ट्रेंडिंग:

>> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की >> न्यु होराईजन, वेष्ट्रन, बुद्ध पब्लिक र स्टार अन्तिम चारमा >> सहकारी ठगीमा रवि लामिछाने केन्द्रित समिति अस्वीकार्य : रास्वपा >> एमाले सल्यानको समीक्षा, आगामी कार्यदिशा र शुद्धीकरण तथा सुदृढीकरण अभियान >> भारतमा तेस्रो चरणको मतदान >> जसपाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत प्रकृया शुरु >> नोटमा चुच्चे नक्सा भारतसंग विवाद चर्काउने कुरा मात्र : भट्टराई >> अस्तव्यस्त राप्ती प्रादेशिक अस्पताल >> संसदमा कांग्रेसको अवरोधबारे सभामुखले शीर्ष नेतासंग छलफल गर्दै >> आजको मौसम : लुम्बिनी सहितका प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> विद्युतीय सवारी साधनमा बैंकको लगानी वृद्धि >> लायन्स बुटवल स्टार्समा अर्याल >> महेन्द्रनगर जग्गा घोटाला प्रकरण : नगर विकासका चारै पूर्वअध्यक्ष दोषी ठहर >> ‘मदन भण्डारी स्र्पोट्स एकेडेमी खेलकुदको साझा मञ्च हो’ >> दल विभाजनको श्रृंखला कहिलेसम्म ? >> तराई पहाडको मिलन पुण्यभूमि दोभान >> पृथ्वीचन्द्र्रमा बालरोग बिशेषज्ञ सेवाः चिकित्सक आउँदा खुल्ला, नआउँदा बन्द ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> अनलाईन गेम खेलाउने १३ जना भारतीय बुटवलको कालिकानगरबाट पक्राउ (भिडियोसहित) >> श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ >> अशोक राई नेतृत्वको दल दर्ता गर्ने निर्णय >> बनबाटिका प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तब्य : मन्त्री अधिकारी >> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> गुल्मी जुनिया चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब

भित्र भिडभाड बाहिर सुनसान !

२३ चैत्र २०८०, शुक्रबार
२३ चैत्र २०८०, शुक्रबार

भैरहवा, २२ चैत । लुम्बिनीका ब्यवसायीहरूले करोडौँ लगानी बालुवामा लगानी गरे जस्तै भएको भन्दै चिन्ता ब्यक्त गरेका छन् । लुम्बिनी भित्र भएका गुम्बा बिहारहरूमा पर्यटकको चहलपहल हुने तर बाहिर पर्यटक नआउँदा होटेल ब्यवसाय सुनसान भएको स्थानीयहरू बताउँछन् । लुम्बिनी विकास कोषले बिहारहरू नियमन गर्न नसक्दा ब्यावसायीलाई समस्या परेको स्थानीय ब्यवसायीहरूको गुनासो छ । बुधबार लुम्बिनीको पर्सा चोकमा बृहत् बिरोध सभा अभियानमा स्थानीयहरूले लुम्बिनी विकास कोषका कर्मचारीलाई भौतिक कारबाहीसम्म गर्ने स्थानीयले चेतावनी समेत दिएका छन् ।

भ्रष्टाचार मौलाएको, स्थानीयलाई दुब्र्यवहार गरेको, परापूर्व कालदेखि चलिआएको परम्परालाई रोक्न खोजेको भन्दै लुम्बिनीका स्थानीय बासी र बिभिन्न संघ संस्थाहरू लुम्बिनी विकास कोष बिरुद्ध आन्दोलनमा उत्रिएका हुन् । रुमन्देहीमाई मन्दिर भगवान बुद्धको पवित्र जन्मस्थल जिर्णोद्वारको नाममा स्वरूप परिवर्तन गर्न पाईँदैन, रुमन्देही माई मन्दिरको जन्म स्मारक शिला लगायतका पुरातात्विक भग्नावशेष संरक्षण गर्नुपर्ने, रुमन्देहीमाई मन्दिर मुण्डन र दैनिक पुजा गर्नुपर्ने, बिभिन्न देशहरूले लुम्बिनी विकास भित्र सञ्चालन भएका बुद्ध बिहारहरूमा धर्मशालाको नाममा गेष्ट हाउस सञ्चालन भएको हुँदा गेष्ट हाउस तत्काल बन्द हुुनुपर्ने, प्राचिन कालदेखि चलि आएको नित्य पुजा तथा सन्ध्याकालिन आरती पुजा गर्नुपर्ने, लुम्बिनी परिसर भित्र पंचशिल कडाईका साथ लागु गनुपर्ने लगायत १५ बुँदे माग राख्दै विकास कोष बिरुद्ध बिरोध कार्यक्रम सुरुवात गरेका छन् ।

लुम्बिनी बचाउ महाअभियान, राष्ट्र राष्ट्रियता तथा धर्म संस्कृति बचाउ महाअभियान, उपभोक्ता मंच नेपाल लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी बौद्ध समाज रूपन्देही, बुद्ध भुमि आमा समुह लुम्बिनी लगायतका संघ संस्था पदाधिकारीहरूको उपस्थीति रहेको थियो ।
राष्ट्र राष्ट्रियता तथा धर्म संस्कृति बचाउ महाअभियानका रूपन्देही जिल्लाका अध्यक्ष शंकर प्रसाद कोइरालाले धर्म संस्कृति जोगाउनु सबैको कर्तब्य भएको बताए । भ्रटाचारीहरूलाई कारबाही गर्न सबैभन्दा अंगाडी आउने बताउँदै कोइरालाले कसैले धर्म संस्कृतिको नाममा भ्रष्टाचार गर्छन् बाहीर लगेर बेच्छन् भने त्यस्ताको हात काट्नुपर्ने बताए । यहाँ केही पात्र मात्र भ्रष्टाचारका पात्र भएको बताउँदै त्यस्ता भ्रष्टाचारीलाई ठाउँको ठाउँ कारबाही जनताले गर्नुपर्ने बताए ।

सिद्धार्थ होटेल एसोसिएसन(सान) का अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ(सिपि)ले बिहारहरूमा नियम बिपरित पर्यटक राखिएको बताउँदै प्रमुख जिल्ला अधिकारीलाई खबर गरेको तर प्रमुख जिल्ला अधिकारीले नै मैले सक्दीन भनेपछि यो दुतावास बाटनै समाधान हुने जवाफ दिएको बताए । भगवान बुद्धको जन्मस्थल लाई मान्ने संसारमा १ अरब ३० करोड बढी बुद्धिष्ट भएको बताउँदै सरकारले पर्यटक ल्याउन पूर्वाधार तयार पारे मात्रै पर्यटन ब्यवसायीले ५० लाख पर्यटक ल्याउने बताए । अब अन्तिम लडाई ४ वटा गेटमा धर्ना दिएर बिहारमा जाने पर्यटकलाई रोक लगाइसकेपछि मात्रै समस्या समाधान हुने बताए ।

लुम्बिनी होटेल एसोसिएसनका अध्यक्ष गोबिन्द ज्ञवालीले अबको लडाइँ अन्तिम लडाइ भएको बताउँदै सदैव विकास कोषले ब्यावसायीलाई ललिपप दिने अनि आन्दोलनलाई कमजोर पार्ने गरेको बताए । कुनैपनि चिजको परिणाम तुरुन्तै नआउने बताउँदै विकास कोषमा भएका गलत कामसमेत थाहा नभएको हुँदा त्यस्ता कार्य पत्ता लगाएर अगाडी बढ्नुपर्ने बताए । ७ सदस्यीय समिति बनाएको बताउँदै समितिमा भएका साथिहरूलाई विश्वास गर्नुपर्ने बताए । होटेल संघलाई मात्रै औँला नउठाउन आग्रह गर्दै ज्ञवालीले स्थानीय साथीहरूले हामीसंग किन समन्वय गर्नु भएन भनेर विकास कोषलाई प्रश्न गर्न आग्रह गरे ।
नागरिक बचाउ महाअभियानका संयोक अक्रामुद्धीन खाँनले लुम्बिनीमा पुजा पाठ पडेरीयाका पण्डितले गर्दै आइरहेको बताउँदै मन्दिरमा पुजा भएन भने, पुजारी भएन भने राम्रो नहुे बताए । पुजारीले मूर्तीको संरक्षण गरेको, मन्दिरको संरक्षण गरेको तर परापूर्व कालदेखि पुजागर्दै आएका पुजारी हटाउनु अत्याचार भएको बताए । हिन्दु धर्मको आस्था माथी अत्याचार गर्ने काम विकास कोषले गरेको खाँनले बताए ।
होटेल एसोसिएसनका सदस्यहरूले विकास कोषलाई प्रतिबेदन दिने अनि अब अत्याचार भएको भन्दै विकास कोषका पदाधीकारीलाई कारबाही गर्नु पर्ने बताए । आफै सूचना निकाले त्यो बिहारमा भएका पर्यटक बन्द गर्न नसके लुम्बिनीमा बस्नुको औचित्य नभएको बताए ।
नागरिक बचाउ महाअभियानका वरिष्ठ सदस्य तथा होटेल ब्यवसायी मेघनाथ आचार्यले लुम्बिनी पेरी फेरीमा १५ किलोमिटर सम्म राख्न पाइँदैन भनेर सरकारले नियम बनाएको छ तर सबै नियम बिपरित धेरै गलत कार्य भएको उनले बताए । विकसा कोषले विकास कोष भित्र गेष्ट हाउस नै सञ्चालन गर्दा ब्यावसायी ऋणले डुबेर होटेल चलाउन नसक्ने अबस्थामा आएको बताए । सम्पत्तिमा बैँकले लिलाम लगाएको बताउँदै अब कहाँ जाने भन्दै प्रश्न गरे ।

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ३ का वडा सदस्य हुसैनी लोधले कमजोरी हाम्रो भएको बताउँदै भित्र धेरै संरचना बनेको तर स्थानीयहरूलाई हटाउने कार्य गरेको बताए । लोधले सार नाथ कुशीनगरबाट साँझ गाडी लिएर आउने अनि गुम्बामा ५०÷१०० वटा भन्दा धेरै नियम बिपरित राखेको बताए । भगवान बुद्धको नाममा जग्गा जमिन हामीले दियौँ तर अहिले हामीले दुःख पाएका छौँ लोधले भने । अहिले स्थानीयलाई दुःख अनि विकास कोषका कर्मचारीले राज गरेको बताए ।

अस्ती धातु भएको क्षेत्र रामग्रामलाई ९९ वर्षका लागि लिलाम दिनु लुम्बिनी विकास कोषका उपाध्यक्ष डाक्टर ल्यारकाल लामाको निजी स्वार्थ भएको लुम्बिनी बचाउ महाअभियानका सदस्य राम विकास चौधरीले बताए । यस्ता पदाधिकारीलाई ऐन कानुन थाहा छैन भने कुर्सीमा बस्ने अधिकार समेत नरहेको बताए । स्थानीयलाई कदर नगर्ने हाम्रै मन्दिरमा प्रबेश गर्न रोक लगाउने, अघोषित प्रतिबन्ध लगाउने भन्दै हामी अब कहिले बोल्ने भन्दै आक्रोस ब्यक्त गरे ।

यही चैत २ गते लुम्बिनी विकास कोषले सदस्य सचिव सानुराजा शाक्यद्धारा हस्ताक्षर गरेको अखिल नेपाल भिक्षु महासंघ लुम्बिनीमा लेखेको पत्रमा ब्यवसायिक गतिबिधि नगराउन भन्दै पत्राचार गरेको थियो । उक्त पत्रमा विनियमावलि २०५८ को विनियम ७ र १० मा धार्मीक गतिबिधि, पुजा, प्रार्थनागर्नका लागि ५ जना भिक्षु, भिक्षुणी र उनीहरूको सहयोगीको रूपमा थप ५ जना गरी जम्मा १० जना बिदेशी नागरिक बस्न सक्ने ब्यवस्था भएको अवगत गराएको छ । त्यसैगरी विकास कोषले बिहारहरूको विवरण उपलब्ध गराउँदै आएको तरकेही महिना देखि विवरण नआएकाले विवरण समेत माग गरेको छ । व्यवसायिक गतिबिधि कार्य नगर्न नगराउन अनुरोध गर्दै त्यस्ता गतिबिधि गरेको पाइएमा नियमअनुसार कारबाही हुने ब्योहोरा समेत उल्लेख गरेको पत्र पत्राचार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np