ट्रेंडिंग:

>> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था >> भारतको पानी किनेर प्यास मेटाउँदै स्थानीयबासी >> आर्थिक संकटमा मदरसाः बर्ष दिनदेखि उधारो पढाउँदै शिक्षक >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सरावलका वास्तविक चौधरी अस्पतालमा, खर्च अभावका उपचारमा कठिनाई >> कांग्रेसलाई रविको प्रश्न– राति प्रधानमन्त्रीको अफर, बिहान छानबिन समिति कुन नैतिकताले दिन्छ? >> एमाले दाङको अध्यक्षमा महासचिव पोखरेलका बहिनी ज्वाई सर्वसम्मत ? >> वडा नं. ३ र ११ को उपाधि दाबेदारी >> प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतविरुद्ध सर्वोच्चमा रिट >> जीप र मोटरसाइकल ठोक्किंदा दुईजना घाइते >> मालपोत र नापी कार्यालय टिकापुरका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड जरिवाना माग >> मोबाइल एप्सबाटै मेट्रो कलेजको भवन उद्घाटन >> सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या >> कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित >> बुटवलबाट १३ जुवाडे पक्राउ >> गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगरको अध्यक्षमा पुनः ज्ञवाली >> गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय >> दलहरुबीच छानबिन समितिको क्षेत्राधिकारमा जुटेन सहमति >> सुनको भाउले तोड्यो रेकर्ड >> किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन सरकारको अपिल >> लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै >> बुटवलको बेलबासमा एम्बुलेन्सले ३ जनालाई ठक्कर दियो, एक जनाको मृत्यु >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> संघीय संसदका दुवै सदनको बैठक बस्दै >> दाङमा खोलामा डुबेर एक बालकको मृत्यु >> संसदको अवरोध हटाउ >> सम्पत्ति विवरण अविलम्ब सार्वजनिक गर >> गर्मीमा तरबुजा—खबुर्जा >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा तथा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

कपिलवस्तु एमाले अधिवेशन : नेताको समर्थन पाएका शर्मालाई हराउँदै विजयी बने बाबुराम

२८ बैशाख २०८१, शुक्रबार
२८ बैशाख २०८१, शुक्रबार

बुटवल ।

कपिलवस्तु एमालेमा नेताको साथ र समर्थन पाएका उम्मेदवारलाई पराजित गर्दै बाबुराम खनाल अध्यक्षमा विजयी भएका छन् । १० औं जिल्ला अधिवेशनबाट पार्टीका निवर्तमान अध्यक्ष डम्बर शर्मालाई पराजित गर्दै बाबुराम खनाल अध्यक्षमा विजयी भएका हुन् ।

शर्मालाई पार्टीका केन्द्रदेखि जिल्ला तहसम्मका नेताको समर्थन थियो भने खनाल कार्यकर्तामाझ लोकप्रिय थिए ।

लुम्बिनी प्रदेशका केही जिल्लामा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको नाम जोडेर प्रचार गरिएपनि कपिलवस्तुमा दुवै समूहका नेताहरु भनेर चिनिनेहरुले शर्मालाई नै अध्यक्ष बनाउन प्रयास गरेका थिए । तर अधिकांश नेताहरुको साथ पाएका निवर्तमान अध्यक्ष शर्माको नेतृत्वमा पुग्ने प्रयास सफल हुन सकेन । उनी पक्षका अधिकांश नेता अधिवेशनमा पराजित भए ।

शर्माको पक्षमा संघीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत रहेका एमाले पोलिटब्यूरो सदस्य बलराम अधिकारी, पोलिटब्यूरो सदस्य तथा कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराई, राष्ट्रिय सभाका उपाध्यक्षसमेत रहेकी नेतृ विमला घिमिरे, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य गिरिधारीलाल न्यौपाने, लुम्बिनी प्रदेशका मन्त्री अर्जुन केसीसहित अधिकांश प्रभावशाली नेताहरु लागेका थिए ।

बुधबार अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले माथिको आधिकारिक उम्मेदवार कोही नभएकाले कसैले त्यसरी प्रचार गरे प्रतिनिधिले हराएर पठाउनुपर्ने बताएका थिए । ठीक त्यसै गरेर प्रतिनिधिले मतदान गरेका छन् ।

शर्मा पक्षका नेताहरुले उम्मेदार मनोनयनपछि अध्यक्षमा मनोनयन गरेका निवर्तमान उपाध्यक्ष विश्रामप्रसाद चौधरीलाई फिर्ता गराएर उनको पक्षमा माहोल बनाएका थिए । उनी पक्षका एक नेताले चौधरीको उम्मेदारी फिर्ता भएपछि शर्माले फराकिलो मतान्तरले निर्वाचन जित्ने आंकलन गरेका थिए । तर नतिजा ठीक उल्टो आयो ।

शर्मा एमाले कपिलवस्तुको २०७८ पुसमा भएको ९ औँ अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए । उनको यो कार्यकालमा स्थानीय तथा संघ र प्रदेशको चुनावमा पार्टीले यसअघिभन्दा राम्रो स्थान ल्याएको भन्दै नेताहरुले प्रशंसा गरेपनि पार्टी प्रतिनिधिले रुचाएनन् ।

नेतृत्वमा विजयी बाबुराम खनाल एमाले कपिलवस्तुका विभिन्न जनवर्गीय संगठन र पार्टीको लामो राजनीति गरेकाले बलियो दावेदार मानिएपनि धेरै नेताहरु उनको पक्षमा थिएनन् । खनाल जिल्ला सदस्य, सचिव, उपाध्यक्ष हुँदै पार्टीको प्रदेश कमिटी सदस्य बनिसकेका अनुभवी नेता हुन् । जिल्लाको नवौं अधिवेशनमा अध्यक्षका लागि उम्मेदवार रहेका खनाल शर्मासँग पराजित भएका थिए ।

कपिलवस्तु जिल्लाको उत्तर–दक्षिणी क्षेत्रमा पार्टीको संगठन विस्तार र विभिन्न निकायसँगको समन्वयकारी भूमिका राख्न दख्खल रहेका खनालले अघिल्लो अधिवेशनमा पराजित भएपछि पनि निरन्तर पार्टी काममा लागेको बताएका थिए । खनालको पक्षमा भने प्रदेश सांसद विष्णु पन्थी, पूर्व जिल्ला अध्यक्ष झविलाल पोख्रेललगायतले समर्थन गरेका थिए ।

त्यसैगरी उपाध्यक्षमा पराजित भेषराज पाण्डे मन्त्री बलराम अधिकारीका प्रमुख स्वकीय सचिव हुन् । उनी पनि डम्बरको लाइनबाट उम्मेदार बनेका थिए । उनी मन्त्रीको स्वकीयमा जाँदा पनि जिल्लामा उम्मेदवार हुन पाउने सहमति गराएर मात्रै गएका थिए । उनी नेता शंकर पाण्डेसँग फराकिलो मतले पराजित भएका हुन् ।

सचिवमा विजयी सिबी गहतराज पनि बाबुराम समूहमै थिए । उनले शर्मा समूहका विश्व कार्कीलाई फराकिलो मतले जितेका हुन् । त्यसैगरी उपसचिवमा विजयी देवी पोखरेल र शुशीला दर्लामी पनि खनाल समूहकै भएको दावी गरिएको छ ।

एमालेका जिल्ला अधिवेशनमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेल समूह बनेर प्रतिस्पर्धा गरेको विषय बाहिर आएपनि कपिलवस्तुले त्यसलाई उल्टाइदिएको छ ।

बाहिर प्रचार गरिए जसरी जिल्ला तहमा नेताहरुको समूह नबनेको एमाले प्रदेश कमिटी सचिवालय सदस्य मोहन चापागाईले बताए । उनले नवलपरासी, बर्दिया, रुकुमपूर्व,रोल्पा र कपिलवस्तुका निर्वाचनमा त्यसरी समूह नबनेको जनाए ।

एमाले पोलिटब्यूरो सदस्य तथा कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराईले जिल्लामा कुनै नेता विशेषको समूह नभएको र बाहिर प्रचार भएको गुट पनि भत्काएको बताए । उनले जिल्लामा प्यानलगत उम्मेदारी पनि नभएको दावी गरे ।

एमाले लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले अबको नेतृत्वका लागि कोही नेता विशेषको पक्षमा भन्दा भूगोलमा काम गर्नुपर्ने सन्देश आएको बताए । उनका अनुसार प्रदेशका कुनै जिल्लामा कोही नेताले समूहगत उम्मेदारी दिन लगाएको प्रचार गलत भएको तर केही व्यक्तिले त्यसरी प्रचार गरेको हुनसक्ने जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?