ट्रेंडिंग:

>> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो

सरकारको साझा कार्यक्रम नतिजामा देखियोस्

८ चैत्र २०८०, बिहीबार
८ चैत्र २०८०, बिहीबार

सत्तारुढ पाँचदलीय गठबन्धनको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प कार्यक्रम मंगलवार सार्वजनिक भएसंगै एकपटक जनतामा आशाको सञ्चार भएको छ । मंगलबार प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित न्यूनतम कार्यक्रम सार्वजनिक गरिएपछि सरकारले कम्तिमा एक कदम फडको मार्ने अपेक्षा गरिएको छ । न्यूनतम साझा कार्यक्रमको नीति तथा कार्यक्रममा संविधानको मर्म र भावनाविपरीत राज्यसञ्चालनमा देखिएका विचलन रोकी संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विद्यमान आर्थिक शिथिलता, दण्डहीनता एवं व्यावसायिक निराशालाई चिर्दै जनतामा राज्यप्रति आशा र भरोसा पैदा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । सरकारले विभिन्न १३ मुख्य क्षेत्रलाई प्राथमिकता राखिएको छ । यो सकारात्मक छ । सरकारले आर्थिक शिथिलता अन्त्य गर्ने, वित्तीय संस्थालाई बिसङ्गती मुक्त बनाउने, सार्वजनिक संरचना सुधार गर्ने, छरितो सेवा प्रवाहसँगै सुशासन कायम गर्ने, काम–रोजगारी–उद्यमशीलता र स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई व्यवस्थित गर्ने, भौतिक पूर्वाधार विकास र अन्तर–निकाय समन्वयलाई प्रभावकारी तुल्याउने, ऊर्जा विकास एवं सूचना र सञ्चार नीतिगत व्यवस्था गर्ने विषय न्यूनतम कार्यक्रममा उल्लेख गरिएको छ । कार्यदलले प्रस्तुत गरेको न्यूनतम साझा कार्यक्रममा उल्लेख भएका बिषयबस्तु कार्यान्वयन हुने हो भने अहिले देश सिंगापुरको बाटोमा अघि बढ्थ्यो तर यी कार्यक्रम र प्राथमिकता अहिलेसम्म क्षणिक बन्दै आएका छन् । सरकारले भने अनुसारको काम भएको भए नेपालले अहिलेको दुर्गती भोग्नुपर्ने थिएन । तसर्थ सरकारको यो कार्यक्रमपनि विगत सरकारकै निरन्तरता हो । यो कार्यक्रम पनि पुरानो सिलिण्डरमा नयाँ अक्सिजन नबनोस् । एक बर्ष अघि पुरानो गठबन्धनको नेतृत्व गर्नुभएका अहिलेकै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दा अहिलेकै जस्तै प्राथमिकता निर्धारण गर्नुभएको थियो । हरेक नयाँ सरकारले आफ्ना नीति तथा कार्यक्रम प्राथमिकता निर्धारण गर्छन तर कार्यान्वयनमा भने कमजोरी गर्छन । जसको फल नेपाल र नेपाली जनताले भोग्दै आएका छन । आशा गरौं कम्तिमा यो सरकारले काम गर्ने शैलीमा विगतको भन्दा फरकपन प्रस्तुत गरोस् । सरकार हुनुको प्रमाण सरकारको काम र नतिजामा देखियोस् ।

गत बर्ष प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा गठन भएको नयाँ सरकारले राहदानी, लाईसेन्स, राष्ट्रिय परिचयपत्र लिन जनता लाईन बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने प्रतिवद्धता जनाएको थियो । तर, सरकारको उक्त प्रतिवद्धता कार्यान्वयन हुन नसकेको अवस्था छ । अहिले हरेक कार्यालयमा उही लाईनको सास्ती छ । खासगरि यातायात र मालपोत तथा नापी कार्यालय, अध्यागमन कार्यालय, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय मातहतका निकायमा जनताले सास्ती पाएकै छन । सरकारको प्रतिवद्धता प्रधानमन्त्री आफै विर्सिएको अवस्था छ । नागरिकहरूको प्रत्यक्ष सरोकार जोडिएको विषयमा पनि सरकारले पर्याप्त ध्यान दिएको पाइँदैन । विगतको सरकारले पटक–पटक स्मार्ट लाइसेन्स छोटो समयावधिभित्र नै वितरण गर्ने प्रतिबद्धता गरे पनि कार्यान्वयनमा भने आउन सकेको छैन । छिटो, सहज र सरल ढंगबाट नागरिकहरूले प्राप्त गर्नुपर्ने स्मार्ट कार्ड प्राप्त गर्न सकेका छैनन् । स्मार्ट लाइसेन्स लिनको लागि महिनौं दिन कुर्नुपर्ने बाध्यता अहिलेपनि कायमै छ । त्योमात्रै होइन राहदानी वनाउन राजधानी जानुपर्ने बाध्यताको अन्त्य हुन सकेको छैन । तसर्थ यो कार्यक्रम पनि विगत सरकारको कार्यक्रमको निरन्तरता नबनोस् । जनताले अनुभूति गर्ने गरि सरकारको काम अघि बढोस् । जनताले सास्ती पाउने अवस्थाको अन्त्य होस् । सरकारको कार्यक्रमले यसपटक कम्तिमा क्रमभंग गरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np