ट्रेंडिंग:

>> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो

गर्मीसँगै डढेलोले निम्त्याउँदै क्षति

५ चैत्र २०८०, सोमबार
५ चैत्र २०८०, सोमबार

हरेक वर्ष गर्मीयाम शुरू भएसँगै आगलागीका घटनामा ठूलो जनधनको क्षति हुने गरेको छ । यो बर्ष गर्मी सुरु नहुँदै आगलागीका घटना सुरु भएका छन । पाल्पा जिल्लाको रिब्दीकोट ४ भैरवस्थान नजिक भएको आगलागी तीन दिन अघि मुस्किलले नियन्त्रणमा आएको छ । पूर्व भोजपुरको एक गाउँ नै सखाप हुनेगरी आगलागी भएको छ । नेपालगञ्जमा भएको आगलागीले करोडौंको क्षति पुगेको छ । शनिवार रातीमात्रै रंगेलीमा भएको आगलागीमा तीन बालबालिकाको मृत्यु भएको छ । २५ घर परिवार आगलागीको चपेटामा परेका छन । यस प्रकारका घटनामा पछिल्लोसमय मानवीय क्षति बढ्दै गएको छ । भोजपुरको हतुवागढी गाउँमा आगलागी हुँदा तीन बालिकाको मृत्यु भएको छ । गर्मी सुरु नहुँदै सुरु भएका आगलागीका घटनाले चिन्ता थपेको छ । आगलागी न्यूनीकरणका लागि बेलैमा सचेतना नअपनाउँदा ठूलो घटनाको रूपमा देखिने गरेको छ । आगलागीका कारण निजी सम्पत्ति मात्र हैन, सार्वजनिक स्रोत–साधनको समेत नोक्सान हुने गरेको छ । विशेषगरी फागुनदेखि जेठसम्म हावाहुरीका साथै मौसमी तापक्रम बढ्ने भएकोले यो समयमा आगलागीका घटना धेरै हुने गरेको छ । आगलागीका घटनामा क्षति बढ्नुमा समय–समयमा पानी नपर्नु, पानीका मुहान सुक्दै जानु, अव्यवस्थित बसोबास बढ्नु, आगलागीपछि तत्काल नियन्त्रणको लागि सक्रियता बढाउन नसक्नु, सीमित स्रोत–साधनको भरमा आगो नियन्त्रणको प्रयास गर्नुपर्ने बाध्यतजस्ता थुप्रै कारण छन् । विगतमा भएको आगलागीका घटनालाई केलाउने हो भने धेरैजसो सानो मानवीय गल्तीका कारण आगलागी हुने गरेको पाइन्छ । गाउँघरमा खाना पकाइसकेपछि लापरबाही तरिकाले आगो छोडिदिने, गोठमा गाईवस्तुको सोतर सफा नगरी कुँडो पकाउने र आगोलाई त्यत्तिकै छोडिदिने, खेतबारीमा झाडी सफा गर्ने नाममा जथाभावी आगो बाल्ने, राम्ररी घाँस पलाउँछ भनेर कान्लामा आगो लगाउने, अरिङ्गाल पोल्नेजस्ता कार्य गर्दा आगो फैलिएर अनियन्त्रित भएको पाइन्छ ।

पछिल्लो समय विद्युत् प्राधिकरणले विद्युतको पोल तथा लाइनको नियमित मर्मतसम्भार नगर्दा पनि कतिपय ठाउँमा विद्युत् सर्ट भई आगलागीका घटना हुने गरेको छ । साथै बाक्लो बस्तीमा अव्यवस्थित फर्निचर उद्योगहरू सञ्चालन हुँदा पनि आगलागीका घटनामा धेरै नोक्सानी भएको छ । साँगुरो बाटो, बाक्लो बस्ती, समयमा अग्निनियन्त्रक यन्त्र पु¥याउन नसक्नुको कारणले पनि शहरी क्षेत्रमा आगलागीले बढी क्षति पु¥याएको छ । यस विषयमा पनि अव सचेतनामात्रै होइन नियन्त्रणको उपायको आवश्यकता छ । अर्को कुरा, आगो नियन्त्रणका लागि पानीको समस्या प्रमुखरूपमा गाउँ–शहर जताततै रहेको छ । धेरैजसो आगलागीका घटना सानो मानवीय गल्तीका कारण हुने भए पनि आमनागरिक सचेत हुन सकेका छैनन् । घटना घट्नुअघि नै सचेतना अपनाई आगलागीका घटनाबाट बर्सेनि हुने ठूलो जनधनको क्षति न्यूनीकरण गर्नुपर्छ । खासगरी अहिले हरेक पालिकामा बारुणयन्त्रको व्यवस्था गरिएको छ । बारुणयन्त्र नभएका पालिकाहरूले समेत गर्मी याममा बारुणयन्त्रको व्यवस्था गर्नुपर्दछ । फागुनको अन्तिम र चैतको सुरुवातमै भैरहेका यस प्रकारका आगलागीका घटनाले बैशाख र जेठमा झनै जोखिम बढाउने संकेत गरेको छ । तसर्थ अहिलेदेखि नै आगलागीका घटना नियन्त्रण तथा सचेतनामा आम जनसमुदायको ध्यानाकर्षण जरुरी छ । सवैभन्दा पहिलो प्राथमिकता आगलागी हुनै नदिने हो र कथंकदाचित भैहालेपनि छिटोभन्दा छिटो नियन्त्रण गर्ने र मानवीय क्षति हुन नदिनेतर्फ ध्यान दिनु जरुरी छ । त्यसका लागि संघीय सरकार भन्दा पनि स्थानीय पालिकाहरूले आगलागीका घटना नियन्त्रणमा प्रभावकारी संयन्त्रको निर्माणमा जोड दिनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?