक्छौं । तर आफूबाट कर्तव्य पुरा गरियो कि गरिएन भन्ने सवालमा हेक्का राख्ने गर्दैनौ । यो पनि एक प्रकारको त्रुटी हो या खोट हो । नेपालमा २०७९ सालमा सम्पन्न निर्वाचन पछि तिनवटा समिकरण बने पहिलो नेकपा एमाले र माओवादी केन्द्र सहितको । दोस्रो नेपाली काँग्रेस र माओवादी केन्द्र सहितको र तेस्रो पुनः एमाले र माओवादी केन्द्र सहित अन्यको गठवन्धन बनेको छ । यसै कारणले वर्तमान प्रधानमन्त्रीले तेस्रो पटक संसदबाट विश्वासको मत लिनु भएको छ । यो विश्वासको मत मागेको अन्तिम हो भन्ने केही ग्यारेण्टी छैन । किनकी वर्तमान गठवन्धन पनि कतिवेला कतिवेला धर्मराएको जस्तो आभाष हुन लागेको छ । त्यस्तो नहोस हाम्रो कामना । कति पटक को को संग गठवन्धन गर्ने ? गठवन्धनको रटाईले थकाइ लाग्ला जस्तो भइ सकेको छ । अव तत्काल गठवन्धन धर्मराउने अवस्था आयो भने अव नागरिकाको पनि धैर्यको बाँध टुट्न धेरै समय लाग्ने छैन ।

नयाँ वर्ष २०८१ आरम्भ भएको छ । यो आरम्भ हुनु भन्दा पहिलेदेखि नै नेपालीहरूले शुभकामनाका शब्दहरू प्रवाह गरेको देखियो, सुनियो पनि । यसै प्रसंगमा शुभकामना दिनेहरूले व्यवस्थामा मात्र नभएर अवस्थामा पनि सुधार आएको हेर्न पाइयोस भनेको पनि सुन्न पाइयो भनेपछि यो वास्तविक चाहना हो र यो चाहनाले आम नेपालीको प्रतिनिधित्व गर्दछ । वर्तमान खिचातानीबाट घृणा उत्पन्न भईसकेको छ । यो घृणा अर्को कुनै केहीमा परिणत भयो भने अवस्था परिवर्तन मात्र नभएर व्यवस्था परिवर्तनको बिगुल बज्न सक्छ । किनकी विना मन्दिर यो मुलुकमा घण्टी बजिसकेको छ । खेतमा जोत्न नजान्नेहरू पनि हलो बोकेको अवस्था छ । हामी सिद्धान्तका परिपालक राणा विरोधी आान्दलनमा लागेको धक्कुले अव सफाइ पाइने छैन । नयाँ वर्षसंगै नयाँ सोंचको विकास हुन सकोस् र नयाँ चाहना पूरा हुनु सकुन । आम नेपालीको अपेक्षा पनि यही रहेको छ । यो अपेक्षा पूरा हुनका लागि राजनीतिक स्थिरता चाहिन्छ । जुन हाम्रा माझमा आइपुगेको छैन । यो छिटै आई पुगोस् । अहिलेलाई यत्ति कामना मात्र ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np