ट्रेंडिंग:

>> सैडियार माविमा नैतिक सजायँको पढाई सुरु >> रूपन्देहीका समीर र मिलन सुन तस्करीमा संलग्न, ९८ लाख सहित पक्राउ >> सुनको भाउ एकै दिन दुई हजार तीन सय रुपैयाँले बढ्यो >> गृहमन्त्रीमाथि संसदीय छानवीन समिति गठनको माग कायमै : कांग्रेस >> नवलपरासीमा हुण्डाई गाडीको उत्पादन शुरु >> गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय >> कालिगण्डकीमा शव फेला >> बुटवलका २ व्यक्ति करोड रुपियाँसहित काठमाडौंमा पक्राउ, सुन कारोबारमा संलग्नताको आशंका >> कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेशी आज >> वन्यजन्तु तस्कर कुञ्जोक छिरिङ तामाङ सम्पत्ति शुद्धीकरणमा पनि दोषी ठहर >> कपिलवस्तु एमालेको नेतृत्व चुन्न  आज मतदान >> नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर >> सुर्यपुरा बहुमुखी क्याम्पसमा तिलक रिजालको प्यानल विजयी >> सिद्धार्थनगरको न्यायिक समितिः मेलमिलापबाटै विवाद निरुपण >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> तीन दिने पूजाविधि प्रशिक्षण सम्पन्न >> आजबाट संसदको बजेट अधिवेशन >> लाईसेन्स छानबिनमा ढिलाई नहोस् >> अक्षय तृतीयाको दान >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> इज्जत र सम्पत्ति लुटिएको पीडामा भैरहवा–५३ ! >> न्यु होराईजन माबिलाई उपाधि >> कोसीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ >> बुटवलमा अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु >> युवा संघको ३५ औँ स्थापना दिवसका अवसरमा भेली पानी वितरण >> रुपन्देही ईभेन्ट्स ब्यवसायीको क्यालेन्डर बिमोचन >> कोशीको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त >> साउदी हज यात्रामा कडाई, अढाई लाख जरिवाना >> निजी क्षेत्रको मनोबल उच्च बनाउने वजेट आउंछ : अर्थमन्त्री >> नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन सबै पुल आउँदाे कात्तिकसम्ममा सञ्चालन गर्ने तयारी >> ५२ सांसदको हस्ताक्षरसहित कोशीको मुख्यमन्त्रीमा कार्कीको दावी पेश >> रोहिणीबाट जाँदै गर्दा श्रीप्रसादले भने–गैंडहवामा पनि थप उर्जाका साथ काम गर्छु >> बुटवलको बैदवार फार्मेसीका सञ्चालक पक्राउ (भिडियोसहित) >> रेडक्रस दिवसमा अभिमुखीकरण >> तीर्खा लाग्यो ? अब कोल्ड ड्रिंक्सको साटो बोतलको मही ! >> काफल बेच्न भ्याई नभ्याई >> कांग्रेस संसदीय दलको बैठक आज बस्दै >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> कोशीमा २ दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान >> चुच्चे नक्साभित्र भारतको गिद्दे नजर >> राष्ट्रिय अर्थतन्त्र निर्माणका चुनौति >> खानेपानी बोक्न दिनभर एक जना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> घुम्ती शिविरबाट न्याय >> गृहसचिवले गरे विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन >> वार्षिक ८० लाखको तरकारी र फलफुल बेच्दै देवदह ग्रीन एग्रो >> न्यु होराईजन र बुद्ध पब्लिक फाईनलमा >> सन्दिपलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन >> स्वार्थी व्यक्तिका कारण पार्टीलाई क्षति पुग्यो, अव गुट बनाउने छुट कसैलाई छैनः केपी ओली >> स्वर्ण पदक विजेता बास्केटबल टिमलाई लुम्बिनी प्रदेशबाट ५१ हजार सहयोग

तिलोत्तमा प्रिमियर लिग–२ : लुम्बिनी कासाई र बुटवल डाईनामाईट विजयी

३ मंसिर २०७५, सोमबार
३ मंसिर २०७५, सोमबार

 रूपन्देहीमा जारी दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा लुम्बिनी कासाई र विजयी भएका छन । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा जारी प्रतियोगितामा लुम्बिनी कासाई ग्ल्याडियटले ज्ञानोदय गोल्डसलाई ५ विकेट तथा बुटवल डाईनामाईटले एनएस सीए टाईर्गसमाथि पनि समान ५ विकेटको जित निकाल्दै स्पष्ट २–२ अंक जोड्न सफल भएको छन ।
तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदानमा भएको पहिलो खेलमा लुम्बिनी कासाईले टस जितेर ज्ञानोदय गोल्ड्सलाई ब्याटिङ्गको निम्तो दिएको थियो । ज्ञानोदयका ब्याट्सम्यानहरूले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २२ रनको लक्ष्य खडा गरेको थियो ।
ज्ञानोदयका ओपनर ब्याट्सम्यान सुनिल धमलाले ३७ बलमा ३१ रन तथा प्रथम पराजुलीले ११ बलमा ९ रन बनाएका थिए । दुबै ब्याट्सम्यान प्रदिप जयसवालको बलमा आउट भएसंगै टिम धरमराएको थियो । चौथौ नम्बरमा ब्याटिङ्ग गर्न मैदान छिरेका राहुल कुमारले ब्यक्तिगत १५ बलमा १७ तथा आठौं नम्बरका ब्याट्सम्यान आनन्द गौडले १३ बलमा ब्यक्तिगत २२ रन जोडेर टिमलाई सम्मानजनक स्कोरमा लगेका थिए । ज्ञानोदयलाई कम स्कोरमा रोक्न लुम्बिनी कासाईका प्रदिप जयसवालले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिएका थिए । यसैगरि दुर्गेश कुर्मीले २ तथा मानबहादुर थापाले १ विकेट लिएका थिए । मध्यम लक्ष्यलाई पछ्याएको लुम्बिनी कासाईका ब्याट्सम्यानहरूले १७.२ ओभरमा ५ विकेटको नोक्सानीमा भेटाएका थिए । कासाईका सुमन पाण्डेले अर्धसतकसँगै टिमलाई जित दिलाउन सफल भए । उनी नटआउट रहँदै ५ चौकाको मद्दतले ५० रन जोडेका थिए । अर्का ओपनर ब्याट्सम्यान कुशल मल्ल ३ बलमा केवल ५ रन बनाउदा जितेन्द्र शाहनीले बोल्ड गरेका थिए । सुमन पाण्डेलाई तेस्रो नम्बरका ब्याट्सम्यान सुनिल धवलले साथ दिए । धवलले ३१ बलमा २५ रन बनाएका थिए । ज्ञानोदयका जितेन्द्र साहनी र सुनिल धमलाले २–२ विकेट लिएका थिए । खेलमा लुम्बिनी कसाईका प्रदिप जयसवाल म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।
यसैगरि आईतबार भएको दोस्रो खेलमा टस जितेर एनएससीआई टाईर्गरले ब्याटिङ्गको निर्णय गर्दै मैदान छिरेको थियो । टाईर्गरका शंकर रानाले १ छक्का र ६ चौकाको मद्यतले ४३ रन बनाएका थिए ।
उनिसंगै ओपनरमा आएका मनिष थापा १६ रनको स्कोर बनाउदा जगत क्षेत्रीको एलबी डब्लयुमा आउट हुन पुगे । योसंगै टाईर्गसको ब्याटिङ्ग लाईन धरमरायो । तेस्रो नम्बरका ब्याटिङ्गका लागि मैदान छिरेका निश्चल चौधरी ४, पाचौ ब्याट््म्यान पुष्प थापा ८, सुरज धरई २ रनमा पेबिलियन फर्किए । आठौ र नबौ नम्बरका ब्याट्सम्यानहरू अर्जुन गिरी र बिक्रम भुषालले पारीलाई सम्हाले । अर्जुन गिरीले २१ बलमा ३० र बिक्रम भुषालले ५ बलमा १२ रन जोड्दै ७ विकेटको नोक्सनीमा टिमलाई सम्मानजनक १ सय ४१ को स्कोरमा लगेका थिए । बुटवल डाईनामाईट्सका विकास श्रेष्ठले ४ ओभरमा ३२ रन खर्चेर २ तथा हरजित सिहले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिएका थिए । मध्यम लक्ष्य पछयाएको बुटवलका ब्याट्सम्यानहरूले १८.५ ओभरमा ५ विकेटको नोक्सानीमा जित निकालेका थिए । बुटवलका ओपनर ब्याट्सम्यान मृनल गुरुङ्गले ब्यक्तिगत अर्धसतक पुरा गरे । उनले १ छक्का ६ चौकाको मद्यतले ५५ बलमा ५५ रन बनाएका थिए । अर्का ओपनर भुवन पाण्डे ८ बलमा केवल ५ रन बनाउदा दुर्गेस गुप्ताको बलमा मनिषबाट क्याच आउट भए ।
चौथौ नम्बरका ब्याट्म्यान देव खनालले १८ बलमा २६ तथा पाचौ नम्बरका सौरभ खनालले २१ बलमा ४३ रन जोड्दै टिमको पारीलाई सम्हालेका थिए । टाईर्गसका दुर्गेस गुप्ताले २ विकेट लिएका थिए । खेलमा बुटवल डाईनामाईटका मृनल गुरुङ्ग म्यान अफ दी म्याचबाट पुरस्कृत भएका छन । सोमबार रोयल च्यालेन्जर भैरहवाले आफनो दोस्रो खेल लुम्बिनी कसाई ग्ल्याडियटसंग तथा नुसी वरिर्यसले बुटवल डाईनामाईट्ससंग खेल्ने छन । प्रतियोगिताको उपाधि बिजेता टिमले ट्रफिसहित नगद ३ लाख, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपबिजेताले ट्रफिसहित नगद १ लाख ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np