ट्रेंडिंग:

>> चुच्चे नक्साभित्र भारतको गिद्दे नजर >> राष्ट्रिय अर्थतन्त्र निर्माणका चुनौति >> खानेपानी बोक्न दिनभर एक जना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> घुम्ती शिविरबाट न्याय >> गृहसचिवले गरे विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन >> वार्षिक ८० लाखको तरकारी र फलफुल बेच्दै देवदह ग्रीन एग्रो >> न्यु होराईजन र बुद्ध पब्लिक फाईनलमा >> सन्दिपलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन >> स्वार्थी व्यक्तिका कारण पार्टीलाई क्षति पुग्यो, अव गुट बनाउने छुट कसैलाई छैनः केपी ओली >> स्वर्ण पदक विजेता बास्केटबल टिमलाई लुम्बिनी प्रदेशबाट ५१ हजार सहयोग >> वनमा आगो : वन्यजन्तु घरमा >> घातक रोग लागेकाबाहेक देशभरका शिक्षकहरूको काज सरुवा फिर्ता हुने >> नवनिर्वाचित सांसद सुहाङले गरे सपथग्रहण >> सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री >> पश्चिम नवलपरासीमा चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु >> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’
सम्पादकीय

डेंगु नियन्त्रणमा गुमनाम पालिकाहरू

२१ श्रावण २०८०, आईतवार
२१ श्रावण २०८०, आईतवार

नेपालमा डेंगुका कारण अहिलेसम्म १० जनाको मृत्यु भैसकेको छ । सयौं विरामी डेंगु संक्रमणको जोखिममा छन । डेंगुले यो बर्ष पनि आफ्नो भयावह रूप देखाउने पुष्टी अहिलेसम्म भएको मृत्यु र संक्रमणले गरिसकेको छ । त्यसो त बर्षायाम सुरु भएपछि डेंगुको जोखिमबाट बच्नुपर्ने हरेक नेपाली नागरिकको कर्तब्य हो भन्ने बुझ्नुपर्ने भएको छ । किनभने डेंगु नियन्त्रण कसैले गरिदेला भन्ने सोँच राख्ने हो भने मानिसको मृत्यु भएपछि बल्ल अभियान थालिन्छ । नेपालमा यस्तै हुन्छ । ठूलो मानवीय क्षति भएपछि मात्र राज्यको होस खुल्छ । पालिकाहरू सल्बलाउन थाल्छन । जब प¥यो राती तब बुढी ताती भन्ने उखान डेंगु नियन्त्रण अभियानमा पनि मेल खान्छ । रूपन्देहीका १६ पालिकामध्ये बुटवल उपमहानगरमात्रै अहिले डेंगु नियन्त्रणमा सल्बलाएको छ । त्यहीपनि बुटवलले समेत ढिलो गरि अभियान सुरु गरेको छ । विहिवारदेखि बुटवलमा डेंगु नियन्त्रण अभियान सुरु भएको छ । बाँकी १५ पालिकाहरू अहिलेसम्म गुमनाम छन । मानौं महामारी फैलिएपछि मात्र पालिकाहरूको चेत खुल्छ । हरेक वर्ष पालिकाहरूको यही रवैयाले सोँच्नु बाध्य बनाएको छ– समय घर्किएपछि थालिएको अभियानको औचित्य के होला ? पालिकाहरूले जवाफ दिनुपर्दछ ।

तराईदेखि पहाड हुँदै हिमाल चढेको लामखुट्टे नियन्त्रणमा यसैगरी लापरवाही गर्ने पालिकाहरूको गुमनाम प्रवृत्तिमा सुधार जरुरी छ । अहिले मध्य बर्षाको समय छ । नेपालका तराईका विभिन्न जिल्लामा पानी पर्नेक्रम बढिरहेको छ । रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासी जिल्लामा पानी पर्नेक्रमसंगै डुवानको समस्या समेत बढेको छ । डुबान हुँदा लामखुट्टको प्रकोप बढ्ने गरेको छ । डुबानमात्र होइन घर छेउ वरिपरी पानी जम्ने र खाल्डाखुल्डीमा पानी भरिँदा लामखुट्टे बस्ने र त्यसले फूल पारेर अझै प्रकोप बढाउने गरेको छ । नेपालमा बर्षेनी डेंगुको प्रकोप बढ्दै गएको छ । बर्षामै हो डेंगुले आफ्नो प्रभाव फैलाउने समय । नेपालका तराईका जिल्लाहरूमा डेंगुको संक्रमण यसरी नै बढ्दै जाने हो भने भोलिका दिनमा यसले भयावह अवस्था सिर्जना गराउन सक्छ ।

डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने सरुवा रोग हो । लामखुट्टेले टोकेपछि सर्ने यो रोग नियन्त्रणका लागि सम्वन्धित जिल्लाका स्वास्थ्य संस्थाहरूले समेत ध्यान दिनु जरुरी देखिएको छ । होइन भने यसको संजालभित्र अव गरिवमात्र होइन सम्भ्रान्त धनी वर्गका मानिसपनि पर्नुपर्ने निश्चित छ । रूपन्देहीका १५ पालिकाहरूले डेंगु नियन्त्रण अभियान कहिलेदेखि सुरु गर्ने हुन थाहा छैन तर ती पालिकाहरूले बुटवल उपमहानगरको अभियानबाट सिकून । बुटवलमा डेंगु खोज र नष्ट गर अभियान सुरु भैसकेको छ । बुटवलले रूपन्देहीका अरू पालिकाहरूभन्दा अघि यो अभियान सुरु गरेर महामारीप्रति पूर्व सचेत रहेको छनक दिएको छ । राम्रो कामको प्रशंसा जहाँबाट गर्दापनि हुन्छ । तसर्थ रूपन्देहीका बाँकी १५ पालिकाहरूले छिटोभन्दा छिटो अभियान सुरु गरेर डेंगु नियन्त्रणमा बुटवल उपमहानगरको अनुसरण गरुन् ।

सवै कुराको आशा संघीय र प्रदेश सरकारबाट गर्नु जिम्मेवारीबाट पञ्छिने तरिका हो भन्दा अत्युक्ति नहोला । डेंगु नियन्त्रण अभियान पालिकाहरूले सञ्चालन गर्न सक्छन् । अझैपनि समय छ– पालिकाहरूको डेंगु नियन्त्रण अभियानमा ध्यान जाओस् । डेंगु नियन्त्रण अभियान पालिकामा मात्र होइन, पालिकाभित्रका चोक चोक र टोल टोलबाट सुरु गर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?