ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> विद्यालयमा शैक्षिक सामग्री वितरण >> महात्मा बुद्ध माविमा सल्लाहकार समिति सदस्यहरुलाई सम्मान >> मानवसेवा आश्रमका बालबालिका निःशुल्क केवलकार यात्रामा >> कर्णाली मन्त्रीपरिषद् विस्तार, कृषिमन्त्रीमा नियुक्त शाह शपथ लिन आएनन् >> राजनीतिक अस्थितरताले कर्णालीको लगानी सम्मेलन प्रभावित >> समाचार हटाउने सर्वोच्च अदालतको आदेश संविधान विपरीत : पत्रकार महासंघ >> जात र थरलाई पहिचानको विषय बनाउन हुन्न : ओली >> कर्णालीमा ६ जना मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता >> कोशीमा अर्को सरकार गठन हुन सक्दैन : मुख्यमन्त्री >> देशभर गर्मी बढ्यो, भैरहवाको तापक्रम सबैभन्दा बढी >> सामुदायिक वनमा आगो लगाएको आरोपमा दुईजना पक्राउ >> आगलागी पीडितलाई राहतसँगै स्वास्थ्य परामर्शमा ध्यान दिन अपिल >> इलाममा जित्न सकिएन, सिक्न सकियो : रास्वपा >> विद्यालयका अध्यक्षसहित जिम्मेवार पदाधिकारी नै विद्यालयभित्रै मदिराको तालमा रमाउँदै गरेको भिडियो सार्वजनिक ! >> स्टिङ अपरेशनको सत्य तथ्य बाहिर ल्याउनुपर्छ- जनार्दन शर्मा >> नीति निर्माण र बजेटमा भौगोलिक विकटतालाई प्राथमिकता दिन सुझाव >> इलाममा रास्वपाका मिलन लिम्बुसहित १६ जना र बझाङमा ८ जनाको जमानत जफत >> इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी >> अभिभावक र विद्यार्थीलाई उत्प्रेरक परामर्श >> बालविवाहविरुद्धको दिवस र अभियान >> १० प्रतिशत मत पनि नल्याएपछि इलाम–२ मा रास्वपाका उम्मेदवार मिलन लिम्बूको जमानत जफत >> ज्योतिष शास्त्रमा माङ्गलिक स्थिति; वैवाहिक जीवनमा समस्या >> बुद्ध जयन्तीलाई सरकारको ‘शुन्य बजेट’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देहीमा पालिकाकास्तरिय पुरुष भलिवल प्रतियोगिता हुने >> आगलागीमा परेर चार वर्षीया बालिकाको मृत्यु >> सिधाकुरामा प्रसारित अडियोको प्राविधिक जाँच गराउन सर्वोच्चको आदेश >> एकल महिलालाई करणी गरेको अभियोगमा गुरुङ पक्राउ >> तिलोत्तमा व्यापार संघका सदस्य र कर्मचारीले देवदह मेडिकल कलेजमा छुट पाउने >> बुद्धभूमि नगरपालिकाका मेयरका छोरा जोगाउन कांग्रेस नेताको दौडधुप >> पामिर एकेडेमीले ग-यो वार्षिक क्यालेण्डर सार्वजनिक >> बझाङमा २६७ मतले एमालेका दमन भण्डारी विजयी >> आगलागीप्रति सञ्चारमन्त्रीद्वारा दुःख व्यक्त, उच्च सावधानीका लागि आह्वान >> श्रीमान श्रीमती एकै ठाउँमा मृत फेला >> कैलाश सिरोहियाविरुद्ध दोहोरो नागरिकताको उजुरी >> पुर्वी नवलपरासीका बिद्यार्थीको हातहातमा पाठ्यपुस्तक >> रिडी–तम्घास सडकखण्ड दैनिक १२ घण्टा बन्द हुने >> बझाङ १ (१) मा कांग्रेस झिनो मतान्तरले अगाडि >> देशका विभिन्न स्थानमा हावाहुरीको सम्भावना >> इपिएसमार्फत भाषा परीक्षा उत्तीर्णले सेवा परिवर्तन गर्न सक्ने >> इलाम–२ मा सुहाङ करिव दुई हजारले अगाडि >> दमकलको बाटो नहुँदा सिंगो गाउँ नै खरानी >> अन्तर्राष्ट्रिय लगानी सम्मेलन र अपेक्षा >> प्रदूषणको चपेटामा पर्यटन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लक्ष्मण पाण्डेले ल्याए “हाँसेबोले आनन्द हुनी’ >> धादिङको किम्ताङ खोलामा आर्मीले बनायो बेलिबृज >> युसीएमएस भैरहवाको २५ औं साधारणसभा >> इन्जिनियरिङ कलेज घोटाला प्रकरणमा लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद, २५ करोड जरिवाना

पालिकाको अनुदानमा उपकरण

१ बैशाख २०८१, शनिबार
१ बैशाख २०८१, शनिबार

सल्यान, १ बैशाख । यान्त्रिकीकरण मार्फत कृषि पेशालाई सहज बनाउने उद्देश्य अनुरूप सल्यानको छत्रेश्वरी गाउँपालिकाले किसानहरूका लागि मिनि टिलर वितरण गरेको छ । ५० प्रतिशत अनुदानमा गाउँपालिकाले समूह, फर्म र सहकारी मार्फत खेती गरिरहेका किसानहरूलाई मिनि टिलर वितरण गरेको हो । शुक्रबार गाउँपालिकामा मिनि टिलर हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले मिनी टिलर प्रयोग गर्ने विधि र प्राविधिक विषयमा जानकारी हुनुपर्ने बताए । खेतीमा सहजता संगै कम लागतमा धेरै उत्पादन लिनका लागि प्रविधिको उपयोग गर्नुपर्नेमा उनको जोड छ ।

आफूहरूलाई गाउँपालिकाले प्रोत्साहन गरेको भन्दै गेमी कृषक समूह छत्रेश्वरी ५ की कोषाध्यक्ष निमा बुढाले खेतबारी जोत्ने मेसिन पाएपछि अब काम छिटो हुने विश्वास व्यक्त गरिन् । यस्तै छत्रेश्वरी कृषि सहकारी संस्थाका सहसचिव खड्ग बहादुर खड्काले आफ्नो सहकारीका सदस्यहरूले सामूहिक तरकारी खेती गर्न लागेको भन्दै अनुदानमा प्राप्त मिनि टिलरबाट फाइदा हुने बताए ।

परम्परागत तरिका भन्दा यान्त्रिक उपकरणले खेतबारी खनजोत गर्दा कम लागत पर्ने र सजिलो हुने भएपछि पछिल्लो समयमा कृषकको यसतर्फ आकर्षण बढ्दो छ । यस्ता कृषि उपकरणबाट खेती गर्दा लागत, समय र मेहनत कम लाग्ने भएकाले कृषक, कृषि समूह र सहकारीबाट यस प्रकारका उपकरणको माग बढिरहेको छत्रेश्वरी गाउँपालिकाका नायव प्राविधिक सहायक दिपक पुनले जनाए । गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत अनुदानको मिनि टिलर माग गर्दै ८० जनाले आवेदन दिएपनि १९ वटा उपकरण मात्रै वितरण गर्न सकिएको उनको भनाई छ । मिनि टिलर खरिदमा गाउँपालिकाले २५ हजार रूपैयाँ अनुदान दिएको थियो ।

प्रस्ताव आह्वान र माग संगलन गरेर जमिनको भुबनौट लगाएतका विषयमा अनुगमन गरेर यसअघि सो उपकरण खरीदका लागि अनुदान नपाएकालाई पहीलो प्राथमिकता दिइएको पुनले बताए । मिनि टिलर वितरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बुद्ध कुमारी खत्री, गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेत लगाएतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?