ट्रेंडिंग:

>> प्रधानमन्त्रीले लिएको विश्वासको मतमाथि सर्वोच्चले उठायो प्रश्न >> सिरोहियालाई पक्राउ गरिनु प्रतिशोधपूर्ण : पत्रकार महासंघ >> सातौ राष्ट्रिय भलिबल दिवसमा दिप प्रज्जवलन तथा शुभकामना >> सिरोहियाको पक्राउ प्रचण्डको ज्ञानेन्द्रपथ : बाबुराम >> राजपुर–५ का वडा अध्यक्ष विष्टमाथि साधुद्वारा त्रिशुल प्रहार >> गैँडाको खाग खरिदबिक्रीको आरोपमा नवलपुरका ५ सहित ६ जना पक्राउ >> एमाले दाङको १४औँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीसहित सदस्यहरुले गरे शपथ ग्रहण >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ >> गृहमन्त्री लामिछानेलाई पदबाट मुक्त गर : वरिष्ठ पत्रकार घिमिरे >> पक्राउ पुर्जिविरुद्ध सिरोहिया सर्वोच्चमा,प्रहरी टोली कान्तिपुरको अफिसमा >> कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा पक्राउ पुर्जी जारी >> प्रतिनिधि सभाको बैठक जेठ ११ गते बस्ने >> विपक्षीको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद >> कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी >> समस्याग्रस्त सहकारीको सम्पत्ति लिलामी गरेर बचत फिर्ता गर्न चुनौती >> ऐतिहासिक विन्दुबाट झर्‍यो सुनको भाउ >> गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर छानवीन समिति बन्ने >> बस र टिपर ठोक्किँदा १३ जना घाइते, दुई जना गम्भीर >> कोषाध्यक्षले अह्राएर पशुपतिको भेटी चोरेको दावी >> सहकारी ठगी प्रकरणको कार्यदलको वैठक बस्दै >> आजको मौसमः लुम्बिनीसहित तीन प्रदेशमा चट्याङसहित वर्षा >> आज रुपन्देहीका बोर्डिङ स्कूलहरुमा शोक विदा >> संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची >> मासु साक्षरताः आजको आवश्यकता >> खाली हुँदै राम्चे गाउँ >> प्रवक्ताहरूको भूमिका स्पष्ट गर >> लुम्बिनी प्रदेशको आर्थिक योजनाका चुनौति >> लहरे नाँच बचाउँदै महिला >> वन ऐनले थलिदै सरकारी योजना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> खस्यौली एफसीलाई यु १८ फुटसलको उपाधि >> एमाले दाङको अध्यक्ष सहित सबै पद सर्वसम्मत >> विश्व ज्योतिष महासंघद्वारा नन्दिनी गौशालामा सहयोग >> रेबिजको जोखिम बढेपछि नेपालगञ्जमा धमाधम कुकुरको बन्ध्याकरण गरिँदै >> कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा >> काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा >> वचत फिर्ता नपाएपछि मञ्जुश्री सहकारीको बुटवल शाखा घेराउ >> तीन दिने उद्घोषण तालिम सम्पन्न >> सुर्खेतमा मिनीबस दुर्घटना : दुई जनाको मृत्यु, १८ घाइते >> एमाले दाङको अध्यक्ष आचार्यको नाम टुंगो लाग्यो >> ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग >> सभामुखको भूमिकाप्रति विपक्षी दलको आपत्ति, संसद र सडकसम्म एक भएर जाने सहमति >> १०१ कम्पनीको सूचि सहित बालेनले भने : गिरीबन्धुको जग्गामा ५० खर्बको खेलोफड्को >> विपक्षीको नाराबाजीबीच प्रधानमन्त्रीले पाए विश्वासको मत >> एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ विजयी >> इरानका राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु >> उपेन्द्र यादवको रिटमा आज सुनुवाई हुंदै >> स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना >> प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिँदै >> सडक निर्माणमा ढिलासुस्ती अन्त्य गर

करमा छुट ?(सम्पादकीय)

६ भाद्र २०७५, बुधबार
६ भाद्र २०७५, बुधबार

स्थानीय तहले हरेक सिफारिसमा कर बृद्धि गरेको गुनासो व्यापक रूपमा उठेपछि कतिपय स्थानीय तहले केही कर निःशुल्क गर्ने भएका छन् । स्थानीय तहले आर्थिक अवस्था कमजोर भएका, ज्येष्ठ नागरिक र बालबालिकाले स्थानीय तहको वडाबाट लिइने सिफारिस निःशुल्क गर्ने भएका हुन् । तर, कुन कुन विषय यसमा सामेल गरिएको छ त्यो भने अझै तोकिएको छैन । पहिलो कुरा आर्थिक कमजोर भएको ब्यक्ति नै किटान गरिएको छैन । सबैभन्दा पहिले आर्थिक कमजोर भए नभएको मापदण्ड निर्धारण गरिनु पर्छ । सबैलाई थाहा भएकै कुरा हो कि गरिबको सुचीमा धनीहरूले आफ्नो नाम समाबेस गराएका हुन्छन् । सुकुम्बासीको सुचीमा हुकुम्बासीले जमीन कब्जा गरेका हुन्छन् । नितान्त गरिबलाई परिचय पत्र लिन जाने फुर्सद पनि हुँदैन । धनीहरूले नै मौकाको फाइदा उठाएका हुन्छन् । त्यसैले सबैभन्दा पहिले यो कुरामा ख्याल पुराउनु आवश्यक हुन्छ । बृद्ध भत्ताको लागि आएको करोडौँ रूपैयाँ भ्रष्टाचार गर्ने यो मुलुकमा गरिबीको रेखामुनी रहेका जनतालाई सही न्याय मिल्ला भनेर कल्पना पनि गर्न सकिन्न । अर्को कुरा बृद्ध र बालबालिकाको सिफारिसमा छुट गर्ने भनिएको छ । सबै बृद्ध र बालबालिका सोलोडोलो आर्थिक रूपमा विपन्न हुँदैनन् । युबाहरू पनि गरिबीको रेखामुनी हुन्छन् । यसलाई कसरी वर्गीकरण गर्ने ?
त्यसो त सत्य कुरा के हो भने जनतासँग कर लिएर जनताकै लागि काम गरिनु पर्ने हुन्छ । तर, ब्यवहारमा त्यसो हुन सकेन । स्थानीय तहले कर उठाएर संकलन गरेको रकम पहुँचवालाका आँगनसम्म बाटो पिच गर्ने, उनीहरूका घरमा पानीका धारा पुराउने, बिजुलीका पोल हाल्ने काम गरेका छन् । त्यसरी नै आफ्नो तलब भत्ता आफै तोकेर लिने गरेका छन् । सेवा बिनाको मेवा खाने गरेका छन् । यस्तै अवस्था देखेर नै करको विरोध भएको हो । जनप्रतिनिधिले जनताका गुनासा सुन्लान्, जनताका आधारभूत कामलाई प्राथमिकता देलान् भन्ने जुन अपेक्षा राखिएको थियो त्यो हुन सकेन । यसलाई सबैभन्दा पहिले आर्थिक रूपमा वर्गीकरण गरिनु आबश्यक छ । त्यसपछिमात्र कसलाई कस्तो कर मुक्ति र सुविधा दिने भन्ने कुराको निक्र्यौल गर्नु आवश्यक हुन्छ । हचुवाको भरमा काम गर्न थालियो भने फेरि पनि सम्पन्नहरूको भागमा सुबिधा आउने र विपन्नहरूले कर तिरिरहनु पर्ने अवस्था आउँछ ।
अहिले खासगरी जनताले जे जति कर तिर्नुपर्ने हो त्यो तिरेको देखिन्छ । बिजुली, पानी आदि विल आउँदासाथै उपभोक्ताले तिरेका हुन्छन् । मालपोत, घर कर समयमै तिर्छन् । करमा ठगी गर्ने काम ठूला संस्थान, सरकारी कार्यालयहरूले गरेका छन् । कतिपय सरकारी कार्यालयहरूले करोड रूपैयाँ पुग्दासम्म पनि विद्युतको महशुल तिरेका हुँदैनन् । पानीको महशुल तिर्दैनन् । केही बर्ष पहिलेसम्म राजदरबाले कुनै महशुल तिर्दैनथ्यो । मन्त्रालयरुले महशुल नतिरेर नामावली र रकम अंक छापिएको हुन्थ्यो । कैयौँ नगरपालिकाहरूले अहिले पनि विद्युतको महशुल तिरेका छैनन् । सबैले निश्चित समयमा कर, महशुल तिर्ने गरेको भए अहिले नेपालमा विद्युत नपुग भएर भारतबाट महँगो मूल्यमा किनेर विद्युत वितरण गर्नु पर्थेन । कैयौँ विद्युत, खानेपानीका कर्मचारीले आफ्ना घरका र आफन्तका मिटरमा मिटर नै नघुम्ने गरी प्रयोगमा ल्याएर आफ्नै कार्यालयमाथि ठगी गरेका देखिन्छन् । यस्ता सबै काम भ्रष्टाचारका तानाबाना मानिन्छन् । भ्रष्टाचार चारैतिर मौलाएको अवस्थामा स्थानीय निकायले अवाञ्छित कर उठाउँदा जनताले विरोध जनाउनु स्वभाविकै हो । तर, जनप्रतिनिधिले यदि जनताको हितमा काम गरेर देखाउँछन् भने त्यसको विरोध नहुन पनि सक्छ । यो कुरालाई मध्यनजर राख्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?