ट्रेंडिंग:

>> जैविक विविधता संरक्षणमा ढिलाई नगरौं >> पोलियोबाट बालबालिका बचाउन आईपिभी खोप अभियान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधानमन्त्रीले लिएको विश्वासको मतमाथि सर्वोच्चले उठायो प्रश्न >> सिरोहियालाई पक्राउ गरिनु प्रतिशोधपूर्ण : पत्रकार महासंघ >> सातौ राष्ट्रिय भलिबल दिवसमा दिप प्रज्जवलन तथा शुभकामना >> सिरोहियाको पक्राउ प्रचण्डको ज्ञानेन्द्रपथ : बाबुराम >> राजपुर–५ का वडा अध्यक्ष विष्टमाथि साधुद्वारा त्रिशुल प्रहार >> गैँडाको खाग खरिदबिक्रीको आरोपमा नवलपुरका ५ सहित ६ जना पक्राउ >> एमाले दाङको १४औँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीसहित सदस्यहरुले गरे शपथ ग्रहण >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ >> गृहमन्त्री लामिछानेलाई पदबाट मुक्त गर : वरिष्ठ पत्रकार घिमिरे >> पक्राउ पुर्जिविरुद्ध सिरोहिया सर्वोच्चमा,प्रहरी टोली कान्तिपुरको अफिसमा >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा पक्राउ पुर्जी जारी >> प्रतिनिधि सभाको बैठक जेठ ११ गते बस्ने >> विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद >> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै

गाउँमै लाखौं लगानी गरेर ब्यवशायिक बाख्रापालन

१५ आश्विन २०७७, बिहीबार
१५ आश्विन २०७७, बिहीबार

जिल्लाकै नमुनाको रुपमा एक युवाले आधुनिक तरिकाले ब्यवशायीक बाख्रापालन ब्यवशाय सञ्चालन गरेका छन् । एक सय प्रतिशत शुद्ध बोयर जातको बाख्रा अस्ट्रेलियाबाट ल्याएर सल्यान कपुरकोट गाउापालिका ५ रिमका सुजन वोहोराले बाख्रापालन ब्यवशाय सञ्चालन गरेका हुन् । ४५ लाख रुपैयाँ भन्दा बढी लगानी गरेर २४ वर्षिय सुजनले आधुनिक खोर निर्माण गरेर ब्यवशायीक रुपमा बाख्रा पालेका हुन् ।

तुसारेखोला वहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर २०७६ असारदेखि ब्यवशाय सुरु गरेको जनाउँदै उनले भने, ‘अहिले मं संग बोयर र स्थानीय जात गरेर ५१ वटा बाख्रा रहेका छन् ।’ माउ बाख्रा २५ वटा, पाठी १० वटा, बोका ७ र खसि ९ वटा अहिले पालिरहेको उनले जनाए । ब्यवशायमा लगानी पनि बढाउने र १०० वटा माउ बाख्रा पाल्ने लक्ष्य रहेको उनले सुनाए ।

विदेश जाने तयारिमा रहेका सुजनलाई उनका दाई शुशिल वोहोराले घर परिवार मिलेर आधुनिक तरिकाले बाख्रापालन ब्यवशाय शुरु गरौँ भन्ने सल्लाह दिएपछी ब्यवशाय शुरु भएको हो । शुशिल भन्छन्, ‘मं सरकारि कार्यालयमा जागिर गर्छु, भाइ विदेश जाने तयारिमा थियो । तर मैले सल्यानमा बाख्रापालन ब्यवशायको राम्रो सम्भावना देखेपछी आधुनिक तरिकाले ब्यवशाय शुरु गर्नुपर्छ भन्ने सोँच बनाएँ, अहिले भाइले ब्यवशाय सम्हालीरहेको छ ।’

एउटा पाठीको मुल्य २ लाख ४० हजार, बोकाको मुल्य ३ लाख २५ हजार

केहि समय अघि मात्रै फार्ममा १०० प्रतिशत शुद्ध बोयर जातका ५ वटा बाख्रा ल्याइएको थियो । शुशिलका अनुसार ३ वटा पाठी अस्ट्रेलियाबाट, एउटा पाठी र एउटा बोका चितवनबाट ल्याइएको हो । अस्ट्रेलियाबाट ल्याएको एउटै पाठीलाई २ लाख ४० हजार, चितवनबाट ल्याएको पाठीलाई २ लाख १५ हजार र बोकालाई ३ लाख २५ हजार रुपैयाँ मुल्य हालेर ल्याएको उनले जानकारि दिए । ब्यवशायमा संलग्न सुजनका दाई शुशिल वोहोरा जागिरे भएका कारण उनले साँझ विहान फार्ममा काम गर्छन् भने सुजनको आमा, बुवा, श्रीमिती र भाउजु दिनभर बाख्राको स्याहार, दाना, घाँसपातमा ब्यस्त देखिन्छन् ।

ब्यवशायीक बाख्रापालनका लागि खोर सुधार आवश्यक ठानिन्छ । यहि कुरालाई विशेष ध्यान दिएर आधुनिक खोर निर्माण गरिएको सञ्चालक सुुजनले बताए । उनका अनुसार खोर निर्माणमा मात्रै २२ लाख रुपैयाँ लगानी गरिएको छ । बाख्रापालन संगै घांस खेती पनि गरिएको छ । ४७ रोपनि आफ्नै जमिनमा बाख्रा फार्म र उन्नत जातको घाँस खेति भइरहेकोे जानकारी गराए । कोइरालो, भिमल, खरी, भटमासे, किम्बु, मेन्दोला, सुपर नेपीयर, सुम्बा सेटेरीया, सेटेरिया, पासपालम, मोल्याटो लगाएत घाँस खेती पनि भइरहेको उनले जनाएका छन् ।

नमुनाको रुपमा आधुनिक ढंगले बाख्रापालन ब्यवशाय सञ्चालन गरेका वोहोराले कर्णाली प्रदेश सरकारको तर्फबाट आव २०७६।०७७ मा २५ हजार रुपैयाँ रासीको जिल्ला स्तरिय मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार प्राप्त गरिसकेका छन् । यद्यपि सरकारले अझै पनि गाउँमै केही गर्न चाहने र आफ्नै पाखा पखेरिमा परिश्रम पोख्न चाहनेहरुलाइ उचीत प्रोत्साहन गर्न नसकेको सुजनले जनाए । हाल सम्म आफ्नो फार्मले नमुना कृषि गाउँ कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश सरकारबाट ७५ हजार रुपैयाँ मात्रै अनुदान पाएको उल्लेख गरे । आफुहरुले गाउँमै केही गर्छौँ भनेर ४५ लाख लगानी गर्दा समेत राज्यबाट अपेक्षाकृत सहयोग हुन नसकेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?