ट्रेंडिंग:

>> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप

दीप गायन ताराको छनोट चरण सम्पन्न

४ फाल्गुन २०८०, शुक्रबार
४ फाल्गुन २०८०, शुक्रबार

बुटवल, ४ फागुन ।

रुपन्देहीको बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलमा शुक्रबार एघारौँ दीप गायन तारा प्रतियोगिताको छनोट चरण सम्पन्न भएको छ ।

प्रतियोगिताको छनोट चरणमा रुपन्देही क्षेत्रभित्रका कक्षा १२ सम्म अध्यापन हुने माध्यमिक विद्यालयका ४५ जना प्रतियोगीहरूले विना ट्रयाक गीत प्रस्तुत गरेका थिए । छनोट चरणबाट उत्कष्ट २० जनालाई अन्तिम चरणका लागि छनोट गरिएको छ । जसमध्ये दीक्षा कुँवर, निरुता नेपाली, सुजना भट्टराई, आयुषा राना, रक्षा मिश्र, रेनुका सुनार, विपुल पन्थ, निहारिका ढुङ्गाना, मिलिसा परियार, कृति विश्वकर्मा, रजनी पौडेल, सीता सुनार, ग्लोरिमा गोतामे, सन्तोषी परियार, देविका भुसाल, दिप्सन खत्री, जानकी पौडेल, निरुता कार्की, रिदिमा सिँजाली र विशेष भुर्तेल अन्तिम चरणको लागि छनोट भएका छन् ।

प्रतियागितामा उत्कृष्ट २० मा परेका प्रतियोगीहरूको अन्तिम प्रतिस्पर्धा फागुन ५ गते शनिबार बिहान १० बजे हुने र प्रतियोगितामा प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र सान्त्वना हुने २ जनाले दुई÷दुई हजारका साथ सिल्ड र प्रमाण पत्र प्राप्त गर्ने कुरा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले बताए ।

कार्यक्रममा बोल्दै प्याब्सनका केन्द्रीय उपाध्यक्ष विष्णु पन्थीले किताबमा पढेका कुरा जीवनमा २० प्रतिशत मात्र काम लाग्ने तर कला, खेल, बक्तृत्वकलाबाट प्राप्त ज्ञानले जीवन पूर्ण हुने बताए । उनले गीत सङ्गीतको जगेर्ना र विद्यार्थीको प्रतिभा उजागर गर्न दीप बोर्डिङ हाई स्कुलले पु¥याएको योगदानको प्रशंसा गरे ।

त्यसैगरी शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका प्रमुख माधव बन्जाडेले विद्यालय स्तरका विद्यार्थीहरुका लागि गायन क्षेत्रमा उपयुक्त प्लेटफर्म दिएको र सरकारी तवरबाट गर्नुपर्ने कार्य दीपले गरेकोमा धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाई, प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डे, अभिभावक महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष हेमबहादुर थापा, हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसाल, प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल,बुटवल उपमहानगरपालिका वडा नं.८ का वडाध्यक्ष यज्ञप्रसाद पङ्गेनी, एभरेष्ट अङ्ग्रेजी माध्यमिक विद्यालयका प्राचार्य कृष्ण न्यौपाने, समाजसेवी राधेश्याम राजभण्डारी, प्याब्सन बुटवलका नगर अध्यक्ष मित्रहरि आचार्य, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल, सुरेन्द्रकुमार शाक्य, वि.व्य.स.सदस्य वसन्तकुमार जोशी, विष्णुमाया श्रेष्ठ, लेखाप्रमुख रेखा श्रेष्ठ, पुरुषोत्तम पाण्डेय, विजय सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतियोगितामा सङ्गीतकार नारायण थापा, गायक वसन्त श्रेष्ठ, सङ्गीतकार मनोज खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा विद्यालयको दीप सांस्कृतिक परिवारका विद्यार्थीहरूले विद्यालय गीत, गुरुवन्दना र गीत तथा नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रम बालकृष्ण पाठकको संयोजकत्वमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?