ट्रेंडिंग:

>> प्रधानमन्त्रीले लिएको विश्वासको मतमाथि सर्वोच्चले उठायो प्रश्न >> सिरोहियालाई पक्राउ गरिनु प्रतिशोधपूर्ण : पत्रकार महासंघ >> सातौ राष्ट्रिय भलिबल दिवसमा दिप प्रज्जवलन तथा शुभकामना >> सिरोहियाको पक्राउ प्रचण्डको ज्ञानेन्द्रपथ : बाबुराम >> राजपुर–५ का वडा अध्यक्ष विष्टमाथि साधुद्वारा त्रिशुल प्रहार >> गैँडाको खाग खरिदबिक्रीको आरोपमा नवलपुरका ५ सहित ६ जना पक्राउ >> एमाले दाङको १४औँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीसहित सदस्यहरुले गरे शपथ ग्रहण >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ >> गृहमन्त्री लामिछानेलाई पदबाट मुक्त गर : वरिष्ठ पत्रकार घिमिरे >> पक्राउ पुर्जिविरुद्ध सिरोहिया सर्वोच्चमा,प्रहरी टोली कान्तिपुरको अफिसमा >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा पक्राउ पुर्जी जारी >> प्रतिनिधि सभाको बैठक जेठ ११ गते बस्ने >> विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद >> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर

जनैपूर्णिमाको महत्व(सम्पादकीय)

१० भाद्र २०७५, आईतवार
१० भाद्र २०७५, आईतवार

जनैपूर्णिमा भन्दासाथै यो ब्राह्मणहरूको पर्व हो भन्ने बुझिन्छ । किनभने जनैको जन्मदाता ब्राह्मण समुदाय हो । धार्मिक कथनअनुसार ब्राह्मण ब्रह्माको मुखबाट जन्मेको हो । ब्रह्मालाई अर्को शब्दमा बेद पनि भनिन्छ । ब्रह्माको जिब्रोमा ज्ञानको भण्डार रहेकोले ब्राह्मणले आफूलाई उनको मुखबाट जन्मेको दाबी गरेका हुन् । यद्यपि बिज्ञानले मानवको उत्पत्तिलाई एप बानरबाट मानिसमा संक्रमण भएको पुष्टि गर्दछ । ब्राह्मणले आफूलाई ज्ञानको सागर भनाउन, अरूलाई ज्ञान सिकाउने गुरु बन्ने क्रममा यसरी मानिसलाई विभाजन गरिएको थियो । ब्राह्मण भनेर कसरी अरूबाट अलग रूपमा देखिने वा चिनिने त ? त्यसको लागि जनै लगाउने परम्परा बसालियो । त्यो काम आजकै दिन शुरु भएकोले जनैपूर्णिमा नाम दिइयो । पर्वहरूमा यो सबैभन्दा जेठो र साकाहारी पर्वको रूपमा लिने गरिन्छ । अघिल्लो दिन नै ब्राह्मणहरूले केस मुण्डन गर्ने, एक छाकमात्र खाना खाने गर्दछन् भने पूर्णिमाको दिनमा नजिकको घाट तथा तलाउहरूमा भेला भएर विभिन्न मन्त्रोच्चारण गर्दै स्नान गर्ने, महादेवको प्रतिमा स्थापना गरी सामुहिक रूपमा पूजापाठ गरी पुरानो जनै त्यागेर नयाँ जनै लगाउने, गुरु पुरोहित वा ज्वाइँचेलाबाट नाडीमा डोरो बाँधेर दान दक्षिणा गरेरमात्र प्रसाद लिने गर्दछन् । यसरी नै तराईतिर यो पर्वलाई राखी भन्ने गरिन्छ । राखी दिदी बहिनीले आफ्ना दाजुभाइको हातमा बाँधिदिने धागो हो । यसले दुबैपक्षबीच गहिरो सम्बन्ध विकास गर्छ भन्ने मान्यता छ । मानिसले जुनबेला कपासबाट धागो उत्पत्ति ग¥यो र त्यसलाई प्रयोग गर्न जान्यो त्यसबेला देखि नै जनै लगाउने परम्परा शुरु भएको हो । जनै लगाउने काम आठ बर्षको उमेरदेखि शुरु हुन्छ । जनै लगाइदिएपछि बालकहरू पढ्नका लागि गुरुकूलमा जान योग्य भएको मानिन्थे । जनै लगाउनुको अर्थ उसले अरूले छोएको, पकाएको खाना खान्थेन । आत्मनिर्भतातर्फ जानै पथ्र्यो । घरमा बाबुआमासँग बस्न पाइँदैनथ्यो । कतिपय अवस्थामा त भिक्षाटनमा पनि जानुपथ्र्यो । त्यसैले ब्रतबन्ध गर्दा भिक्षा कसरी माग्ने भनेर सिकाउने चलन रहेको छ । खाना पकाउने, खाने, दाउरा पानी आगो जुटाउने, खाएका, पकाएका भाँडा सफा गर्ने काम आफै गर्नुपथ्र्यो । जनै लगाउनुले मानिसलाई आठ बर्षको उमेर देखि नै आफ्नो खुट्टामा उभिन सिकाउँथ्यो । साथै गुरुकूलमा विद्या सिक्ने, ब्यवहार सिक्ने, जीवनकला सिक्ने काम पनि एकैसाथ हुन्थ्यो । यसलाई सानै उमेर देखि गरेको त्यागको रूपमा पनि लिन सकिन्छ । कृषियुगको शुरु देखि चल्दै आएको जनैपूर्णिमाको पुरानो परम्परा अहिले लोप हुँदै गएको छ । पूँजीवादी युगले मानिसलाई शहरहरूमा कामको खोजीमा दौडाएको छ । जनै लगाउने चलन पनि हट्दै गएको छ । ब्राह्मणवादी परम्पराको रूपमा नेताहरूले आलोचना गरेका हुन्छन् । मानिसले मानिसलाई जातीय विभाजन गर्ने पर्वको रूपमा हेर्ने गरिन्छ । यो पर्बले अलिकति त्यो भाव पनि नबोकेको हैन । तर, जनै लगाउनुका थुप्रै बैज्ञानिक कारणहरू पनि छन् । पहिलो कुरा त यसले मानिसलाई सरसफाइमा ध्यान दिन उत्प्रेरित गर्छ । दोस्रो कुरा आत्मनिर्भरतातर्फ डोराउँछ । शिक्षा आर्जन गर्नुपर्छ भनेर गुरुकूलमा पठाउँछ । धागोको महत्व के हो भन्ने कुरा सिकाउँछ । सात्वीक जीवन जिउन सिकाउँछ । जुन मानिसका आधारभूत आवश्यकताहरू हुन् । पर्वहरू सबै समुदायसँग जोडिएका छन् । कसैका धेरै छन् कसैका थोरै छन् । गाउँघरका बुढापाकाहरूले अहिले पनि जनैपूर्णिमालाई महत्वकासाथ मनाउने गर्दै आएका छन् । जनै लगाउने चलनलाई उनीहरूले जोगाएका छन् । डोरो बाँध्ने, जेजमानहरूका घरमा गएर बाँधिदिने चलन हराएको छैन । अहिलेका ब्राह्मण युवापिँढीहरू पनि बृद्ध भएपछि त्यसैलाई अँगाल्छन् । किनभने धर्ममा उनीहरूको पनि आस्था छ । तर, अंग्रेजी शिक्षाले संस्कृतमा लेखिएका अक्षरहरूलाई लयात्मक ढंगबाट पढ्न समस्या भने आउँछ । प्रक्रिया नपुराइएका बजारमा बेचिने जनै किनेर लगाउने चलन अहिले भित्रिएको छ । यसले जनैपूर्णिमाको महŒवलाई निषेध गर्दै लगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?