ट्रेंडिंग:

>> नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा >> तोलामा २७ सय घट्यो सुन >> वाणगंगामा श्रीमान-श्रीमती मृत फेला >> कालिकानगरमा १० दिने पातञ्जल योग तालिम शुरु >> तिलप्रसादको सफलता : भारतमा पियन, नेपालमा नमूना उद्योगी >> भारतको चुनावमा नेपालका ५ दलले पाए भाजपाको निम्तो >> कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने >> सहकारी ठगी प्रकरण : राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी >> नेपाल र वेस्ट इन्डिज एबीच टी –२० सिरिजको तेस्रो खेल हुंदै >> सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने >> आजको मौसमः लुम्बिनी, सुदुरपश्चिम, कोशी, मधेसमा हावाहुरी चल्ने >> आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा >> पहिलो पाईला नेपालद्वारा इ–रिक्सा चालक लक्षित ट्राफिक सचेतना >> लुम्बिनी प्रदेशको आर्थिक सल्लाहकारमा गौतम नियुक्त >> श्रमिक दिवसः कामभन्दा भाषणमै सीमित ! >> आर्थिक विकासमा लुम्बिनी प्रदेश >> हराउदै गएको श्रम सम्मान >> परिवर्तन लहरमा गढवाको थारु कुमाल बस्ती >> नेता मञ्चमा, मजदुर मेलोमा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> विद्यालयमा शैक्षिक सामग्री वितरण >> महात्मा बुद्ध माविमा सल्लाहकार समिति सदस्यहरुलाई सम्मान >> मानवसेवा आश्रमका बालबालिका निःशुल्क केवलकार यात्रामा >> कर्णाली मन्त्रीपरिषद् विस्तार, कृषिमन्त्रीमा नियुक्त शाह शपथ लिन आएनन् >> राजनीतिक अस्थितरताले कर्णालीको लगानी सम्मेलन प्रभावित >> समाचार हटाउने सर्वोच्च अदालतको आदेश संविधान विपरीत : पत्रकार महासंघ >> जात र थरलाई पहिचानको विषय बनाउन हुन्न : ओली >> कर्णालीमा ६ जना मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता >> कोशीमा अर्को सरकार गठन हुन सक्दैन : मुख्यमन्त्री >> देशभर गर्मी बढ्यो, भैरहवाको तापक्रम सबैभन्दा बढी >> सामुदायिक वनमा आगो लगाएको आरोपमा दुईजना पक्राउ >> आगलागी पीडितलाई राहतसँगै स्वास्थ्य परामर्शमा ध्यान दिन अपिल >> इलाममा जित्न सकिएन, सिक्न सकियो : रास्वपा >> विद्यालयका अध्यक्षसहित जिम्मेवार पदाधिकारी नै विद्यालयभित्रै मदिराको तालमा रमाउँदै गरेको भिडियो सार्वजनिक ! >> स्टिङ अपरेशनको सत्य तथ्य बाहिर ल्याउनुपर्छ- जनार्दन शर्मा >> नीति निर्माण र बजेटमा भौगोलिक विकटतालाई प्राथमिकता दिन सुझाव >> इलाममा रास्वपाका मिलन लिम्बुसहित १६ जना र बझाङमा ८ जनाको जमानत जफत >> इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी >> अभिभावक र विद्यार्थीलाई उत्प्रेरक परामर्श >> बालविवाहविरुद्धको दिवस र अभियान >> १० प्रतिशत मत पनि नल्याएपछि इलाम–२ मा रास्वपाका उम्मेदवार मिलन लिम्बूको जमानत जफत >> ज्योतिष शास्त्रमा माङ्गलिक स्थिति; वैवाहिक जीवनमा समस्या >> बुद्ध जयन्तीलाई सरकारको ‘शुन्य बजेट’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देहीमा पालिकाकास्तरिय पुरुष भलिवल प्रतियोगिता हुने >> आगलागीमा परेर चार वर्षीया बालिकाको मृत्यु >> सिधाकुरामा प्रसारित अडियोको प्राविधिक जाँच गराउन सर्वोच्चको आदेश >> एकल महिलालाई करणी गरेको अभियोगमा गुरुङ पक्राउ >> तिलोत्तमा व्यापार संघका सदस्य र कर्मचारीले देवदह मेडिकल कलेजमा छुट पाउने >> बुद्धभूमि नगरपालिकाका मेयरका छोरा जोगाउन कांग्रेस नेताको दौडधुप
सम्पादकीय

अपराधजन्य घटनामा ध्यान जाओस्

२८ असार २०८०, बिहीबार
२८ असार २०८०, बिहीबार

केही दिन अघि रूपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानमा बम विष्फोटमा संलग्न भएको अभियोगमा तीनजनालाई पक्राउ गर्याे । त्यसैक्रममा भारतको गोरखपुर आसपास क्षेत्रमा चोरी र डकैतीमा संलग्न कुख्यात महिला अपराधीलाई भैरहवाबाटै प्रहरीले पक्राउ गर्यो ।

विगत एक महिनाको अवधीमा रूपन्देही प्रहरीलाई अपराधजन्य घटना नियन्त्रणमा सफलता मिलेको छ । यी घटनाले अर्को के कुराको संकेत गर्दछ भने रूपन्देही विभिन्न अपराधजन्य घटना श्रृंखलाको ट्रान्जिट पोइन्ट बन्दैछ । यो खतराको अवस्थामा प्रहरी प्रशासनको ध्यान अपराधजन्य घटना नियन्त्रणमा ध्यान जाओस् । बम विष्फोट आरोपमा पक्राउ परेका तीनैजनालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–७ ‘विष्फोटक पदार्थ सम्बन्धी कसुर’ शीर्षकमा मुद्दा दर्ता गरिएको छ ।

घरमै बम बिष्फोट गराउने कुरालाई सामान्य भन्नै मिल्दैछ । तसर्थ उनीहरूलाई कमजोर मुद्दा दर्ता गरेर छिटो रिहा गराउने काममा कसैको पनि संलग्नता नहोस् भन्नेतर्फ प्रहरी प्रशासनको ध्यानाकर्षण होस् । रूपन्देही प्रहरीका अनुसार २०८० वैशाख १ गते रूपन्देहीको सियारी गाउँपालिका–४ स्थित सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घरपछाडीको पर्खाल नजिकै विष्फोटक पदार्थ जस्तो देखिने पदार्थ (प्रेसर कुकर बम) भेटिएको थियो । नेपाली सेनाको विष्फोटक टोलीबाट उक्त बम डिष्पोज गरिएको थियो ।

त्यस्तै, गत असार १ गते बिहान साढे २ बजे सिद्धार्थनगर नगरपालिका–४ स्थित भैरव प्रसाद कलवारको शिवम इम्पेक्सको (दाना फ्याक्ट्री गोदाम) कम्पाउण्डमा पर्खाल बाहिर विस्फोटक पदार्थ (प्रेसर कुकुर बम) विष्फोट भएको प्रहरीले जनाएको छ । त्यसैगरी, गत असार १ गते बिहान ६ः१० बजे मायादेवी गाउँपालिका–८ स्थित सिद्धार्थनगर सिटी हस्पिटलको पछाडि रहेको खाली जग्गामा प्रेसर कुकुर बम विष्फोट भएको थियो । यसले त्रास बढाउने काम गरेको छ ।

अर्कोतर्फ पछिल्लो दिनहरूमा अपराधमा प्रयोग हुँदै आएका हतियारसहित पक्राउ पर्ने क्रम पनि बढेको छ । यसले के बुझिन्छ भने अपराध गर्नेक्रम पनि बढेको छ । अपराधमा संलग्नहरू नेपाल भारत सिमावर्ती क्षेत्रमा नै बसोबास गर्छन र उनीहरू पैसाको लोभ तथा आफ्नै रिसइवीमा हत्यामा संलग्न हुन्छन । सन्दर्भ के हो भने विषय, स्थान र गंभीरता र अपराधका श्रृंखला कुन क्षेत्रमा बढी छ भन्ने कुरा पनि हो ।

यस्ता घटना भैरहवा, बाँके, परासी र पूर्र्वी क्षेत्रमा बढी हुने गरेको छ । यद्यपि पछिल्लो समय देशका विभिन्न क्षेत्रमा यस्ता घटना बढ्दै गएका छन । साना साना हतियारले बढाएको अपराधको त्रासलाई कम गर्नेतर्फ अव ध्यान दिनु जरुरी छ । अहिले देशभरि अपराधजन्य घटनाका समाचार बढेको छ । पछिल्लोसमय मानिसमा अपराधको मानसिकता नै तयार भएको देखिन्छ । सामान्य घटनामा पनि मानिसको हत्या भएका घटना सुन्नमा आएका छन । खासगरी तराईका जिल्लामा अहिले अपराधका घटनाले जनजीवनमा सन्त्रासको अवस्था उत्पन्न भएको छ ।

तराईका विभिन्न स्थानमा भएका अपराधजन्य घटनाले जनजीवनमा पनि गंभीर असर परेको छ । पछिल्लो समय भैरहेका अपराधजन्य श्रृंखलाका घटनाले मुलुकको शान्ति सुरक्षाको अवस्था कमजोर वनेको देखिएको छ । यद्यपी रूपन्देहीको प्रहरी प्रशासनले अपराध नियन्त्रणमा जुन प्रयास गरेको छ, त्यो सराहनीय छ । अपराधजन्य घटना बढ्नु भनेको सुरक्षाको अवस्था सुढृढ नहुनु पनि हो । तसर्थ पछिल्लोपटक जुन अपराधको त्रास देखिएको छ, यस्तो अवस्था तत्काल निराकरणका लागि प्रशासन गंभीर हुनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?