ट्रेंडिंग:

>> प्रधानमन्त्रीले लिएको विश्वासको मतमाथि सर्वोच्चले उठायो प्रश्न >> सिरोहियालाई पक्राउ गरिनु प्रतिशोधपूर्ण : पत्रकार महासंघ >> सातौ राष्ट्रिय भलिबल दिवसमा दिप प्रज्जवलन तथा शुभकामना >> सिरोहियाको पक्राउ प्रचण्डको ज्ञानेन्द्रपथ : बाबुराम >> राजपुर–५ का वडा अध्यक्ष विष्टमाथि साधुद्वारा त्रिशुल प्रहार >> गैँडाको खाग खरिदबिक्रीको आरोपमा नवलपुरका ५ सहित ६ जना पक्राउ >> एमाले दाङको १४औँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीसहित सदस्यहरुले गरे शपथ ग्रहण >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ >> गृहमन्त्री लामिछानेलाई पदबाट मुक्त गर : वरिष्ठ पत्रकार घिमिरे >> पक्राउ पुर्जिविरुद्ध सिरोहिया सर्वोच्चमा,प्रहरी टोली कान्तिपुरको अफिसमा >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा पक्राउ पुर्जी जारी >> प्रतिनिधि सभाको बैठक जेठ ११ गते बस्ने >> विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद >> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर

गुनासो सुनेर उदाहरण बन (सम्पादकीय)

११ भाद्र २०७५, सोमबार
११ भाद्र २०७५, सोमबार

स्थानीय तहमा निर्वाचित भएपछि जनताका गुनासो सुन्न तुलसीपुर उप महानगरपालिकाका मेयर घनश्याम पाण्डे गाउँमा पुग्ने गरेको समाचार बाहिर आएको छ । मेयर पाण्डेले जनताका गुनासा सुनिसकेपछि जनताको सुखदुःखमा सधै साथ रहेर काम गर्ने बताएका पनि छन् । जनताकहाँ पुग्दा तुलसीपुर उप महानगरपालिका पशुपालक वसन्तकुमार शर्माले कृषकले उत्पादन गरेको कृषिजन्यबस्तुको मूल्य निर्धारण गर्न नपाउँदा उत्पादन बढाउन नसकिएको गुनासो सुनाए । कृषि उत्पादन भएपनि मूल्य नपाएको आफैले उत्पादन गरेको बस्तुको मूल्य तोक्न आफूहरूले पाउनुपर्ने माग उनीजस्ता किसानले गरेका छन् । विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश वलीले सानासाना योजनालाई पनि समेटेर अगाडि बढाउनलाई मेयरलाई सुझाव दिए । विजौरीकै अर्का नागरिक कमानसिंह डाँगीले सामुदायिक विद्यालयको अवस्था खस्किँदै गएकाले शैक्षिक सुधारका लागि पहल गर्नुपर्नेमा गुनासो सुनाए । विजौरीकै लेखनाथ खत्रीले वेलझुण्डी खानेपानी नेतृत्वविहिन भएकाले त्यसलाई निकास दिनका लागि आग्रह गरेका छन् । दुधरासका टेकबहादुर चौधरीले छाडा गाइवस्तुका कारण बालीनालीमा नोक्सानी भएको गुनासो राख्दै उप महानगरपालिकालाई त्यसको नियन्त्रण गर्नुपर्ने सुझाव दिएका छन् ।
यी त तुलसीपुर उपमहानगरका केही व्यक्तिले मेयर पाण्डेसँग राखेको सल्लाह, सुझाव र गुनासाहरू मात्र हुन् । यसका साथै स्थानीयले कृषि शाखाले राम्रो व्यवहार नगरेको, पहुँचको भरमा बजेट बाँडिएको, मादक पदार्थ सेवन गरेर पुरुषहरूले महिलालाई दुःख दिने गरेको, करका कारण जनतालाई अफ्ठेरो परेको जस्ता धेरै गुनासोहरू पनि सुनाए छन् । गाउँमै स्थानीय सरकार प्रमुखलाई गुनासो सुनाउन पाएकोमा मेयर पाण्डेप्रति स्थानीय खुसी भएका छन् । स्थानीयलाई आफूले गुनासोलाई मध्यनजर गरी काम गर्ने विकास निर्माणका काममा अनुगमनलाई प्राथमिकता दिने जस्ता प्रतिवद्दता मेयर पाण्डेले जनाएका छन् ।
चुनाव हुने, जनप्रतिनिधि छानिने तर विकास निर्माण र जनताका काम नहुने रोग हाम्रो समाजको पुरानो रोग हो । त्यसैगरी जनतालाई थामथुम पार्नका लागि कहिलेकाही गाउँमा जाने र आश्वासन दिने फर्किने क्रम अहिलेपनि कतिपय स्थानीय तहमा देखिँदै आएको छ । सबैभन्दा नजिकको सरकार स्थानीय सरकारले जनतालाई धेरैदिन यसरी छक्याउन र जनताका समस्या पन्छ्याउन हुँदैन । तुल्सीपुरका मेयर पाण्डेले चुनाव सकिएको बर्षदिनपछि स्थानीयसँग गुनासो सुन्न गाउँमै पुगेको बिषय प्रशसनीय छ । उनले यसलाई निरन्तरता दिँदै चुनाबी नारालाई सम्झिदै, जनताको गुनासोलाई मध्यनजर गर्दै काम गर्न जरुरी छ । जनप्रतिनिधि भएको बर्षदिनको अनुभव पनि प्राप्त भएको अवस्थामा उनले यसरी काम गर्न सकेनन् भने उनको यो गुनासो सुन्ने कार्यक्रम पनि एउटा नाटक मञ्चनको श्रृंखला हुनेछ । स्थानीय सरकारको प्रमुख भएको बर्षदिन पुग्दा धेरै पटक विदेश अध्ययन भ्रमणका लागि खर्चेका पाण्डेले त्यहाँको अनुभवलाई आफ्नो क्षेत्रमा कार्यान्वयन गर्ने अवसर पनि छ । जनतासँग पुगेर आफूलाई सच्याउने, आफ्नो सरकारको काम कारबाहीमा भएको गल्तीलाई सच्याउन सके तुलसीपुर उपमहानगरपालिका अरू स्थानीय तहका लागि पनि उदाहरण बन्न सक्छ । मुलुक संघीयतामा गएसँगै नयाँ अभ्यास गरिरहेका, अलमलमा परिरहेका स्थानीय तहका लागि तुलसीपुर सिकाइको केन्द्र बन्न सक्छ । यसतर्फ तुलसीपुरका मेयर र जनप्रतिनिधिले ध्यान पु¥याउन । तुलसीपुर उपमहानगरलाई शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?