ट्रेंडिंग:

>> सिरोहियालाई पक्राउ गरिनु प्रतिशोधपूर्ण : पत्रकार महासंघ >> सातौ राष्ट्रिय भलिबल दिवसमा दिप प्रज्जवलन तथा शुभकामना >> सिरोहियाको पक्राउ प्रचण्डको ज्ञानेन्द्रपथ : बाबुराम >> राजपुर–५ का वडा अध्यक्ष विष्टमाथि साधुद्वारा त्रिशुल प्रहार >> गैँडाको खाग खरिदबिक्रीको आरोपमा नवलपुरका ५ सहित ६ जना पक्राउ >> एमाले दाङको १४औँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीसहित सदस्यहरुले गरे शपथ ग्रहण >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ >> गृहमन्त्री लामिछानेलाई पदबाट मुक्त गर : वरिष्ठ पत्रकार घिमिरे >> पक्राउ पुर्जिविरुद्ध सिरोहिया सर्वोच्चमा,प्रहरी टोली कान्तिपुरको अफिसमा >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा पक्राउ पुर्जी जारी >> प्रतिनिधि सभाको बैठक जेठ ११ गते बस्ने >> विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद >> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था

जन्माष्टमीका कुरा(सम्पादकीय)

१७ भाद्र २०७५, आईतवार
१७ भाद्र २०७५, आईतवार

हिन्दुहरूले श्रीकृष्णलाई भगवानको अबतारको रूपमा अगाध आस्थाकासाथ मनाउने गर्दै आएका छन् । आज जन्माष्टमीको दिनलाई श्रीकृष्णको जन्मदिन मानिएको छ । हिन्दू धर्ममा आस्था राख्नेले उनको जन्मदिन धुमधामकासाथ मनाउँछन् । विभिन्न ठाउँमा रहेका कृष्ण मन्दिरहरूमा गएर पूजा अर्चना गरिन्छ । नाचगान, भजन कीर्तनहरू गरिन्छ । थुप्रै मानिस उनको सम्मानमा उपबास पनि बस्ने गरेका हुन्छन् । उनलाई द्वापर युगका नायक मानिन्छ । चलाख, सोँच विचारका धनी, बालक अबस्थादेखि नै उनमा अनेक प्रतिभाहरू थिए । शत्रुपक्षको विनास गर्ने र मित्रुपक्षको संरक्षण गर्ने खुबी थियो उनमा । आफ्नै मामा कंसले गरेको अत्याचारमा उनी डटेर मुकाविला गरी कंसलाई बध गर्न सफल भएका थिए । राजा धृतराष्ट्र र उनको घमण्डी छोरा दुर्याेधनको घमण्डका कारण अन्यायमा परेका पाण्डुपुत्रहरूलाई युद्ध गर, म साथ दिन्छु भन्दै युद्धमा तयार पार्ने क्रममा अर्जुनलाई दिएको दिब्य उपदेश उपनिषद् ग्रन्थ मानिएको छ । त्यो अर्थमा उनी उपनिषद्का रचयिता पनि मानिन्छन् । बाल्यकालदेखि नै अनेक लिला देखाएकोले उनका लिलालाई कृष्णलिला भनेर जानिन्छ ।
युग विभाजनको हिसाबमा धार्मिक नामबाट हेर्दा सत्य, त्रेता, द्वापर, कली आदि भनेर चिनिन्छ । सत्ययुगलाई शिवयुग भनियो । त्यो बेलामा शिवले समाजको संरक्षण गरेका थिए भन्ने भनाइ छ । त्रेतायुगलाई रामयुग मानिन्छ । रामले समाजको संरक्षण गरेको भन्ने भनाइ छ । द्वापरमा कृष्ण र अहिले चलिरहेको कलीयुगमा को नायक हुन्छ त्यो प्रकट भइसकेको छैन । यस्तै भनाइहरू धर्ममा आस्था राख्ने, ब्याख्या गर्नेहरूबाट सुनिन्छ । कतिपयले यस्ता पात्रलाई काल्पनिक पनि भन्दै आएका छन् । किनभने निश्चित तिथिमिति, कुनै शिलालेख, कुनै पुरातात्विक पहिचान फेला परेको छैन । मानिस भरखरै ठाडो भएर जंगली युगमा प्रबेश गर्दाको रामापिथेकस अबस्थाको बंगारा फेला पारेर पुष्टि गर्न सक्ने पुरातात्विक विज्ञानले पनि शिब, राम, कृष्णका बारेमा कुनै पुरातात्विक बस्तुहरू फेला पार्न र पहिचान कायम गर्न सकेको छैन । त्यो अर्थमा यी सबै पात्रहरू काल्पनिक हुन् भन्ने भनाइलाई बल पुराएको छ । तर, यसको अर्थ यो होइन कि ती युगमा समाजको संरक्षण गर्ने शिव, राम, कृष्णजस्ता पात्र नै थिएनन् । ऐतिहासिक भौतिकवादको ब्याख्यामा आदीम साम्यवादी युग, दास मालिक युग, सामन्तवादी युग र पूँजीवादी युग रहेको पाइन्छ । यो विभाजन विज्ञानसम्मत छ । यो विभाजनमा कुन युगमा को नायक भयो ? कतिबेला भयो ? शिवले कुन युगको कुन अवस्थामा नेतृत्व लिए ? रामले कहाँनेर विशेष भूमिका खेले र उनी राम कहलाए ? कृष्णको भूमिका कुन समयमा विशेष रहन गयो ? धार्मिक ब्याख्याले पनि यो कुरा बोलेको छैन । बरु भ्रमपछि भ्रमको खेती हुँदै यी पात्रहरूलाई अगाडि सारेर पिठाधीशहरूले धर्मको आडमा आध्यात्मवादी राजनीति गर्दै आएको देखिन्छ ।
कृष्ण भगवान थिए थिएनन् यो सरोकारवालाको खोजीको विषय बन्ला, तर, कृष्णलाई भगवानको रूपमा पूजा अर्चना गर्नेहरूको लामबन्दी निकै लामो छ । बच्चा देखि बृद्धसम्मले भगवानको अबतार भनेर मान्दै आएका छन् । अदृश्य शक्तिको रूपमा भगवानलाई मान्छन् । त्यसैको एउटा अवतार कृष्णको रूप हो भनेर आस्था राख्छन् । भगवान जेसुकै होलान् तर, यो आस्था सत्य हो । मन्दिरहरूमा पूजाआजा गर्ने, भजन गाउने, भगवान तिम्रो शरणमा छौँ भनेर मूर्तिमा ढोग्नेहरूको संख्या थुप्रो छ । विगतका दिनमा जन्माष्टमीमा सरकारले सार्वजनिक बिदा पनि दिने गर्दै आएको थियो । अहिले कटौती भएको छ । कतिपयले बिदा पाउनु पर्छ भनेर आवाज उठाएको पनि सुनिन्छ । कृष्ण भगवानको पूजा गर्न, दर्शन गर्न भनेर मानिसहरू विभिन्न धाममा जाने गरेका हुन्छन् । कैयौँ धार्मिक धाममा ठूला–ठूला मेलाहरूको आयोजना गरिएको देखिन्छ । खासगरी भारतका महŒवपूर्ण नदी किनारा, हरिद्वार, बद्रीधाम, द्वारिकार आदि धाम र नदीहरूका किनारामा कृष्णलिलाहरू प्रदर्शन गर्ने गरिन्छ । अहिलेको विद्युतीय युगमा विभिन्न उपकरणको माध्यमबाट यसलाई अरू रमणीय बनाइएको छ । त्यो अर्थमा पनि यो दिनले विशेष पर्वको रूपमा पहिचान बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?