ट्रेंडिंग:

>> एमाले एक्लैले सरकारको नेतृत्व गर्ने गरी अभियान चलाएका छौ : शंकर पोखरेल >> गैंडहवामा १६ पालिकाको घुम्ती बैठक >> अधिकांश डाक्टरहरुमा मपाईंत्व र रुखोपन >> ‘ई’को जीवन रक्षा र सडक व्यवसायीलाई वैकल्पिक व्यवस्था गर : आयोग >> प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार २०१ रुपैयाँ सरकारी ऋण >> राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप >> डाक्टरहरु आज पनि आन्दोलनमा >> विकासमा राजनीति हुँदैन : खड्का >> छत्रेश्वरीका कर्मचारीको हातमा कालोपट्टी, कार्यालयमा कालो ब्यानर >> विश्व पर्यटन दिवसः बेलहिया र लुम्बिनीमा पर्यटकलाई स्वागत >> अनाथ आश्रमलाई खाद्यान्न वितरण >> सांसद विनोद चौधरीको तीन कम्पनीमा भारतीय आयकर विभागको छापा >> मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित >> सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस >> एमाले बागमतिको नेतृत्व चुन्न आज निर्वाचन >> नेपालले मंगोलियालाई दियो ३ सय १५ रनको लक्ष्य >> टी–२० क्रिकेटमा बुटवलका कुशल मल्लको विश्व कीर्तिमान,३४ बलमा शतक पूरा >> यस्तो आज विदेशी मुद्राको विनिमय दर >> श्रेष्ठ र अर्यालको टिम मैदानमा (भिडियो अन्तर्वार्तासहित) >> आज विश्व पर्यटन दिवस मनाइँदै >> पाल्पा अस्पतालः रिफर सेन्टरको पहिचान बदल्दै >> सुन तस्करी प्रकरण : आजदेखि थुनछेक बहस सुरु हुने >> लक्षित बर्गको तालिमः फेरिदै महिलाको जीवनस्तर ! >> नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक सिरिज गर्ने क्यानको निर्णय >> बदलिँदो पर्यटन र हाम्रो तयारी >> पर्यटन दिवसः पुनरुत्थानमा जोड दिऔं >> शिक्षकको हातमा चक डस्टर होइन ल्यापटप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> समाज विकासको मुख्य आधार नै असल संस्कार >> सर्वोच्चले सोध्यो– बाबुराम भट्टराई र माधव नेपाललाई के कारणले मुद्दा नचलाएको ? >> बुटवलमा अन्तर धार्मिक शान्ति सञ्जाल गठन >> चाडपर्व लक्षित गरी सरकारले देशभर ९८ स्थानमा सहुलियत पसल चलाउने >> जुवातास खेल्ने आठजना नगदसहित पक्राउ >> आयल निगमले सर्वसाधारणलाई आईपीओ जारी गर्ने >> रामपुरका जेष्ठ नागरिकलाई गाउँटोलमै भत्ता >> लुम्बिनी प्रदेश सरकारले दियो राउटेलाई दशै खर्च >> दाङ बस दुर्घटना अपडेट : घाइते भएकाहरुको पहिचान खुल्यो >> गरिबलाई नभई गरिबी लखेट्नुपर्छ : ओली >> यति एअरलाइन्सले सर्वसाधारणलाई प्रिमियम शेयर दिने >> ११ वर्षीया बालिकालाई जबरजस्ती करणी, एकजना पक्राउ >> एमाले बाग्मती अधिवेशनको बन्दसत्र सुरु >> सुरक्षा माग्दै चिकित्सकहरू सडकमा >> हाजिरीजवाफमा जामिया गुल्सने भिका प्रथम >> पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण >> उदीयमान खेलाडी जन्माउने बर्दघाटः खेलकूद विकासमा भने सधै उपेक्षित >> दाङमा बस दुर्घटना, २५ जना घाइते >> घाँस काट्न गएका किसानको भिरबाट लडेर मृत्यु >> लायन्स क्लब अफ देवदह युनाईटेडको स्थापना, अध्यक्षमा आचार्य >> केरुङ–रसुवागढी–चिलिमे २२० केभी प्रसारण लाइन बनाउने सहमति >> विदेशी मुद्राको विनिमय दर कति छ आज ?
साझा डबली

राजधानीको आँगनमा

१६ भाद्र २०८०, शनिबार ०५:५८
१६ भाद्र २०८०, शनिबार ०५:५८

तिम्रो राजधानीको आँगनमा आइपुगेको छु म ।
तिमीले आफ्नो मात्रै ठान्ने यो राजधानी जति तिम्रो हो, त्यति नै मेरो पनि हो ।
किनभने जति यो धर्ती तिम्रो हो, त्यति नै मेरो पनि हो । जति यो आकास तिम्रो हो, त्यति नै मेरो पनि हो । यो धर्तीको उज्यालो जति तिम्रो हो, त्यति नै मेरो पनि हो ।
तर जुगजुग देखि धर्तीको उज्यालोमाथि तिमीले मात्रै रजगज ग¥यौ । त्यो उज्यालोको उपभोग तिमीले मात्रै ग¥यौ । त्यो उज्यालोलाई तिमीले आफ्नो बपौती बनायौ ।

अनि न प्रमिथस सहयोद्घाहरूले काल्पनिक स्वर्गबाट आगो खोस्न शुरु गरेको संघर्षमा म होमिएँ । तिमी मेरो संघर्षले डरायौ । र, उज्यालो प्राप्तिका लागि लड्दा लड्दै आफै तारा बनेका शहीदहरूको बलिदानमाथि सत्ताको अहोरात्र परेड खेल्यौ । तिम्रो त्यो परेड असह्य भएपछि तिनै शहीदको शालिकबाट निस्केर म राजधानी आएको हुँ ।
इतिहासको गर्तमा विस्मृत बेपत्ताहरूको चिहानबाट निस्केर म राजधानी आएको हुँ ।

सत्ता प्राप्त गर्न र सत्तामा टिकिरहनका लागि तिमीले राजधानीको रातो रगतलाई कोकाकोला बनाइदिएका छौ । राजधानीको तातो रगतलाई चिसो बनाइदिएका छौ । त्यसैले कैयौं हिउँदभरि तापेर तिमीले बिर्सी हिंडेको ‘बुके विश्वकर्मा बाजे’ को रातो तातो आरन लिएर आएको छु ।
हेर, म तिम्रो राजधानीको आँगनमा आइपुगेको छु ।
कुनै बेला मुक्ति युद्घको तीव्रतम लहर र नदीको उर्लदो लहरलाई तिमीले एउटै देख्थ्यौ तर राजधानी पस्ने हतारमा तिमीले छली हिँडेका थियौं सानी भेरीको लहरलाई । बिर्सी हिँडेका थियौ ठूली भेरीको लहरलाई । राजधानी पुग्ने हतारमा कर्णाली तरेपछि हातको लौरो कर्णालीकै किनारमा फालेर हिँडेका थियौ ।

मैल सानी भेरी र ठूली भेरीको छुटेको त्यही लहरलाई लिएर आएको छु । कर्णाली किनारको त्यही परित्यक्त लौरो लिएर आएको छु ।
हेर, म तिम्रो राजधानीको आँगनमा आइपुगेको छु ।

मुक्ति गीत तिमीलाई साह्रै सुमधुर लाग्थ्यो । गाउँ बस्तीको गीत साह्रै मीठो लाग्थ्यो । सुकुम्वासी बस्तीका गीतमा तिमीले जीवनको असली गीत पाउँथ्यौ । अनि तिमीले पनि त कम्ती मीठो गीत गाउँथ्यौ ? तर तिमी राजधानी पुग्ने हतारमा गाउँदा गाउँदैको गीत छोडेर हिँडेका थियौ । मैले तिमीले छोडी हिँडेको त्यही गीत लिएर आएको छु । त्यही प्रिय गीतको झन्झनाउँदो झङ्कार लिएर आएको छु ।
सत्ताको निरन्तरको कल्याङबल्याङमा अभ्यस्त छौ तिमी । मान्छेको आवाज सुन्न धौ हुन्छ तिमीलाई । तर सुन ! कान थापेर सुन ! त्यो गीतसँग सँगै मैले गण्डकीको गर्जिंदो सङ्गीत लिएर आएको छु । स्वतन्त्रताको अपरिभाषित आलाप लिएर आएको छु !

म तिम्रो राजधानीको आँगनमा आइपुगेको छु ।

तिमी देश बनाउन आफ्नै पाखुरी चल्नु पर्छ भन्थ्यौ । अर्काको भर परेर हुन्न भन्थ्यौ । बाटा बनाउँथ्यौ । स्कूल बनाउँथ्यौ । सामूहिक खेतीमा संलग्न हुन्थ्यौ । मान्छेमा जोश जागर भथ्र्यौ । कर्मशील हातहरू नै निर्माणका आधार हुन् भन्थ्यौ । विदेशी सहयोगमा अन्तरनिहीत स्वार्थ के हो भनेर अर्थ लगाउँथ्यौ । र, विदेशीको षडयन्त्रप्रति सदा सजक देखिन्थ्यौ ।
आफूसँग देश बनाउने नक्शा छ भन्थ्यौ । देश बनाउने भाषा छ भन्थ्यौ । खाका छ भन्थ्यौ । तर राजधानी पुग्ने हतारमा शायद तिमीले देश बदल्ने खाका यतै कतै छोडेर गयौ । अनि देश बनाउन विदेशीको अघि हात जोड्ने भयौ । दुःखिया किसानहरूको औजारबाट, अवसरबाट वञ्चित विद्यार्थीहरूको आकाङ्क्षाबाट, असक्त वृद्घहरूका अनुहारका चाउरीबाट, विधवा चेलीहरूको रित्ता सिउँदोबाट एक एक गर्दै टिपेर देश बदल्ने त्यही खाका लिएर आएको छु ।

हेर, म तिम्रो दरबारको आँगनमा आइपुगेको छु ।
सत्ताको लागि मदारीले नचाएको बाँदरजस्तै जुनसुकै भाव र ढंगमा नाँचिरहेका छौ तिमी । निर्लिप्त भावमा नाचिरहेका छौ । नाचको हरेक स्टेपमा उता गाउँमा देशको आँखाबाट एक एक थोपा आँसु खस्छ । यता शहरमा देशको छातीमा आक्रोशको ज्वाला बल्छ । ताराहरूको प्रकाश मलीन हुन्छ । बलिदानको आकाशमा तिमीले छोडी हिंडेका तिनै ताराहरूको उज्यालो लिएर म आएको छु ।
थाहा छ–तिमी जुन धर्तीमा नाचिरहेका छौ, ठीक त्यही धर्तीमुनि ज्वालामुखीको अनन्त स्रोत छ । म त्यही ज्वालामुखीको ताप लिएर आएको छु । नाबालक ‘दिलबहादुर रम्तेल’को रक्तले सिंचिएर हुर्केका राता गुलाफहरूको एक गुच्छा बोकेर आएको छु । म आएको छु, ज्वालामुखीको अंश लिएर आएको छु ।

हेर, म तिम्रो दरबारको आँगनमा आइपुगेको छु ।
तिम्रा बिकासे डोजरहरूले गाउँ गाउँमा भत्काउँदै हिँडेका चौतारीहरू बनाउन गाउँलेहरूलाई हाँक हालेर आएको छु । चेतनाका तिनै चौतारीहरूमा मुक्तिगीतलाई फेरि गुञ्जाउने महान् सूचना लिएर आएको छु ।
दूर गाउँको इच्छाहरू टिप्दै हिँडेको इच्छा हुँ म । सुकुम्वासी बस्तीबाट उठेको आवाज टिपेर हिँडेको इच्छा हुँ म । पिँधका मानिसहरूको भरोसिला मिथकहरू संगालेर हिँडेको इच्छा हुँ म ।
म मुक्ति–इच्छाको आवृत्ति हुँ ।
पृथ्वीबाट दुःखको बीउ हटाउने इच्छाको अनवरत् पुनरावृत्ति हुँ ।
म तिम्रो राजधानी आइपुगेको छु । म तिम्रो दरबारको आँगनमा आइपुगेको छु ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?