ट्रेंडिंग:

>> प्रधानमन्त्रीले लिएको विश्वासको मतमाथि सर्वोच्चले उठायो प्रश्न >> सिरोहियालाई पक्राउ गरिनु प्रतिशोधपूर्ण : पत्रकार महासंघ >> सातौ राष्ट्रिय भलिबल दिवसमा दिप प्रज्जवलन तथा शुभकामना >> सिरोहियाको पक्राउ प्रचण्डको ज्ञानेन्द्रपथ : बाबुराम >> राजपुर–५ का वडा अध्यक्ष विष्टमाथि साधुद्वारा त्रिशुल प्रहार >> गैँडाको खाग खरिदबिक्रीको आरोपमा नवलपुरका ५ सहित ६ जना पक्राउ >> एमाले दाङको १४औँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीसहित सदस्यहरुले गरे शपथ ग्रहण >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ >> गृहमन्त्री लामिछानेलाई पदबाट मुक्त गर : वरिष्ठ पत्रकार घिमिरे >> पक्राउ पुर्जिविरुद्ध सिरोहिया सर्वोच्चमा,प्रहरी टोली कान्तिपुरको अफिसमा >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा पक्राउ पुर्जी जारी >> प्रतिनिधि सभाको बैठक जेठ ११ गते बस्ने >> विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद >> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर

काठमा परनिर्भरता (सम्पादकीय)

१२ भाद्र २०७५, मंगलवार
१२ भाद्र २०७५, मंगलवार

मुलुकको कुल भू–भागको ४४.७४ प्रतिशत वनक्षेत्र रहेको नेपालमा बर्षेनी रु. पाँच अर्ब ७५ करोडको काठ आयात गरिन्छ भन्ने कुरा पत्याउन गाह्रो हुन्छ । तर, यो सत्य हो कि सोही मूल्य बराबरको काठ नेपालले विदेशबाट आयात गरिरहेको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा भारत, चीन, इण्डोनेशिया, मलेशिया, म्यान्मार, सिंगापुर र युक्रेनबाट काठका गोलिया, चिरान, प्लाई, झ्याल ढोकामा प्रयोग हुने फ्रेमलगायत काठजन्य सामान आयात भएका छन् । यसरी नै सोफा, पलंग, दराजलगायतका काठका तयारी बस्तुहरू पनि आयात हुने गरेको छ । यसरी नै कुनै पनि मेसिनरी सामान, सिसा, तरकारी, फलफूल प्याकिंग गर्ने काठका प्याकेट, गाडीहरूमा प्रयोग गर्ने काठ आदि पनि विदेशबाटै आउने गरेका छन् विभागका अनुसार गत आवमा मुलुकमा कुल वस्तु आयात रु. १२ खर्ब ४२ अर्ब ८३ करोड मूल्य बराबरको भयो भने निर्यात जम्मा रु. ८१ अर्ब १९ करोडको मात्र भएको देखिन्छ । वनको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा मागअनुसार स्वदेशमै काठ उत्पादन हुन नसकेको कारण विदेशबाट यसरी आयात गर्नु परेको हो । सरकारी मूल्यअनुसार सालको गोलिया काठ प्रति घनफिट रु. ८०० छ । तर, सोही काठ चिरानपछि सर्वसाधारणले किन्दा रु. पाँच हजार घनफिट भन्दा बढी मूल्य पर्न जान्छ । वन तथा भू–संरक्षण विभागकाअनुसार नेपालका तराई र भित्री मधेशका जङ्गलमा २०० देखि ५०० वर्ष पुराना सालका रुखहरू छन् । सालको रुखबाट सबैभन्दा बढी उत्पादन लिने समय भनेको ८० वर्षमा हो । त्यसलाई सदुपयोग गर्ने काम भएको छैन ।
यसको अर्थ यो होइन कि नेपालको काठ जंगलमा जोगिएको छ । सरकारले निकासी गर्ने कुरा भिन्दै छ । त्यो आफ्नो तरिकाबाट भएको छ । तर, भित्रभित्रै वन माफियाहरूले धमिराले खाए झैँ वनलाई खाइरहेका छन् । जंगल जोगिएको छैन । त्यसमा पनि सरकार मातहतको जंगल बढी मात्रामा पातलिएको छ । सहकारी तथा सामुदायिक वन पनि भित्रभित्रै खोक्रिएको छ । एक भारी कुकाठका सुकेका दाउरा ल्याउँदा सर्बसाधारले नाम्लो हँसिया गुमाउनु पर्छ । जरिमाना तिर्नुपर्छ । तर, वन माफियाहरूले गोलिया काठ निकासी गर्दा बन हेरालु, वनपालेबाट उल्टै सहयोग पाउँछन् । किनभने उनीहरूबाट केही रकम चाट्न पाइन्छ । त्यो काठ कहाँ जान्छ कसैलाई थाहै हुँदैन । न मुलुकभित्रको जंगल जोगिएको छ । न त विदेशबाट आयात गरिने काठको परिमाण घटेको छ । कतिपय गाउँमा जंगलबाट ल्याएर दाउरा उपयोग गर्ने चलन पनि घटेको छैन । खासगरी लायक खालका सालका लाथ्राहरू काटेर नोक्सानी गरिएको धेरै ठाउँमा देख्न पाइन्छ ।
नेपालमा प्रयोग हुने काठ नेपालमै पर्याप्त मात्रामा छ । तर, त्यसलाई कसरी संरक्षण गर्ने भन्ने कुरामा सरकारी नीति कमजोर छ । काठ वास्तवमा विना लगानीको दीर्घकालीन नगदे बाली हो । भएका रुखलाई संरक्षण गर्ने, खाली ठाउँमा नयाँ विरुवा रोप्ने, त्यसलाई जोगाउने हो भने जति पनि काठ उत्पादन गर्न सकिन्छ । विरुवाको निश्चित आयु हुन्छ । त्यसबाट फाइदा लिने आयुमा फाइदा लिन सक्नुपर्छ । घरेलु प्रयोजनको लागि मानिसहरूलाई करेसाबारीमा रुख रोप्न लगाउनु पर्छ । रोप्नेहरूलाई प्रोत्साहन पुस्कार दिनुपर्छ । सरकारका तर्फबाट समय समयमा जनताका घरमा अनुगमन गर्नुपर्छ । टिक, युकिप्लिट्स, बकैना, निम, बाँस, सलिफा, आँप, श्रीखण्डजस्ता विरुवाहरू हुर्कायो भने दाउरा, फल आदि प्राप्त गर्न सकिन्छ । श्रीखण्डले राम्रो आम्दानी दिन्छ । यी कुराहरूमा सरकारले अहिलेसम्म कसैलाई प्रेरणा दिने काम गरेको छ ? हावादारी राजनीतिक भाषण गर्न त सरकारमा बस्नेहरू खप्पिस छन् । आफ्नो तलब आफै तोकेर खल्ती भर्न सिपालु छन् । तर, ब्यवहारमा असफल सावित भएका छन् । यसलाई अभियानको रूपमा सञ्चालन गर्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?