ट्रेंडिंग:

>> कपिलवस्तु एमाले अधिवेशन : नेताको समर्थन पाएका शर्मालाई हराउँदै विजयी बने बाबुराम >> बाँकेको राप्तीसोनारी –१ मा झाडापखाला फैलियो , २६ जना बिरामी  >> कतारबाट आएका व्यक्ति अवैध सुनसहित विमानस्थलबाट पक्राउ >> बुटवलमा २ सय मिलियन अमेरिकी डलरको पोल्ट्री उद्योग : अमेरिकी राजदूत >> मानिसलाई शारिरीक र मानसिक दुबै रुपमा स्वस्थ्य रहन जरुरी छ । —नगरप्रमुख खाँड >> सातु र सर्वत वितरण गरेर नेवाः सेवा समितिले मनायो अक्षय तृतीया >> सैडियार माविमा नैतिक सजायँको पढाई सुरु >> रूपन्देहीका समीर र मिलन सुन तस्करीमा संलग्न, ९८ लाख सहित पक्राउ >> सुनको भाउ एकै दिन दुई हजार तीन सय रुपैयाँले बढ्यो >> गृहमन्त्रीमाथि संसदीय छानवीन समिति गठनको माग कायमै : कांग्रेस >> नवलपरासीमा हुण्डाई गाडीको उत्पादन शुरु >> गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय >> कालिगण्डकीमा शव फेला >> बुटवलका २ व्यक्ति करोड रुपियाँसहित काठमाडौंमा पक्राउ, सुन कारोबारमा संलग्नताको आशंका >> कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेशी आज >> वन्यजन्तु तस्कर कुञ्जोक छिरिङ तामाङ सम्पत्ति शुद्धीकरणमा पनि दोषी ठहर >> कपिलवस्तु एमालेको नेतृत्व चुन्न  आज मतदान >> नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर >> सुर्यपुरा बहुमुखी क्याम्पसमा तिलक रिजालको प्यानल विजयी >> सिद्धार्थनगरको न्यायिक समितिः मेलमिलापबाटै विवाद निरुपण >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> तीन दिने पूजाविधि प्रशिक्षण सम्पन्न >> आजबाट संसदको बजेट अधिवेशन >> लाईसेन्स छानबिनमा ढिलाई नहोस् >> अक्षय तृतीयाको दान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> इज्जत र सम्पत्ति लुटिएको पीडामा भैरहवा–५३ ! >> न्यु होराईजन माबिलाई उपाधि >> कोसीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ >> बुटवलमा अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु >> युवा संघको ३५ औँ स्थापना दिवसका अवसरमा भेली पानी वितरण >> रुपन्देही ईभेन्ट्स ब्यवसायीको क्यालेन्डर बिमोचन >> कोशीको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त >> साउदी हज यात्रामा कडाई, अढाई लाख जरिवाना >> निजी क्षेत्रको मनोबल उच्च बनाउने वजेट आउंछ : अर्थमन्त्री >> नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन सबै पुल आउँदाे कात्तिकसम्ममा सञ्चालन गर्ने तयारी >> ५२ सांसदको हस्ताक्षरसहित कोशीको मुख्यमन्त्रीमा कार्कीको दावी पेश >> रोहिणीबाट जाँदै गर्दा श्रीप्रसादले भने–गैंडहवामा पनि थप उर्जाका साथ काम गर्छु >> बुटवलको बैदवार फार्मेसीका सञ्चालक पक्राउ (भिडियोसहित) >> रेडक्रस दिवसमा अभिमुखीकरण >> तीर्खा लाग्यो ? अब कोल्ड ड्रिंक्सको साटो बोतलको मही ! >> काफल बेच्न भ्याई नभ्याई >> कांग्रेस संसदीय दलको बैठक आज बस्दै >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> कोशीमा २ दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान >> चुच्चे नक्साभित्र भारतको गिद्दे नजर >> राष्ट्रिय अर्थतन्त्र निर्माणका चुनौति >> खानेपानी बोक्न दिनभर एक जना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> घुम्ती शिविरबाट न्याय

महामारीमा रगतको जोहो गर्न फिल्डमै खटियो रक्तदाता समाज

१ जेष्ठ २०७८, शनिबार
१ जेष्ठ २०७८, शनिबार

कोरोना संक्रमणको दोस्रो लहरका कारण जारी निषेधाज्ञाका बीच बिरामीको उपचारका लागि रगतको अभाव हुदै आएको छ । तर बिरामीको उपचारका लागि आवश्यक पर्ने रगतको जोहो गर्न नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका समाजसेवी फिल्डस्तरमै निरन्तर खटिएका छन । पछिल्लो समय कोभिडका कारण प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण डाईलासिस गर्नु पर्ने बिरामी, रक्त अल्पक्ताका बिरामी र गर्भवती महिलामा रगतको अभाव हुदै आएको छ ।

जारी निषेधाज्ञा र रगतको अभाव बिच कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर ९ ईमलिया स्थित ग्लोबल डेरी प्रालि का सञ्चालक र कर्मचारीले २० युनिट रक्तदान गरेका छन । डेरीको आयोजनामा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको सहयोग रक्तदान सम्पन्न गरिएको हो । समाजका केन्द्रिय सदस्य तथा रुपन्देही अध्यक्ष कृष्ण चौहान क्षेत्रि नेतृत्वमा दुई जना टेक्निशियन सहितको टोलीले कपिलवस्तुबाट रगत संकलन गरेको हो । जारी निषेधाज्ञा पछि पहिलो पटक समाजको टोलीले रुपन्देही जिल्ला बाहिर रक्तदान गराई रगत संकलन गरेको हो । टोलीले आईतबार रुपन्देहीको देवदहमा रगत संकलन गर्ने योजना रहेको छ ।

कोरोनाको संक्रमणका बिच रक्तदाताहरुले रगत दिन नसक्ने अवस्था आउदाँ रगतको अभाव हुन थाले पछि आफु र डेरीमा कार्यरत कर्मचारीले रक्तदान गरेको डेरीका सञ्चालक थानेश्वर न्यौपानेले जानकारी दिए । “रगतको अभाव टार्न रक्तदान गरेका छौ । त्यसै गरि अति आवश्यक पर्ने बिरामीको उपचारका लागि सहगोग होला कि भनेर उद्योगमा रहेका तिन वटा खाली अक्सिजनको सिलिण्डर समेत उपलब्ध गराएका छौ ।” सञ्चालक न्यौपानेले भने । निषेधाज्ञा पश्चात समाजले रक्तदानको आयोजना गरि बुटवलमा दैनिक २५÷३० युनिट रगत संकलन गर्दै आएको समाजका अध्यक्ष चौहान क्षेत्रिले जानकारी दिए । जारी निषेधाज्ञाका कारण पछिल्लो समय रगतको अभाव हुन थाले पछि दैनिक जसो ईमरजेन्सीमै रक्तदान गराईदै आएको उनले प्रष्ट पारे ।

समाजको नेतृत्वमा कोभिड संक्रमितका लागि आवश्यक पर्ने प्लाज्माको समेत व्यवस्थापन गरिदै आएको छ । “कोभिड संक्रमणमा परेकाको उपचारका लागि आवश्यक पर्ने प्लाज्मा चितवन र मकवानपुर सम्म पठाएका छौ ।” उनले भने । संक्रमणको बिच रगतको अभाव हुन नदिन स्वास्थ्य सर्तकतालाई मध्य नजर गरि सुरक्षाका साथ रक्तदान गरि दिन चौहानले रक्तदातालाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np