ट्रेंडिंग:

>> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो
आज विश्व पानी दिवस

प्राकृतिक श्रोतको संरक्षणमा पहल गरौं

९ चैत्र २०८०, शुक्रबार
९ चैत्र २०८०, शुक्रबार

आज विश्व पानी दिवस । पानीको उपयोग शान्तिका लागि भन्ने नाराका साथ विश्व पानी दिवस नेपालमा पनि मनाईने कार्यक्रम छ । त्यसो त संयुक्त राष्ट्रसंघले हरेक वर्ष मार्च २२ को दिनलाई हरेक बर्ष अलग अलग नारा दिएर अन्तर्राष्ट्रिय पानी दिवस मनाउँदै आएको छ । दिवस मनाउँदै गर्दा विश्व पानीको अभावमा संकटमा पर्दै गएको छ । नेपालमै पनि हरेक बर्ष पानी अभावमा समस्या बढ्दै गएको छ । पानीका श्रोत र मुहानहरू सुक्दै गएका छन जसका कारण ठूला नदीहरू समेत संकटमा पर्दै गएका छन । जलवायु परिवर्तनका कारण हिमाल पग्लिन थालेको छ । गर्मी हरेक वर्ष बढ्दै गएको छ जसका कारण त्यसको असर नेपालको पानी अथवा प्राकृतिक श्रोतमा परिरहेको छ । नेपालमा करिव ६ हजार (साना ठूला) नदीहरू छन । ती नदीहरू मुस्किलले आधामा मात्र पानी बग्छ । पहिले नेपाललाई ८३ हजार मेगावाट विद्युत् उत्पादन गर्न सक्ने जलश्रोतको भण्डार भएको देश भनिन्थ्यो । विस्तारै यो शब्द अहिले सुनिन छाडेको छ । नारायणी, कोशी, गण्डकी, कर्णाली जस्ता ठूला नदीको जलप्रवाह पनि घट्दै गएको वातावरणवीदहरूले उल्लेख गरेका छन । प्राकृतिक श्रोतको उचित संरक्षण, सुधार र ती श्रोतबाट उत्पादित वस्तु, पदार्थ र प्राप्त सेवाले स्थानीय क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्छ तर श्रोतको सदुपयोग ठिक ढंगले हुन सकेको छैन । प्राकृतिक श्रोतको अवैज्ञानिक र अव्यवस्थित दोहन बढेको छ । जसको असर नेपालको जलवायु क्षेत्रमा परिरहेको छ । जसका कारण अनेकखाले समस्या देखापर्दैछन । पानीमात्र होइन वन जंगल र जडिवुटी लगायतका अपार संभावना भएका क्षेत्रको पहिचान र विकास गर्न नसकेको अवस्था अहिलेको यथार्थ हो । यसैगरी फलफूलको खानी पहाडी क्षेत्र र हिमाली जडीबुटीको व्यवसायीकरणको व्यवस्थापनमा समेत जटिलता छ ।

यी सवैको व्यवस्थापन र विकास हुन सके निश्चित रूपमा नेपालले केही उपलव्धि हासिल गर्न सक्छ । तर, विडम्वना यी सवैका लागि आवश्यक पानीको प्राकृतिक श्रोत नै सुक्दै गएका छन । पानी दिवसको यो अवसरमा पानीको लाागि प्राकृतिक श्रोतको संरक्षण जरुरी छ । त्यसका लागि वन जंगलको संरक्षण उत्तिकै आवश्यक छ । अर्को चिन्ताको कुरा के छ भने पानीको संरक्षणको विषयमा ठूला देशहरूले चासो र चिन्ता गर्नै छाडेका छन । यही अवस्था रहे विश्वका लागि पानी मूख्य चुनौति बन्ने अवस्था छ । विश्व पानी दिवसकै सन्दर्भमा राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा आउन सक्ने संकटलाई दृष्टिगत गर्दै भूमिगत पानीको स्रोतमा कमी हुन नदिन जलाधार क्षेत्र र गाउँ–गाउँमा रहेका आहाल, पोखरी, ताल तलैयाहरूको संरक्षण गर्न जरुरी रहेको बताउनु भएको छ । राष्ट्रपतिले भनेजस्तै सहरी क्षेत्रमा वर्षातको पानीमार्फत भूमिगत पानीको स्रोत बढाउन पूर्वाधार निर्माण गर्दा सम्बद्ध सबै पक्षले ध्यान दिन जरुरी रहेको छ । पानीको संरक्षण गर्ने हो भने देशका विभिन्न स्थानमा पोखरीहरू निर्माण गरी आकाशेपानी संकलन गर्ने र पानीका स्रोतहरूको संरक्षण गर्नेतर्फ ध्यान दिनु जरुरी छ ।

अहिलेको विश्वले त्यसैपनि जनसंख्या बृद्धि र बढ्दो सहरीकरण तथा भौतिक पूर्वाधार निर्माणको तीब्रतातर्फ ठूलो चुनौतिको सामना गर्नुपरिरहेको छ । वनजङ्गल तथा प्रकृति विनाशका कारण पानीका स्रोतहरू नष्ट भइरहेको छ । अव्यवस्थित बस्ती र बढ्दो औद्योगिकीकरणका कारणले जमिनमुनिको पानीसमेत प्रदूषित हुँदै गएको छ । जसका कारण प्राणी जगतका लागि प्रकृतिले दिएको वरदान पानीका स्रोतको संरक्षण गर्नु आजको दिनमा मानव सभ्यताका लागि चुनौती बनेको छ । अव पानीको स्रोत संरक्षण गर्दै पर्यावरणको सन्तुलनमा ध्यान नदिने हो भने एकदिन विश्वले पानीकै लागि ठूलो संघर्ष गर्नुपर्ने अवस्था आउन सक्छ । तसर्थ दिवसकै अवसरमा नेपालले समेत भोलिको काकाकुलको अवस्थाबाट मुक्तिका लागि अहिलेदेखि नै पानी संरक्षणतर्फ पहल गर्नैपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?