ट्रेंडिंग:

>> वडा कपमा अन्तिम चारको टुगो >> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै

लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु

२३ बैशाख २०८१, आईतवार
२३ बैशाख २०८१, आईतवार

लुम्बिनी ।

लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तराष्ट्रिय बौद्ध गोष्ठी शनिबारदेखि लुम्बिनीमा सुरु भएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालयको सभाहलमा आयोजित दुईदिने गोष्ठीको उद्घाटन गर्दै ताइवानका भिक्षु मास्टर हुइ गाङग्ले विश्वमा बौद्ध शिक्षाको महत्व बढ्दै गएको बताउनुभयो । उहाँले बुद्धको शिक्षालाई आत्मसाथ गर्न सके जस्तोसुकै कठिनाइ पार गर्न सकिने बताए ।

गोष्ठीमा बोल्दै विभिन्न देशका बौद्ध भिक्षु तथा विज्ञहरुले विश्वमा व्याप्त हुँदै गइरहेको प्राकृतिक असन्तुलन, बैमनस्यता र बेमेलको अन्त्यका लागि बौद्ध शिक्षाको जीवनोपयोगी बनाउनेगरी प्रवद्र्धनमा प्राथमिकता दिनुपर्ने बताए । राष्ट्र तथा व्यक्तिहरुबीचमा असमझदारी, पर्यावरणीय हानी नोक्सानी, युद्ध तथा अपराधको बढ्दो ग्राफ न्यूनिकरण गर्नका लागि बुद्धका उपदेशहरुको परिपालना महत्वपूर्ण कडी हुने भन्दै विज्ञहरुले बौद्ध शिक्षालाई विश्वव्यापी बनाउनुपर्नेमा जोड दिए । बौद्ध शिक्षाबाटै अहिलेका विश्वव्यापी समस्याहरुको समाधान खोजिनुपर्ने विज्ञहरुले उल्लेख गरे ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको बौद्ध अध्ययन संकायको आयोजनामा शनिबारदेखि लुम्बिनीमा शुरु भएको “विश्वव्यापी चुनौतिहरुको समाधान सन्दर्भमा बौद्ध शिक्षाको सान्दर्भिकता” विषयक अन्तर्राष्ट्रिय सेमिनारमा बोल्दै विज्ञहरुले बुद्धका शिक्षाको परिपालनाले मानवीय व्यवहारहरु परिवर्तन हुने बताएका हुन् । वातावरणीय असन्तुलन, व्यापारिक प्रतिष्पर्धा, बढ्दो तापक्रम, नयाँनयाँ संक्रमणकालिन ब्याधी तथा युद्ध अपराध जस्ता विश्वव्यापी समस्याको समाधान बौद्ध दर्शनमा रहेको भन्दै त्यसको खोजी अपरिहार्य रहेको विज्ञहरुले बताए ।

थाइल्याण्डका प्रा.डा.भिक्षु सुगन्ध (अनिल शाक्य) ले व्यक्तिको जीवनलाई सकारात्मक दिशातर्फ लैजान बुद्धको शिक्षा अनिवार्य रहेको बताए । विश्वमा मैत्री, करुणा र शान्ती कायम गर्न बुद्धको शिक्षा महत्वपूर्ण हुने बताउँदै यस्ता गोष्ठीले यसलाई सघाउ पु¥याउने बताए ।

त्यस्तै राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडेलले बौद्ध शिक्षालाई व्यावहारिक रुपमा उपयोग हुनेगरी कार्यान्वयनमा ल्याउनुपर्ने बताए । विश्वमा झण्डै १ अर्ब बौद्ध अनुयायी रहेको भन्दै उनीहरुलाई जोड्दै बौद्ध शिक्षाको प्रवद्र्धन गर्दा शान्ति र बन्धुत्वको विकास बढ्दै जाने बताए । नेपालको शैक्षिक योजनाहरुमा बौद्ध शिक्षालाई जोडिने उनको भनाइ थियो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति सुवर्णलाल बज्राचार्यले बौद्ध शिक्षाको प्रसारमा अन्तर्दृष्टि र दृष्टिकोण साझा गर्न, शैक्षिक र सांस्कृतिक मूल्य मान्यता आदानप्रदानलाई गर्न र बौद्ध मूल्यहरूको विश्वव्यापी प्रवद्र्धनमा योगदान पु¥याउनगोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

बौद्धिक विकास मात्र नभई व्यक्तिमा आवश्यक जीवन सीपको विकास गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको बताउँदै उनले अन्तर्राष्ट्रिय सेमिनार एक उत्कृष्ट सफलता, सहयोगलाई बढावा दिने, नवप्रवर्तनलाई प्रेरणा दिने र समग्र मानवताको उन्नतिमा योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

बौद्ध अध्ययन संकायका डीन डा माणिकरत्न शाक्यले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न बौद्ध शिक्षालाई ब्यवहारिक जीवनमा प्रयोग गर्न आवस्यक रहेको बताए । “बुद्ध शिक्षाका बारेमा धेरैलाई थाहा छ र ब्यवहारमा उतार्ने थोरै छन् त्यसैले यो शिक्षालाई व्यवहारमा उतार्नेतर्फ सबैले ध्यान दिनुपर्छ”, उनले भने ।

गोष्ठीको उद्घाटन कार्यक्रममा मास्टर इनसुनको प्रतिनिधिका रुपमा चाइनिज भन्ते दावजिन, जापानका कोहजी ओहकुरा, म्यानमारका भिक्षु शोभित, मंंगोलियका सेन नेगुई, नेपालका खाङसोर रिम्पोछे लगायतले शुभकामना दिदै बौद्ध शिक्षा जीवनका लागि नभई नहुने व्यवहारिक ज्ञान भएकाले यसको पालना गर्न सबैलाई आग्रह गरे ।

विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न बौद्ध शिक्षाको सान्दर्भिकता विषयक गोष्ठीमा शनिबार विभिन्न देशका १४ जना अनुसन्धानकर्ता तथा विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका छन् ।

गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै स्टोनीयाका डा. शोभित शाक्य, बङगलादेशका प्रा.डा. बिजोय बरुवा, म्यानमारका भिक्षु विनय नन्दले बौद्ध शिक्षा र सुशासनलाइ कसरी प्रयोग गर्न सकिन्छ भन्ने सम्बन्धमा चर्चा गरे । श्रीलंकाका डा सचिनी हन्सिका, सन्सारकै सुखी ब्यक्ती फ्रान्सका म्याथु रिकार्डले सुख, शान्ति र अहिन्साका लागि बुद्धको शिक्षा र उपदेशलाइ जीवनमा कार्यान्वयन गर्नु जरुरी रहेकामा जोड दिए ।

भारतका प्रा.डा. उदय कुमार, म्यानमारका प्रा.डा. सटट सान्दार, ताइवानका प्रा.डा. कृस्टी चाङ,म्यानमारका भिक्षु बुद्धघोष, पोर्चुगलकाडा. सोनिया गोम्स लगायतले बुद्ध शिक्षाले नैतिक रुपमा उत्तरदायी बनाउने भएकाले यसलाई अंगाल्न आवश्यक रहेको बताए ।

गोष्ठीमा साहित्यकार सोनु गुरुङ, मोहन सिंह गुरुङ, भिक्षु क्याल्सन लगायतले कार्यपत्रमाथी टिप्पणी गरेका थिए ।

अहिले विश्वभरका मानिसहरु वातावरणीय संकट, ग्लोबल वार्मिङ, पारिस्थितिक असन्तुलन र शारीरिक तथा मनोवैज्ञानिक रोगजस्ता विभिन्न प्रकारका समस्याहरुबाट गुज्रिरहेको अवस्थामा बुद्धको जन्मस्थलबाट विशेषगरी बुद्ध शिक्षाको सान्दर्भिकता खोज्नुपर्ने आवश्यकता देखिएकाले गोष्ठीको आयोजना गरिएको हो ।

गोष्ठीमा नेपालसहित थाइल्याण्ड, फ्रान्स, स्टोनीया, म्यानमार, जापान, बंगलादेश, भारत, ताइवान, श्रीलंका, पोर्चुगल, नर्वे लगायतका विभिन्न देशका बौद्ध भिक्षु तथा विज्ञहरुको सहभागिता छ ।

गोष्ठीमा आइतबार बौद्ध दर्शन र योगका विषयमा छलफल हुने छ । जसमा आचार्य बालकृष्ण, डा. चिन्तामणि योगी, भानु शर्मा, प्रा.डा.बिशाल सिटौला, प्रा.डा. क्षितिज बराकोटी र डा. विकासानन्दले बौद्ध दर्शन र योगका विषयमा कार्यपत्र प्रस्तुत गर्ने र कार्यपत्रमाथि छलफल गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?