ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

लुम्बिनी एक्स्पोको डान्स आइडलको उपाधि नवीनकी आकृतिलाई,कान्तिकी आरोही उपविजेता

१७ पुष २०८०, मंगलवार
१७ पुष २०८०, मंगलवार

बुटवल,१७ पुस । लुम्बिनी एक्स्पोमा सञ्चालित डान्स आइडल प्रतियोगिताको उपाधि आकृति परियारले जितेकी छन् । रुपन्देही ब्यापार संघको आयोजनामा पुस ५ गतेदेखि सञ्चालित यो प्रतियोगिताको फाइनलमा मंगलबार तीन जनाबीच उपाधिको  प्रतिष्पर्धा भएको थियो । फाइनलमा अन्य दुई प्रतिष्पर्धीलाई पछि पार्दै बुटवलको नवीन औद्योगिक मावि देवीनगरमा कक्षा ११ मा अध्ययनरत आकृतिले उपाधि जितेकी हुन् । उपााधिसंगै उनले एक लाख एक हजार रुपैयां नगद पुरस्कार र विभिन्न उपहार पाएकी छन् । यस्तै आरोही काउचा दोस्रो भएकी छन् । आरोही कान्ति मावि बुटवलमा कक्षा ९ मा अध्ययनरत छात्रा हुन् । उनले नगद र ५० हजार प्राप्त गरेकी छन । यस्तै सतिष सेन्चुरी तेस्रो हुंदै २५ हजार नगद पुरस्कार पाए । उनी केबी डान्स कला केन्द्र देवीनगरका प्रशिक्षार्थी हुन् ।
प्रतियोगितामा ५५ जनाले भाग लिएका थिए । जसमध्ये अडिसनबाट २७ जना छनोट भए र ती मध्ये १२ जना भोटिङ राउण्डमा आएका थिए । १२ जना मध्ये निर्णायकको मूल्यांकन ५० अंक र दर्शकले दिने भोटको ५० अंकका आधारमा हरेक दिन एक–एक जना प्रतियोगी बाहिरिंदै जांदा अन्तिम तीनजनाबीच उपाधि भिडन्त भएको हो । उत्कृष्ट १० जनामा सायना रम्तेल,ट्वीङ्कल श्रेष्ठ,बिहानी थापा,किन्जल मल्ल,सतिश सेन्चुरी,आरोही काउचा,निसिम झेडी,आकृति परियार,सौजन्या कार्की र किरण भण्डारी छनोट भएका थिए । यो प्रतियोगितालाई प्योर स्यानिटरी प्याडले प्रायोजन गरेको थियो ।
विजयी प्रतियोगीहरुलाई रुपन्देही ब्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे,सांस्कृतिक कार्यक्रम संयोजक प्रकाशराज पौडेल लगायतले पुरस्कार प्रदान गर्दै नृत्य प्रतिभाहरुको कला प्रष्फुटन गर्ने प्लेटफर्म दिन डान्स आइडल प्रतियोगितालाई निरन्तरता दिइएको बताए ।

प्रतियोगिताको संयोजकमा लोकेन्द्र शाह तथा निर्णायकहरुमा सुन्दर गुरुङ,मिना बुढाथोकी र सुमन पौडेल थिए ।
यस्ता प्रतियोगिताले स्थानीयस्तरमा थुप्रै राम्रा कलाकारहरु जन्माइसकेको र उनीहरु अहिले ख्यातिप्राप्त डान्सर,म्युजिक भिडियोमा मोडेल र नृत्य प्रशिक्षकसम्म भएर राम्रो आय आर्जन गर्न सफल भएका छन् ।

एक्स्पोमा आयोजित विद्यालयस्तरीय लोकनृत, लोक दोहोरी, भजन र र्याप गीत प्रतियाोगिताहरुको पनि फाइनल प्रतिष्पर्धा सम्पन्न भइसकेको र भोलि बुधबार मेला समापन हुने एक्स्पोका प्रचार प्रसार संयोजक फर्सुराम पन्तले बताए । समापन समारोहमा उत्कृष्ट स्टलहरुलाई पुरस्कृत गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?