ट्रेंडिंग:

>> राजनीतिक अस्थितरताले कर्णालीको लगानी सम्मेलन प्रभावित >> समाचार हटाउने सर्वोच्च अदालतको आदेश संविधान विपरीत : पत्रकार महासंघ >> जात र थरलाई पहिचानको विषय बनाउन हुन्न : ओली >> कर्णालीमा ६ जना मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता >> कोशीमा अर्को सरकार गठन हुन सक्दैन : मुख्यमन्त्री >> देशभर गर्मी बढ्यो, भैरहवाको तापक्रम सबैभन्दा बढी >> सामुदायिक वनमा आगो लगाएको आरोपमा दुईजना पक्राउ >> आगलागी पीडितलाई राहतसँगै स्वास्थ्य परामर्शमा ध्यान दिन अपिल >> इलाममा जित्न सकिएन, सिक्न सकियो : रास्वपा >> विद्यालयका अध्यक्षसहित जिम्मेवार पदाधिकारी नै विद्यालयभित्रै मदिराको तालमा रमाउँदै गरेको भिडियो सार्वजनिक ! >> स्टिङ अपरेशनको सत्य तथ्य बाहिर ल्याउनुपर्छ- जनार्दन शर्मा >> नीति निर्माण र बजेटमा भौगोलिक विकटतालाई प्राथमिकता दिन सुझाव >> इलाममा रास्वपाका मिलन लिम्बुसहित १६ जना र बझाङमा ८ जनाको जमानत जफत >> इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी >> अभिभावक र विद्यार्थीलाई उत्प्रेरक परामर्श >> बालविवाहविरुद्धको दिवस र अभियान >> १० प्रतिशत मत पनि नल्याएपछि इलाम–२ मा रास्वपाका उम्मेदवार मिलन लिम्बूको जमानत जफत >> ज्योतिष शास्त्रमा माङ्गलिक स्थिति; वैवाहिक जीवनमा समस्या >> बुद्ध जयन्तीलाई सरकारको ‘शुन्य बजेट’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देहीमा पालिकाकास्तरिय पुरुष भलिवल प्रतियोगिता हुने >> आगलागीमा परेर चार वर्षीया बालिकाको मृत्यु >> सिधाकुरामा प्रसारित अडियोको प्राविधिक जाँच गराउन सर्वोच्चको आदेश >> एकल महिलालाई करणी गरेको अभियोगमा गुरुङ पक्राउ >> तिलोत्तमा व्यापार संघका सदस्य र कर्मचारीले देवदह मेडिकल कलेजमा छुट पाउने >> बुद्धभूमि नगरपालिकाका मेयरका छोरा जोगाउन कांग्रेस नेताको दौडधुप >> पामिर एकेडेमीले ग-यो वार्षिक क्यालेण्डर सार्वजनिक >> बझाङमा २६७ मतले एमालेका दमन भण्डारी विजयी >> आगलागीप्रति सञ्चारमन्त्रीद्वारा दुःख व्यक्त, उच्च सावधानीका लागि आह्वान >> श्रीमान श्रीमती एकै ठाउँमा मृत फेला >> कैलाश सिरोहियाविरुद्ध दोहोरो नागरिकताको उजुरी >> पुर्वी नवलपरासीका बिद्यार्थीको हातहातमा पाठ्यपुस्तक >> रिडी–तम्घास सडकखण्ड दैनिक १२ घण्टा बन्द हुने >> बझाङ १ (१) मा कांग्रेस झिनो मतान्तरले अगाडि >> देशका विभिन्न स्थानमा हावाहुरीको सम्भावना >> इपिएसमार्फत भाषा परीक्षा उत्तीर्णले सेवा परिवर्तन गर्न सक्ने >> इलाम–२ मा सुहाङ करिव दुई हजारले अगाडि >> दमकलको बाटो नहुँदा सिंगो गाउँ नै खरानी >> अन्तर्राष्ट्रिय लगानी सम्मेलन र अपेक्षा >> प्रदूषणको चपेटामा पर्यटन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> लक्ष्मण पाण्डेले ल्याए “हाँसेबोले आनन्द हुनी’ >> धादिङको किम्ताङ खोलामा आर्मीले बनायो बेलिबृज >> युसीएमएस भैरहवाको २५ औं साधारणसभा >> इन्जिनियरिङ कलेज घोटाला प्रकरणमा लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद, २५ करोड जरिवाना >> भूमहीमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाईते >> राजपुरमा भीषण आगलागी, २५ घर–गोठ जलेर नष्ट >> बेलबास–बेथरी सडक निर्माण छिटो सक्न संघर्ष समिति गठन >> इलाम २ मा कांग्रेसको शुरुवाती अग्रता, रास्वपा चौथो >> लुम्बिनी केबलकार बैशाख १७ र १८ गते बन्द

भयरहित गराउ उपनिर्वाचन

२६ चैत्र २०८०, सोमबार
२६ चैत्र २०८०, सोमबार

अवको १९ दिनपछि अर्थात बैशाख १५ गते हुने उपनिर्वाचन प्रयोजनका लागि इलाम जिल्ला निर्वाचन क्षेत्र नंं. २ मा विभिन्न दलका २० उम्मेदवार र बझाङ जिल्ला प्रदेशसभा क मा १२ दलका उमेदवारले शनिवार मनोनयन दर्ता गराएका छन । उम्मेदवारहरूले मनोनयन दर्ता गराएसंगै उपनिर्वाचनको चहलपहल सुरु भएको छ । अव दलहरू निर्वाचनको प्रचार प्रसारमा जुटने अभियान थालनी हुँदैछ । आम निर्वाचनले जस्तै उपनिर्वाचनले पनि स्थानीय मतदाताहरूमा उत्साह सिर्जना गरेको छ । आम मतदातामा उत्साह सिर्जना भैसकेको छ । यद्यपि उपनिर्वाचन मुलुकका लागि प्रिय होइन । उपनिर्वाचनमा देशकै पैसा खर्च हुन्छ तर यसलाई बाध्यताको उपज भन्नु पर्दछ । किनभने निर्वाचन क्षेत्र रिक्त भएपछि निर्वाचन गर्नुपर्ने बाध्यता छ । निर्वाचन आयोगले निर्वाचनको सवै तयारी पूरा गरिसकेको छ । आयोगले यो निर्वाचनमा करिव २० करोड रूपैयाँ खर्च हुने अनुमान गरेको छ । देशकै ढुकुटी खर्च हुने भएकोले यो उपनिर्वाचनलाई दल र तिनका उम्मेदवारहरूले मितव्ययी बनाउनेतर्फ प्रयास गर्नु जरुरी छ । अहिलेको मितव्ययीगताले कम्तीमा पनि भोलीको दिनमा आउने अरू निर्वाचनका लागि उदाहरण हुन सक्छ ।

तसर्थ देशका लागि यस्ता उपनिर्वाचन गर्नु राम्रो त होइन तर निर्वाचन क्षेत्र रिक्तताको अवस्थामा क्षेत्र खाली राखेर जनप्रतिनिधिविहीन बनाउनु कदापि राम्रो होइन । अहिले निर्वाचनको चहलपहलसंगै निर्वाचनप्रति उत्साह सिर्जना भैसकेको छ । निर्वाचनको उत्साहले मतदाताहरूमा रौनक छाएको छ । निर्वाचन हुने भएपछि त्यस क्षेत्रमा एक महिनासम्म आर्थिक गतिविधि समेत हुने गर्छ । उम्मेदवारले चुनावी प्रचार प्रसारका क्रममा गर्ने खर्चले आर्थिक चहलपहलमा बृद्धि गर्छ तर बालुवामा पानी खन्याह सरह गरिने खर्चले भने बिकृति निम्त्याउने गरेको बिगतको उदाहरण छ । अतः यो उपनिर्वाचन विगतको भन्दा पृथक होस् । मितब्ययी होस् । यद्यपि नेपालको निर्वाचन प्रणाली नै यस्तो छ कि टिकट हातमा पर्नेबित्तिकै पार्टीकै नेता, कार्यकर्तालाई भोज खुवाउन सुरु गर्नुपर्छ । निर्वाचन आयोगले उम्मेदवारका लागि तोक्ने खर्चको ‘सिलिङ’ त निर्वाचन क्षेत्रमा नपुग्दै बाटैमा सकिन्छ । यो अवस्था उपनिर्वाचनमा नदोहोरियोस् भन्नेतर्फ सवै सचेत हुनुपर्ने अवस्था छ ।

खर्चकै सन्दर्भमा निर्वाचन आचारसंहिताको पालना गर्नेतर्फ अव ध्यान दिने बेला आएको छ । निर्वाचनलाई पारदर्शी बनाउनु आवश्यक छ । अहिले ३० बर्षयताको निर्वाचन खर्चको परिदृष्य हेर्दा दुःख लाग्नु स्वाभाविक छ । उम्मेदवारले आफ्नै पार्टीका कार्यकर्ता किन्नुपर्ने अवस्था छ । चुनाव आयो भने दसैं आएजस्तो मानसिकताको विकास भइरहेको छ । चुनाव महँगो भइरहेको छ । मतदातामा पनि यो पार्टी वा उम्मेदवारवारलाई मत हाल्छु भन्ने स्वविवेकी निर्णय गर्ने क्षमताको विकास भइसकेको छैन । आशा गरौं यो उपनिर्वाचन खर्चको हिसाबले मितब्ययी बनोस् । उम्मेदवारहरू मतदाताको घरमा पैसाको आश्वासन बोकेर होइन देश बिकासको भिजन लिएर जाउन । निर्वाचन आचारसंहिताको पालनामा सवैको ध्यान जाओस् । नेपालमा पैसा खर्च नगरि चुनाव जितिन्न भन्ने मानसिकताको विकास भैसकेको छ तर यो उपनिर्वाचनले निरन्तरता दिनेछैन । यो मानसिकता तोड्नेतर्फ प्रयास गर्नु जरुरी छ । र, यो उपनिर्वाचनलाई संयमित, पारदर्शी र मितव्ययी बनाउनेतर्फ सवै राजनैतिक दल र उम्मेदवारहरूको ध्यान जानुपर्दछ । सुरक्षाको प्रश्न सवैभन्दा महत्वपूर्ण भएकोले सरकारले निर्बाचन स्वच्छ र शान्तिपूर्ण रूपमा सम्पन्न बनाउन निर्वाचन आयोगलाई सहयोग गरोस् । मतदाताले भयरहित वातावरणमा आफ्ना प्रतिनिधिलाई मत दिने अवस्था सिर्जना होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?