ट्रेंडिंग:

>> सिरोहियालाई पक्राउ गरिनु प्रतिशोधपूर्ण : पत्रकार महासंघ >> सातौ राष्ट्रिय भलिबल दिवसमा दिप प्रज्जवलन तथा शुभकामना >> सिरोहियाको पक्राउ प्रचण्डको ज्ञानेन्द्रपथ : बाबुराम >> राजपुर–५ का वडा अध्यक्ष विष्टमाथि साधुद्वारा त्रिशुल प्रहार >> गैँडाको खाग खरिदबिक्रीको आरोपमा नवलपुरका ५ सहित ६ जना पक्राउ >> एमाले दाङको १४औँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीसहित सदस्यहरुले गरे शपथ ग्रहण >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ >> गृहमन्त्री लामिछानेलाई पदबाट मुक्त गर : वरिष्ठ पत्रकार घिमिरे >> पक्राउ पुर्जिविरुद्ध सिरोहिया सर्वोच्चमा,प्रहरी टोली कान्तिपुरको अफिसमा >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा पक्राउ पुर्जी जारी >> प्रतिनिधि सभाको बैठक जेठ ११ गते बस्ने >> विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद >> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर >> नेपालको संविधानमा धार्मिक स्वतन्त्रता सम्बन्धी व्यवस्था

विश्व एकता दिवस (सम्पादकीय)

१५ भाद्र २०७५, शुक्रबार
१५ भाद्र २०७५, शुक्रबार

एकता भनेको सबै विषयबस्तुमा समान धारणा हुनु भन्ने अर्थ लाग्छ । विश्व एकता दिवसले त्यहि भाव बोकेको छ । सोही दिवस विश्वभर नै आज मनाइँदै छ । हामी सबै शान्तिसँग बाँचौँ, सबै मिलेर बसौँ भन्ने भनाइ भरखरैमात्र आएको हैन । सर्बे भवन्तु सुखिना सर्बे सन्तु निरामया….जस्ता भनाइ बैदिक कालदेखि चलन चल्तीमा छन् । त्योभन्दा अगाडि पनि यस्ता भनाइ रहेहोलान् । अहिले संयुक्त राष्ट्रसंघले विश्व एकता दिवसको आयोजना गरेर एक सुत्रमा बाँध्ने नारा अघि सारेको छ भने भोलिका दिनमा पनि यस्तै कुनै न कुनै नामका नारा अघि सारिने छन् । त्यसैले शान्ति र एकता परम्परावादी नारा बन्दै आएका छन् । नारा लगाउँदैमा शान्ति र एकता आउँथ्यो भने आज विश्वमा कुनै मुलुकले पनि हतियार उत्पादन गर्ने थिएन । एक मुलुकबाट अर्को मुलुकमा जान आउनको लागि पासपोर्ट, भिसा आदि इन्तजाम गर्नु पर्थेन । सेनाको संगठन निर्माण गर्ने दरकार हुने थिएन । अहिले रामनामी ओढेको निहत्था मानिसलाई पनि विभिन्न मुलुकमा घुम्न जानको लागि पासपोर्ट, भिसाको आवश्यकता हुन्छ । अहिले विश्वमा एकताको अवस्था कस्तो छ भनेर जाँच्नको लागि यहि नै पर्याप्त छ ।
विज्ञानको नियमले पनि कुनै कुरालाई लामो समयसम्म एकताको डोरीमा उनेर राखिरहन सक्तैन । बस्तुमा एकता, विभाजन र रूपान्तरण भइरहेको हुन्छ । मानव सभ्यता पनि त्यहि बाटोबाट अघि बढ्दै आजको अवस्थासम्म आएको हो । तर, यसको अर्थ यो होइन कि बस्तुमा एकता नै हुँदैन । एकता अनिवार्य हुन्छ । परन्तु त्यो एकताभित्र पनि विभाजनको मात्रा बसिरहेको हुन्छ । भित्रभित्रै विभाजनको विज्ञान प्रभावित भइरहेको हुन्छ । यसो भएन भने समाज रूपान्तरणमा जान सक्तैन । फरक यत्ति हो कि त्यो कुन र कति मात्रामा अवस्थित छ यसमा भर पर्छ । अहिले विश्वको रथको लगाम पूँजीवादको हातमा छ । यसको नेतृत्व जी सेभेन, जी नाइनसँग आवद्ध मुलुकहरूले गर्दै आएका छन् । दोस्रो विश्व युद्धपछि खडा भएको संसदवादी साम्राज्यवादले सोभियत रुसले लिएको समाजवादी बाटोलाई लगभग निषेध ग¥यो । रुसको समाजवाद पूँजीवादमा संक्रमित भयो । यसकारण कि विश्वमा पूँजीवादको मात्रात्मक आकर्षण बढी थियो । यो सधैँ यस्तै रहन्छ भन्ने हुँदैन । यसको भित्री भाग कमजोर पर्न गयो भने अर्को प्रणालीको मात्रात्मक विकास हुन्छ र अन्तरविरोध पैदा गर्छ । विभाजन ल्याउँछ । त्यो विभाजनले एउटा पक्षलाई निषेध गर्छ र अर्को पक्षलाई स्थापित गर्छ । यो भनेको बस्तुमा रूपान्तरण हुनु हो । एकता, विभाजन र रूपान्तरणलाई बैज्ञानिक रूपमा यसरी लिन सकिन्छ ।
संयुक्त राष्ट्रसंघ आजको पूँजीवादका उदीयमान, शक्तिशाली मुलुकले खडा गरेको एउटा साझा संस्था हो । पूँजीवादको फ्रेमभन्दा बाहिर उसले कुनै कुराको वकालत गर्न सक्तैन । पूँजीवादी उत्पादन सम्बन्ध निजीपूँजीवादको गर्भबाट जन्मेको हुँदा यसले एकले अर्कोलाई यो वा त्यो रूपबाट शोषण गरिरहेको हुन्छ । विना शोषण उसले पूँजी संकलन गर्न सक्तैन । पूँजीवादको मृत्यु हुन पुग्छ । त्यसैले यो उसको मूल विशेषता हो । यस्तो अवस्थामा गुमाउनेहरू र कमाउनेहरूका बीचमा अन्तरविरोध चलिरहन्छ । यो अन्तरविरोधभित्र जी सेभेन, जी नाइन मुलुकहरू खेलिरहेका छन् । कतै अन्तरविरोध साम्य बनाउने नाममा भित्रै पुग्छन् । कतै हतियार बेच्छन् । कतै डलर पठाएर विरोधी पक्षलाई किन्छन् र आफ्नो अनुकुलमा प्रयोग गर्छन् । धेरै अन्तरविरोध भएको सतहमा देखियो भने संयुक्त राष्ट्रसंघलाई साक्षी राखेर सैन्य आक्रमण पनि गर्छन् । त्यहाँ शान्तिको नारा पनि दिन्छन् । अन्तरविरोध जन्माइदिनु, त्यसभित्र खेल्नु र त्यसबाट फाइदा लिनु संसदवादी पूँजीवादको मूल चरित्र हो । यहि फ्रेमको एकता दिवस मनाउनु, विश्वमा एकता कायम गर्न दुहाई दिनु विश्वका तेस्रो दर्जाका मुलुकको नियति हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?