ट्रेंडिंग:

>> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो

खुसी दिवसमा सामाजिक क्षेत्रको अभियान

७ चैत्र २०८०, बुधबार
७ चैत्र २०८०, बुधबार

‘रूपान्तरित परिवर्तनका लागि साझा भविष्य’ भन्ने नाराका साथ साामजिक कार्य दिवस मनाइएको छ । आज खुसी दिवस हो । दुई दिवस एक दिनको फरकमा परेका छन तर दुवैको सार र उद्देश्य भने समान छ । सामाजिक काममा अझै जागरुकता, इच्छाशक्ति र अभिप्रेरणा मिलोस भन्ने उद्देश्यले मनाईने हरेक बर्ष चैत ६ गते मनाइने यो दिवसले सार्थक सन्देश दिने प्रयास गरेको छ तर धेरै कमलाई मात्रै यो दिवसको महत्वका बिषयमा जानकारी हुँदा यो दिवस ओझेलमा पर्दै आएको छ । सामाजिक सेवा दिवसले सामाजिक कार्यमा उत्कृष्ट अभ्यासहरू प्रवद्र्धन गर्दै सामाजिक न्याय, मानव अधिकार र सामाजिक विकासको वकालत गर्छ । यो दिन सामाजिक कार्यकर्ताहरू र सामाजिक सेवा क्षेत्रमा रहेका अन्य व्यक्तिहरूका लागि आफ्ना उपलब्धिहरू चिनाउने अवसर हो । निश्चितरूपमा पछिल्लोसमय सामाजिक सेवाको काममा त्यति ध्यान जान नसकेको परिस्थितिमा यो दिवसले फेरिपनि समाजमा केही योगदान गर्छु भन्नेहरूका लागि हौसला प्रदान गर्नेछ । सामाजिक क्षेत्रलाई राष्ट्रिय गौरव मानिएको छ । वास्तवमा सेवाको भाव आफैमा महत्वपूर्ण छ । सामाजिक सेवा कार्यमा समर्पितहरू राष्ट्रिय गौरव नै हुन । किनभने सामाजिक सेवाको कार्यले उद्यमशीलता बढाउन मद्दत मिल्छ र त्यसबाट नै सम्मृद्धि हासिल गर्न सकिन्छ भन्ने कुरामा विमति छैन । समाजमा योगदानको हिसावले उद्यम रूपान्तरणको महत्वपूर्ण माध्यम हो ।

सामाजिक क्षेत्रमा योगदान गर्छु भन्नेहरूलाई राज्यले समेत दुःख दिएको धेरै घटना छन । देशकै लागि योगदान गर्छु भन्नेहरूलाई बेलाबेला हतोत्साही गर्ने काम भएको कतैबाट लुकेको छैन । अर्को महत्वपूर्ण पक्ष के छ भने सामाजिक कार्य दिवस खुसीसंग पनि जोडिएको छ । सामाजिक कामले वास्तवमै खुसी र सन्तुष्टी दिन्छ । सामाजिक कार्य दिवसको एक दिनपछि पर्ने खुसी दिवसले पनि यही सन्देश दिनुपर्दछ । आज मानिस हरेक क्षेत्रबाट दुःखी भैरहेको बेला सामाजिक कार्यबाट खुसी मिल्नेगरी अघि बढ्न सकेको अवस्थामा निश्चितरूपमा त्यो समाजकै लागि उपलब्धि हुनेछ । आज खुसी दिवस हो । मार्च २० तारिख संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय खुसी दिवस हो । यो दिवसले खुसी हुन पाउनु पनि आधारभूत मानव अधिकार हो र खुसी हुनु जरुरी छ भन्ने कुराको बोध गराएको छ । सन् २०११ मा संयुक्त राष्ट्र महासभाले एक प्रस्ताव पारित गर्दै खुसीलाई मानव जीवनको आधारभूत मानव लक्ष्य बनाउँदै खुसीलाई आर्थिक अवसर जत्तिकै प्राथमिकता दिन आव्हान गरेको हो । चिन्ताको कुरा के छ भने २०२२ मा अन्तर्राष्ट्रिय खुसी दिवस अघि जारी गरिएको उक्त वर्षको विश्व खुसी प्रतिवेदन २०२२ को १० औँ संस्करणमा नेपाल ८४ औँ स्थानमा छ । भन्नुको तात्पर्य नेपाल विश्वको खुसी हुने देशको ८४ औं स्थान तल छ । यसले के संकेत गर्छ भने नेपालका जनता अझैपनि खुसी हुने बिन्दुको शीर्षस्थानमा पर्न सकेका छैनन् । अहिले मानिस अनेकौं दुःख, पीडा, शोक र चिन्तामा छ । तसर्थ अब असहज अवस्थामा पनि खुसी हुनेतर्फ प्रयास गर्नुपर्दछ । जति खुसी हुन सक्यो त्यति स्वस्थ्य बन्न मद्दत पुग्छ । तसर्थ सामाजिक कार्य दिवससंगै खुसी दिवसको अवसरमा खुसी हुने प्रयत्न गरौं । खुसी नै सम्पत्ति हो र जीवनपनि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np