ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

कर्साघाट ‘बुटवलको गया’

११ बैशाख २०८१, मंगलवार
११ बैशाख २०८१, मंगलवार

बुटवल, ११ बैशाख । जेष्ठ नागरिक देविराम पौडेल फेरिएको बुटवलका साक्षी हुन । उमेर अहिले उनि ९८ वर्षका भए । रतनपुरको अधिकाश परिवर्तनलाई उनले भोगेका छन । मानव जन्मदेखी मृत्युको चक्रमा अन्त्येष्ठी कर्म महत्वपूर्ण मानिन्छ । तत्कालिन सेमलार आर्दश गाउँपंचायत हुदा मानिसको अन्तिम पार्थिव शरीरलाई अन्त्येष्टी गर्ने स्थानको रूपमा बुटवल उपमहानगरपालिका वडा नं १५, रतनपुरस्थित कर्साघाट रहेको थियो । त्यो बेला पातलो बस्ती भएको उनी स्मरण गर्छन । ‘बिसं १९८० सालदेखी नै यहाँ अन्त्येष्टी कर्म गरिन्थ्यो ।’—उनले भने । मानव बस्ती बिकास हँुदै जाँदा सो स्थानमा साबिक खडवा बनगाईका केही वडा र तत्कालिन पर्रोहा गाउँपंचायतका पुर्वी वडाबाट बासिन्दाहरू समेत अन्त्येष्ठी कर्म गर्न सो घाटलाई प्रयोग गरेको उनी बताउछन । कर्साघाट भन्ने सो स्थानमा बिसं २०३८ साल पूर्व केही सिमल र खयरका रुखहरू थिए । घाटमा गएका मलामीहरू रुखमुनी शितल ताप्ने गर्थे । दानव नदीमा २०३८ साल आश्विन १३ गते आएको बिनासकारी बाढीबाट बुटवलमा धेरै जनधनको क्षति गरेको थियो । यसको चपेटामा कर्साघाट समेत अछुतो रहेन । यो घाट बगरका रूपमा परिणत गरिदिएको हरिहर मन्दिर मुक्तिघाट ब्यवस्थापन समितिका सल्लाहकार बुद्धि प्रसाद ढकालले बताउछन । तत्कालिन गाउँपञ्चायत वडा नं. २ रतनपुरका अगुवा सामाजिक कार्यकर्ता र सिगो गाउ समुदायको अगुवाईमा संरक्षणको काम अघि बढाईएको उनले बताए । गौचरणका रूपमा ४ विगाहा क्षेत्रफल हरियाली सो भुभाग अहिले धार्मिक पर्यटकिय स्थलको रूपमा विकास भएको छ । धार्मिक मान्यताबाट अशुद्ध मानिएको कर्साघाट शुद्धीकरण गर्ने हेतुले बिसं २०६४ सालमा हरिबंश महापुराण समेत गरिएको उनले बताए । सो पश्चात घाटको नामाकरण नया नाम मुक्तिघाट नामाकरण गरियो । हरिवंश महापुराण सम्पन्न गर्दा उठेको नगद र जिन्सी गरि १९ लाख ३१ हजार २ सय ७१ रूपैयाँ सो स्थानलाई धार्मिक पर्यटकीय हिसाबले विकास गर्ने लक्ष्यसहित सो मुक्तिधाम स्थानमा हरिहर मन्दिर लगायतको संरचना बि.सं.२०६५ सालमा सम्पन्न भएको छ । मानिसको पार्थिक शरीर अन्त्येष्टीका लागि देउघाट, नारायणघाट तथा त्रिवेणीधाम लैजाने गरेको कामसमेत कम भएको उनी बताउँछन ।
बुटवल उपमहानगरपालिका वडा नं. १५ का वडाअध्यक्ष तथा प्रवक्ता शिव रानाले धार्मिक र पर्यटकिय स्थलका रूपमा यो क्षेत्रलाई विकास गर्ने काम अघि बढेको बताए । देशमा नै एक सय आठ वर, पिपल, स्वामीका हुर्केका वृक्ष भएको पवित्रस्थल यो भएको उनी बताउछन । धार्मिक हिसाबमा विष्णुको रूपका रूपमा पिपललाई लिईने र योसंगै पर्यावरणमा समेत समेत यो वृक्ष मानवलाई फलदायी हुने उनको तर्क छ । ‘मानिसलाई निःशुल्क अक्सिजन दिने काम यसले गरेको छ ।’—उनले भने । गया क्षेत्रका रूपमा यसलाई विकास गर्न लागिएको उनले बताए ।

 

१०८ वृक्षमा जलार्पण गर्न भक्तजनको भिड

मुर्गियाकी पद्मा गिरि शनिबार हरिहर मन्दिर मुक्तिघाट गया क्षेत्रमा रहेका १ सय ८ वर, पिपल, स्वामीका वृक्षमा जलापर्ण गर्दै गरेकी भेटिईन । धर्म कर्ममा विश्वास गर्ने उनि घरछिमेकहरूबाट यो स्थानको बारेमा सुनेपछि आएको बताईन । एकै ठाउँमा १सय ८ वृक्षहरू हुर्किएको यो पवित्र स्थल भएको उनी बताउँछिन । ‘यहा जलापर्ण गर्दा मनमा शान्ति मिल्यो ।’—उनले भनिन । आफनै नजिकको धार्मिक स्थलको बारेमा आफूहरू यसअघि अनविज्ञ रहेको भन्दै बैशाखको सबै शनिबार आए र जलार्पण गर्ने बताईन । जलापर्णसंगै सबै मिलेर भजनकृतन गर्ने र नाचगान समेत गरेको उनी बताउँछिन ।

यता रामापुरकी गिता न्यौपाने पनि शनिबार १ सय ८ वृक्षमा जलार्पण गरेकी भेटिईन । देशका अधिकाश पवित्र स्थलहरू पुगेकी उनि यो ठाउँको बारेमा छिमेकीहरूबाट सुनेको बताईन । आफनो र परिवारको राम्रो होस भन्ने कामना गर्दै जलार्पण गर्न आएको उनले सुनाईन । धार्मिक र वातारणीय हिसाबबाट वर, पिपल र स्वामीका वृक्षहरू हुर्काउनु मानिसका लागि फलदायी हुने उनी बताउँछन ।

मन्दिरका अध्यक्ष मुक्तिराम खनालले यो क्षेत्रलाई धार्मिक पर्यटकिय स्थलका रूपमा ब्यवस्थापन गर्ने लक्ष्यसहित काम गरिरहेको बताए । हाल यो क्षेत्रमा बिष्णु भगवानको मन्दिर, शिव मन्दिर, नागको थान रहेको छ भने अब गणेश, बुद्धको मुर्ती स्थापना गर्ने तयारीमा रहेको उनले बताए । बैशाखको शनिबार भक्तजनहरू जलार्पण गर्न आउने गरेका उनले बताए । बैशाखको प्रत्येक शनिबार रूपन्देहीसहित अन्य विभिन्न जिल्लाबाट समेत दर्शनार्थीहरूको भिड लाग्दछ । ‘वर्षको एक सिजनमात्र जल चढाउने र भक्तजनहरू आउने गर्दछन,’— उनले भने ।

एक सय आठ वरपिपल रहेको एकमात्र पवित्र स्थल प्रचारप्रसार हुदै जादा पछिल्लोसमय धेरै धार्मिक पर्यटकहरू आउने थालेको उनले बताए । यसको संरक्षणका लागि पक्की बाउण्ड्रीको लागि स्थानीय निकाय, प्रदेश र संघीय सरकारबाट सहयोगको अपेक्षा रहेको उनले बताए । वैशाख महिनाको शनिबार दर्शन गर्न आउने दर्शनार्थीहरूको भेटी नै आम्दानीको श्रोतका रूपमा रहेको छ । स्थानीय र प्रदेश सरकारका साथै आमा समुहको सहयोगमा दुई वटा दाहसंस्कार गृह, मलामी विश्रामस्थल समेत निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?