ट्रेंडिंग:

>> रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा >> चिदिपानी–तराइ सम्पर्क समाजद्वारा जुनियाँमा स्वास्थ्य शिविर >> पुर्वी पाल्पा र रुपन्देही जोड्दै समाज >> मधेश प्रदेशमा जसपाका १९ मध्ये १६ जना उपेन्द्रतिरै,विभाजनको असर नगण्य >> युद्धविरामका लागि हमास र इजरायलबीच भएको वार्ता असफल >> देश राजनीतिक अस्थिरतामा फस्यो : लेखक >> वाग्मतीमा तामाङ र नेवारी भाषलाई सरकारी कामकाजको मान्यता >> नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै >> सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक >> छानबिन समितिका लागि रास्वपा तयार >> तोलामा दुई सय रूपैयाँले बढ्यो सुन >> माधव नेपालले बोलाए संसदीय दलको बैठक >> दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु >> फर्निचरमा आगलागी >> न्यु होराईजन र वेष्ट्रन क्रिकेट क्लब विजयी >> युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने लुम्बिनी सरकारको निर्णय >> न्यून चापीय प्रणालीको प्रभाव : आज धेरै ठाउँमा वर्षाको सम्भावना >> वायु प्रदूषण नियन्त्रणमा ढिलाई >> वन डढेलोको फैलावट र बस्तीमा त्रास >> सडक अलपत्र, ठेक्का रद्द, ठेकेदार गायब >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलस्थित मुख्यमन्त्री आवास हटाउने निर्णय >> निप्स बुद्धभूमिको संस्थापक अध्यक्षमा महरा, महासचिवमा गैरे >> लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग >> जीवन वृत्ति मार्ग निर्देशन कार्यक्रम >> राजदूत खत्रीसँग अन्तक्र्रिया >> सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्व बारेमा नेजाको कार्यक्रम >> फुट्यो जसपा,वहुमत सांसद लिएर अशोक राई आयोगमा >> बन्चरो प्रहार गरेर श्रीमतिको ज्यान लिन खोज्ने पक्राउ >> बुटवलको चौराहा गोलपार्क सडकको ठेक्का रद्द >> दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु  >> ‘महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा किन राखेको ?’ >> सन्दिप दोषी भए सजाय देउ,निर्दोष भए विश्वकप खेल्न देउ : रचना रिमाल >> रोट्रयाक्ट डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार चितवनमा >> ब्राजिलमा बाढीले ५७ जनाको मृत्यु , ३७३ जना बेपत्ता >> नेपाल आइपुगिन् जापानी विदेशमन्त्री >> आम्दा कर्मचारीद्धारा गौशालालाई ५० हजार रुपैया सहयोग >> सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा >> सन्दीपको मुद्दामा आज पेसी, सुनुवाई हुने आशा >> सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि >> सोडारीलाई विश्वासको मत दिन हतार नगर्नू: ओली >> गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै >> सूर्यपुरा बहुमुखी क्याम्पसको प्रथम अधिवेशन >> बुद्ध पब्लिक र स्टार क्रिकेट एकेडेमी विजयी >> कस्तो छ आजको मौसम ? >> रोटर्याक्ट क्लव अफ बुटवलको शून्य भोक कार्यक्रम >> जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै >> कसरी अगाडि बढ्दैछ सिद्धबाबा सुरुङ मार्ग ? (भिडियो अन्तर्वार्ता) >> लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सुरु

देवदह–माथागढीको ११७ मिटर पदमार्ग निमार्ण गरि हस्तान्तरण

९ चैत्र २०८०, शुक्रबार
९ चैत्र २०८०, शुक्रबार

बुटवल, ९ चैत । नेपाली सेनाले देवदह–माथागढी जोड्ने पदमार्ग अन्तरगतको ११७ मिटर सिढी र रेलिङ निर्माण गरि स्थानिय सरकारलाई हस्तान्तरण गरेको छ । नेपाली सेनाको जनहितको कार्य अन्तरगत श्री गरुडदलद्घारा नव निर्मित शरणबारी–माथागढी ऐतिहासिक पदमार्ग अन्तरगत १० लाख लागतमा ११७ मिटर सिढि र रेलिङ निर्माण गरि शुक्रबार देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव खरेललाई हस्तान्तरण गरिएको हो ।
एक कार्यक्रमका बिच मध्य पश्चिम पृतनाका पृतनापति उपरथी सुनिल श्रेष्ठ, श्री २२ नं बाहिनी अडाका बाहिनीपति सहायक रथि ललित बहादुर कुँवर, देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव खरेलले नवनिर्मिति पदमार्गको उद्घाटन गरे ।

कार्यक्रममा नगरप्रमुख खरेलले देवदह र पाल्पाको सिमामा पर्ने सामरिक महत्वको माथागढी पुग्ने पर्यटकिय पदमार्गको चरणवद्घ रुपमा काम अघि बढेको बताए । पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने गरि महत्वपूर्ण चुनौतीपूर्ण कामलाई सम्पन्न भएको भन्दै निरन्तर पुर्वाधार विकािमा जोड दिने उनले बताए । यो वर्ष पुर्वाधारकै लागि १ करोड रुपैया बजेट बिनियोजन भएको उनले बताए । देवदह नगरपालिकाले दुई वर्षअघि १५ करोड बजेटको शरणबारी–माथागढी पदमार्ग गुरुयोजना तयार गरेर काम अघि बढाएको थियो । जसमा फुटरेल, रेलिङ, प्रतिक्षालय, लाईटिङ र पिउनेपानी लगायतको ब्यवस्था रहने छ । शरणटारीदेखि ५.२ किलोमिटर दुरी रहेको छ ।

कार्यक्रममा गरुड दलका गणपती प्रमुख सेनानी दिपेन्द्र न्यौपानेले माथागढीको महत्वबारे प्रकाश पार्दै १८१४–१८१६ मा यो गढी युद्धमा प्रयोग भएको किवदन्ती रहेको बताए । गढीको उत्तरतर्फ झुम्साखोलाको किनारालाई गढबास भनिन्छ । अर्थसैनिक गण बसोबास गर्ने ठाउलाई जनाउदछ भने त्यसैगरि दक्षिणतर्फ मैदानी भाग अर्थात दाउन्ने कप्तानबास भन्ने ठाउँ पर्दछ । यी ठाउलाई स्थानिय बासिन्दाले सन १८१४–१८१६ को युद्धमा तानसेनतर्फ आक्रमण गर्न बढेको ईष्ट ईण्डिया कम्पनीका क्याप्टेन को नेतृत्वमा रहेको फिरंङी फौजलाई माथागढी क्षेत्रबाट नेपाली सैनिक स्वयंसेवी (झारा सेना) ले ढुङा, मुडा, फायरिङ गएत्रोबाट प्रहार गरि परास्त गरि फर्किएपछि ईष्ट ईण्डिया कम्पनीका कप्तानसहितको फोज थकित भई बसेको हुदा त्यसपश्चात यसलाई कप्तानबास भन्न थालेको बुझिन्छ ।

नेपाली सेनाले जनहितको कार्य गर्ने नीति अनुसार प्रदेश सरकार र स्थानिय तहसंग सहकार्य गर्दै गढी, किल्ला तथा पदमार्ग संरक्षण र संवर्द्घन गर्ने निति रहेको उनको दाबी छ । यसैगरि सेनाले जितगढी –नुवाकोट सिढि मार्ग निमार्ण, उजिरसिह थापाको पुर्णकदको मुर्ति स्थापनाको कामलाई पनि अघि बढाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np