ट्रेंडिंग:

>> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा >> कांग्रेस मात्तिएर सरकार पक्षको कुर्सीमा आयो, अध्यक्षमाथि अभद्र व्यवहार भयो : एमाले >> यसकारण कर्णालीका मुख्यमन्त्रीले राखे आफैसँग दुई मन्त्रालय >> लुम्विनी प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा >> संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, वैठक भोलिसम्म स्थगित

एक सय ६१ पालिकामा पशु जाँच प्रयोगशालाको प्रवन्ध

२० असार २०८०, बुधबार
२० असार २०८०, बुधबार

चन्द्रौटा (कपिलवस्तु), २० असार ।

स्थानीय तहमै पशु जाँच प्रयोगशाला स्थापना हुने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी आर्थिक बर्ष २०८०÷०८१ मा बजेट नै विनियोजन गरेर उक्त कामको थालनी गरेको हो ।

आगामी आवमा देशभरका १ सय ६१ पलिकामा पशु जाँच प्रयोगशाला स्थापनाका लागि बजेट विनियोजन भएको पशु चिकित्सकसमेत रहेका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालका नीजि सचिवालयका पूर्ण बुढाले बताए ।

पशु चिकित्सक बुढाका अनुसार देशका ७ प्रदेशका १४ जिल्लामा पशु जाँच प्रयोगशाला स्थापना हुनेछ । जिल्लाका सबै पालिकामा यसका लागि ६ लाखका दरले मन्त्रालयले बजेट विनियोजन गरेर पठाएको बुढाले जनाए ।

आगामी ३ बर्षमा देशका ७ सय ५३ ओटै पालिकामा प्रयोगशाला स्थापना गर्ने तयारी मन्त्रालयको छ । आगामी आर्थिक बर्षमा मन्त्रालयले पहिलो चरण अन्तर्गत कोशी प्रदेशको इलाम र सुनसरी, मधेस प्रदेशको रौतहट र सर्लाही, बागमति प्रदेशको काभ्रेपलाञ्चोक र नुवाकोट, गण्डकी प्रदेशको तनहुँ र पर्वत, लुम्बिनी प्रदेशको कपिलवस्तु र अर्घाखाँची, कर्णाली प्रदेशको दैलेख र सुर्खेत, सुदुरपश्चिम प्रदेशको बैतडी र कन्चनपुर जिल्लाका सबै पालिका समेटिएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्री भुसालले पशुधनको संरक्षण गरी पशुजन्य पदार्थको उत्पादनमा सहयोग गर्ने बताए । साथै पशु स्वास्थ्य सुरक्षामा समेत यसले सघाउ पु¥याउने उनको विश्वास छ । अहिले प्रयोगशालाको अभावमा अधिकांश पशुपालक किसानले अनुमानको भरमा पशुको औषधि उपचार गर्दै आएका छन् ।

‘सरकारले नौलो प्रयोगको रुपमा हरेक पालिकामा प्रयोगशाला स्थापना गर्न लागेको छ । पशुका दुध, गोवर, पिसाव र रगतबाट देखिने रोगको निराकरणमा यसले भूमिका खेल्ने विश्वास छ । आधारभूत तहको जाँचबाट किसानले यसबाट मनग्य लाभ लिन सक्नेछन्झ ः मन्त्री भुसालले भने ।

हाल स्थानीय तहहरुमा पशुको आधारभूत चेकजाँच हुने प्रयोगशाला छैन् । जसले गर्दा किसानले बर्षेनी पशुपालनमा घाटा व्यहोर्न परिरहेको छ । पशुमा देखिने सामान्य रोकको जाँच हुन नसक्दा अन्धाधुन्ध औषधि चलाउने प्रवृत्ति छ । अब यो प्रयोशाला निर्माण पश्चात त्यो समस्याको अन्त्य हुने मन्त्री भुसालको विश्वास छ ।

पालिकाले पशु जाँच प्रयोगशालाका लागि चाहिने उपकरण आफै खरिद गर्न सक्नेछन् । पालिकाका कृषि तथा पशु विकास शाखा मार्फत यसको काम हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?