ट्रेंडिंग:

>> दाङमा दुइजना महिलाको हत्या >> मैत्रीपूर्ण फुटबलमा मदन भण्डारी स्पोर्टस एकेडेमी विजयी >> सोमबारदेखि बुटवलमा वडा कप क्रिकेट >> नेवारी संस्कारसंस्कृति जर्गेना गर्न सबै एकतावद्ध हुन जरुरी >> इस्मा दोहली सम्पर्क समाज रुपन्देहीको अधिवेशन सम्पन्न >> मेट्रो कलेजमा आर्ट अफ लिभिङको कार्यक्रम >> सर्वोदय पुस्तकालयको पाँचौ अधिवेशन सम्पन्न >> बुटवललाई अन्तरपालिका उपमेयर कपको उपाधि >> मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक >> म्याराथनको उपाधि रावल र भण्डारीलाई >> म यहाँसम्म आउनुमा ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयकै योगदान छः मन्त्री आचार्य >> मोदीलाई लक्षित गर्दै केजरीवालले भने–देशलाई तानाशाहीबाट बचाउनुपर्छ >> काँग्रेसले भन्यो– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्‌मा बोल्न दिइएन’ >> चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली पूर्व सर्दै, सचेत रहन सुझाव >> दाङमा अटो दुर्घटना हुँदा चालकको मृत्यु >> मुठभेडतर्फ संघीय संसद >> नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा आधा काम सम्पन्न >> राज्यबाट सुविधा लिनेले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने बर्दघाटको निर्णय >> आजको मौसम : मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा >> सेवा आयोगका अध्यक्ष मजगैयालाई विदाइ >> उपभोक्ता ठग्दै गुल्मीका गुँड उद्योगः भेलीको गुँडलाई उखुबाट बनेको भन्दै बेच्दै >> बाँकेमा मातृ मृत्युदर कम गर्न ब्यवस्थित बर्थिङ सेन्टरको माग >> प्रेम फक्रिएको रानीमहल >> समानिकरण अनुदान घट्दैनः प्रधानमन्त्री >> बढ्दो तापक्रमलाई मध्यनजर गर्दै वृक्षरोपण >> दृष्टिविहीन शिक्षक बैंकको नजरमा निरक्षर ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कपिलवस्तु एमाले अधिवेशन : नेताको समर्थन पाएका शर्मालाई हराउँदै विजयी बने बाबुराम >> बाँकेको राप्तीसोनारी –१ मा झाडापखाला फैलियो , २६ जना बिरामी  >> कतारबाट आएका व्यक्ति अवैध सुनसहित विमानस्थलबाट पक्राउ >> बुटवलमा २ सय मिलियन अमेरिकी डलरको पोल्ट्री उद्योग : अमेरिकी राजदूत >> मानिसलाई शारिरीक र मानसिक दुबै रुपमा स्वस्थ्य रहन जरुरी छ । —नगरप्रमुख खाँड >> सातु र सर्वत वितरण गरेर नेवाः सेवा समितिले मनायो अक्षय तृतीया >> सैडियार माविमा नैतिक सजायँको पढाई सुरु >> रूपन्देहीका समीर र मिलन सुन तस्करीमा संलग्न, ९८ लाख सहित पक्राउ >> सुनको भाउ एकै दिन दुई हजार तीन सय रुपैयाँले बढ्यो >> गृहमन्त्रीमाथि संसदीय छानवीन समिति गठनको माग कायमै : कांग्रेस >> नवलपरासीमा हुण्डाई गाडीको उत्पादन शुरु >> गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय >> कालिगण्डकीमा शव फेला >> बुटवलका २ व्यक्ति करोड रुपियाँसहित काठमाडौंमा पक्राउ, सुन कारोबारमा संलग्नताको आशंका >> कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेशी आज >> वन्यजन्तु तस्कर कुञ्जोक छिरिङ तामाङ सम्पत्ति शुद्धीकरणमा पनि दोषी ठहर >> कपिलवस्तु एमालेको नेतृत्व चुन्न  आज मतदान >> नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर >> सुर्यपुरा बहुमुखी क्याम्पसमा तिलक रिजालको प्यानल विजयी >> सिद्धार्थनगरको न्यायिक समितिः मेलमिलापबाटै विवाद निरुपण >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> तीन दिने पूजाविधि प्रशिक्षण सम्पन्न >> आजबाट संसदको बजेट अधिवेशन

नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच आज दोस्रो खेल हुँदै

१६ बैशाख २०८१, आईतवार
१६ बैशाख २०८१, आईतवार

काठमाडौँ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज वेस्ट इन्डिजको ‘ए’ टोलीसँग  मैत्रीपूर्ण टी–२० प्रतियोगिताको दोस्रो खेल खेल्दै छ । खेल नेपाली समय अनुसार, दिउँसो १२ः१५ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपालसँग मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला खेल्न वेस्ट इन्डिजको ‘ए’ टोली नेपाल आएको हो । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी बनेको थियो । नेपालसामु वेस्ट इन्डिजले जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य पछ्याएको थियो  । नेपालका लागि कप्तान रोहित पौडेलले शानदार शतकीय पारी खेलेका थिए ।

आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो अभ्यास खेल खेल्न लागिएको हो ।आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । आगामी आईसीसी टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ ।

उक्त समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । वेस्ट इन्डिज भने टी–२० विश्वकपको समूह ‘सी’ मा रहेको छ । उक्त समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगान्डा रहेका छन् ।

यसअघि नेपाल र वेस्ट इन्डिजबिच एकपटक मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेलिएको छ । सन् २०२३ मा जिम्बाबेमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका क्रममा नेपाल र वेस्ट इन्डिजबिच खेल भएको थियो । सो खेलमा क्यारेबियन टोली एक सय एक रनले विजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np