ट्रेंडिंग:

>> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै

किन ओझेलमा सरिता

१३ भाद्र २०७५, बुधबार
१३ भाद्र २०७५, बुधबार

पहिलो पटक आफू अध्ययन गरेको नव प्रभात माविमा कक्षा ७ मा हुँदा उनले एउटा गीत गनुगनाईन् । ‘फैलियो माया दुबो सरि…’ वि. सं. २०५७ सालमा पहिलो पटक कक्षामा प्रतिस्पर्धामा भाग लिएकी थिईन् । उत्कृष्ट हँुदै उनले कापी उपहार पाएकी थिइन् । रुपन्देहीको सैनामैना नगरपालिका –९ जर्लेयाँमा जन्मीएकी सरिता पन्थी सुनारले हालसम्म करिब ५० भन्दा बढि गीतमा आफ्नो स्वर दिएकी छिन् ।
लोक दोहोरी, आधुनिक, चलचित्र, गजल लगायतका विधामा उनको स्वर छ । पहिलो पटक पुरस्कारको रुपमा कापि जितेको दिनले उनलाई संगीत क्षेत्रमा लाग्ने महŒवपूर्ण प्रेरणा प्रदान ग¥यो । जसले हालसम्म पनि गीत संगीतको क्षेत्रमा उनलाई डो¥याई रहेको छ ।
बुटवलको बागेश्वरी संगीतालयमा प्रशिक्षकको रुपमा समेत रहेकी उनले हाल काठमाडौंमा संगीत सिक्दैछन् ।
रुपन्देहीमा जन्मिएर कलाकारिता क्षेत्रमा आफ्नो उचाई बनाएकी सुनार त्यै पनि ओझेलको पात्रको रुपमा रहेकी छिन् । वि.सं. २०६१ सालमा एसएलसी दिएर संगीत सिक्नको लागि बुटवल आएकी उनी करिब ३ बर्षसम्म बागेश्वरी संगीतालयमै संगीत सिकिन् । त्यसपश्चत उनलाई निरन्तरता दिन आर्थिक अभाव भयो । उनी भन्छिन्–‘महिनाको ८ सय रुपैयाँ पनि तिर्न नसक्ने अवस्था आयो त, त्यतिबेला छोडीदिए ।’ पछि पुनः बागेश्वरीका सञ्चालक÷प्रबन्धक सुरेश सेन्चुरीले उनलाई त्यहि नै प्रशिक्षक को रुपमा काम दिए । आफू पनि सिक्दै अन्य प्रशिक्षार्थीहरुलाई पनि सिकाउँदै उनी अगाडि बढिन् । हार्मोनिममा पोख्त उनी संगीतालयमा हार्मोनियम र भोकल (गायन) सिकाउँदै आएकी थिइन् । करिब ९ बर्षसम्म उनले संगीतालयमा नै बिताइन् । हालसम्म उनले करिब २ सय भन्दा बढि विद्यार्थीहरुलाई संगीत, गायनको कला सिकाइसकेकी छिन् ।
संगीतमा भारतमा रहेको ईलावादबाट डिप्लोमा कोर्ष पुरा गरेकी उनले आफ्नो २ वटा एल्बम बजारमा ल्याएकी छिन् । वि.सं. २०६६ सालमा कलेक्सन एल्बमको रुपमा साथीहरु संग मिलेर ‘मेरो हजुरलाई’ बजारमा आएको थियो । ८ वटा गीत समावेस गरिएको उक्त एल्बममा दुई वटा गीत सरिताले नै गाएकी थिइन् । नजरै बोलाएँथे, ओत देऊ हो मलाई… बोलको गीत उनको आफ्नो थियो ।
यस्तै उनले ‘मेरो मन…’ एल्बम २०७० सालमा बजारमा ल्याइन् । जसमा मेरो मन… शीर्ष गीत उनको थियो । उनले पहिलो पटक लोकदोहोरी गीत योगराज पाखेरेलको वि.सं. २०६२ सालमा वारी फूलबारी पारी फूलबारी बोलको गीत गाएकी थिइन् । यस्तै चलचित्रमा पनि उनको स्वर रहेको छ । चलचित्र ‘दिल’, ‘रिक्सावाला न्यायदाता’ मा पनि उनले स्वर दिएकी छिन् । यस्तै चर्चित गायक राजेशपायल राई संग उनले चलचित्र ‘सन्देश’ र ‘भुल भए माफ गर’ मा पनि गीत गाएकी छिन् । उनी भन्छन्–‘सानै देखि म्युजिकमा बढि झुकाव थियो, त्यहि भएर यो नसा छोड्न सकिनँ, लागिरहेकी छु, संघर्ष गरिरहेकी छु । ’
सुरुका बर्षहरुमा बुटवल र यस आसपासमा हुने कुनै पनि म्युजिक स्टेज कार्यक्रममा नछुट्ने उनी पछिल्लो समयमा केही कमी भएको बताउँछन् । उनी भन्छिन्–‘काठमाडौंमा गएपछि यहाँको स्टेज कार्यक्रम कम भएको छ ।’ काठमाडांैमा रहेको प्रकाश गुरुङ्गको साधना कला केन्द्रमा रियाज, संगीत सिक्दै गरेकी उनले हालै तीजको गीत समेत बजारमा ल्याएकी छिन् । लोक गायक मन बहादुर सतशंकरको ‘रातो साडी…’ बोलको गीतमा उनले स्वर दिएकी छिन् । वि.सं. २०६१ सालमा नेपाली तारामा समेत भाग लिएकी उनी उत्कृष्ट ४० बाट बाहिरिएकी थिइन् । उनी भन्छिन–‘संघर्षमा नै लागेकी छु, अझै लाग्ने छ ु ।’ à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?