ट्रेंडिंग:

>> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो

जघन्य अपराधको निसानामा महिला

६ चैत्र २०८०, मंगलवार
६ चैत्र २०८०, मंगलवार

प्रेम, गरिवी, अशिक्षा र अज्ञानताका कारण महिलामाथि हिंसाजन्य ज्यादतीका घटना पछिल्लोसमय बढ्दै गएको छ । काठमाण्डौंमा सुष्मा तामाङको हत्या प्रेम स्वीकार नगर्दा भएको छ । प्रेम अस्वीकार गर्दा युवती तथा महिलाहरूमाथि जघन्य र बर्बर हत्यासम्मको अपराध बढ्दै गएको छ । यसले नेपाली समाज विस्तारै अपराधजन्य मनोबृत्तितर्फ बढ्दै गएको पछिल्ला केही घटनाले स्पष्ट गरिसकेको छ । सिरहामा प्रेम अस्वीकार गरेकै कारण नसकै हत्या भयो । धरानमा पनि उही अवस्था दोहोरियो । प्रेम असफलताको नाममा युवतीहरूमाथि संदिग्ध तरिकाले हिंसा बढेको छ । यी केही उदाहरणमात्र हुन । विगतमा एसिड आक्रमणका घटनामा पनि युवती तथा महिलाहरू निसानामा परेकै हुन । पुरुषले प्रस्ताव गरेपछि चाहना नहुँदापनि जबरजस्ती प्रेम स्वीकार नगरे आईपर्ने कुनैपनि परिस्थितिको सामना गर्न युवतीहरू बाध्य हुनुपर्ने अवस्था सिर्जना भएको छ । यसले गंभीर चिन्ता थपिदिएको छ । नेपालका जुनकुनै क्षेत्रमा पनि यस प्रकारका घटना दोहोरिईरहेका छन । जसका कारण युवतीहरू हिंसाको शिकार हुन बाध्य भैरहेका छन । यो गंभीर बिषयमा अव सोच्नुपर्ने स्थिति आएको छ । होइन भने यस प्रकारका जघन्य र बर्बर घटनाको निसानामा थप चेलीहरू पर्नुपर्ने बिबसता आउनसक्छ । प्रेम प्रस्ताव अस्वीकार गरेकै नाममा मौका छोपेर ढुकेर हत्या गर्ने जुन अपराधजन्य घटना बढिरहेको छ, यसले नेपाली चेलीहरूको सुरक्षामा चुनौति थपेको छ । धरानमा राती शौच गर्न बाहिर निस्किएको बेला एक युवतीको हत्या भयो । अनुसन्धानमा युवतीले प्रेम अस्वीकार गरेकै कारण उनको हत्या भएको उनका प्रेमीले स्वीकार गरे । आखिर मानिसमा किन यतिधेरै राक्षसी प्रवृत्ति बढिरहेको छ ? नेपाल सरकारले यो बिषयमा बहस, चिन्तन वा फरक प्रकारको अनुसन्धान नै गर्नुपर्ने अवस्था देखिएको छ । यो गंभीर प्रकृतिको अपराधको घटना यसरी नै बढिरहने हो भने नेपाली समाज बिद्रुपताको निशानामा पर्ने निश्चित छ ।

अर्कोतर्फ सामान्य विषयमा पनि ठूलो अपराधका श्रृंखला बढ्दै गएको छ । जग्गा विवादको कुरादेखि केटी जिस्काउने तथा घरायसी झगडामा हत्यासम्मका घटना भैरहेका छन् । बर्षौंसम्म मिलेर बसेर परिवार क्षणभरमै ध्वस्त भएको घटना बढ्दै गएका छन । क्षणिक आबेग र रिसमा पारिवारीक संरचना नै खण्डित भएको उदाहरण छन् । त्यसैगरी दाजुभाई वीचको सम्वन्धमा सामान्य विषयले पछिल्लोसमय अपराध जन्माउने गरेको छ । यो श्रृंखलामा बढी महिला नै प्रताडित र प्रभावित हुनुपरेको छ । अपराधका पछि गरिबी, अशिक्षा, अज्ञानता र अन्धविश्वास मूख्य कारण मान्ने गरिएको छ । महिलामाथि घरेलु हिंसाको चरम यातना त छँदैछ त्यसका साथै बलात्कार, अपहरण र हत्याको भार थामिनसक्नु छ । दाइजो नल्याएको निहुँमा जिउँदै जलाउने, छोरी जन्माएको निहुँमा, आफ्नो श्रीमानद्वारा बहु–विवाह गरी यातना दिनेलगायत बोक्सीको नाउँमा महिलालाई थप प्रताडित गर्ने कामले समाज असुरक्षितमात्र होइन बिश्रृंखलित पनि वन्दै गएको छ । दाइजो नल्याएको निहुँलाई आधार बनाएर महिलालाई जिउँदै/जलाउने मार्ने जस्ता घटनाहरू त सामान्य भइसकेका छन् । महिला अधिकारको नारा चर्को स्वरमा उठिरहँदा पनि महिलामाथि हुने हिंसा रोक्ने पहल हुन नसक्नु चिन्ताजनक बिषय हो । यो विषयमा गंभीर ढंगले चिन्तन गर्नु जरुरी छ । अपराधजन्य घटना कुनैपनि अवस्थामा स्वीकार हुन सक्दैन । यसमा संलग्नमाथि कडा कानुन बनाएरै भएपनि नियन्त्रण जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?