ट्रेंडिंग:

>> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस >> युवा उद्यमी मञ्चले पहिलो बि ट बि कनेक्ट २०२४ आयोजना गर्दै >> मोर्डन डाइग्नोष्टिक र टेस्ला फार्मेसीको शाखा बुटवलमा >> विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी बाहेक अरुलाई तत्काल फिर्ता बोलाउन गृहको निर्देशन >> प्रदूषित सहरमा काठमाडौं फेरि विश्वकै ‘नम्बर वान’ >> नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक >> चैते धानमा किसानको आकर्षण >> आजदेखि देशभर कक्षा १२ परीक्षा, ३ लाख ९० बढी परीक्षार्थी >> अर्घाखाँचीमा आगलागीबाट १०३ घरगोठ जले >> वाइवाइ चाउचाउमा अखाद्य तेल प्रयोग, काठमाडौं महानगरले ग-यो जरिवाना >> सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति >> जोखिम बन्दै औलो, नियन्त्रणमा चुनौति >> औलोको उच्च जोखिममा लुम्बिनी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो

विश्व उपभोक्ता अधिकार दिवस

२ चैत्र २०८०, शुक्रबार
२ चैत्र २०८०, शुक्रबार

उपभोक्ताको अधिकार संरक्षण गरौं भन्ने नाराका साथ आज विश्व उपभोक्ता अधिकार दिवस मनाईदैछ । सन् १९६२ मार्च १५ को दिनमा तत्कालीन अमेरिकी राष्ट्रपति जोनएफ केनेडीले सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरेका थिए । उनले घोषणा गरेका चार कुरालाई ऐतिहासिक उपभोक्ता अधिकार मान्दै उक्त दिनको सम्झनामा विश्वभर मार्च १५ तारिखमा यो दिवस मनाउने परम्परा छ । दिवस मनाउँदै गर्दा उपभोक्ताको अधिकारको सवाल भने सधै गौण नै हुने गरेको छ । त्यसमाथि नेपालमा भने उपभोक्ताको अधिकारले कहिलेपनि प्राथमिकता पाएन । हरेक कुरामा उपभोक्ताको स्वास्थ्यमाथि ख्याल नगरि गुणस्तरहीन सामाग्री, अखाद्य बस्तुको बिक्री र पेट्रोलियममा मूल्यबृद्धि हुने गरेको छ । यी कुनैपनि कुरामा उपभोक्ताको स्वास्थ्य, चासो र चिन्तातर्फ ध्यान दिइएन् । सन् १९८५ मा संयुक्त राष्ट्रसङ्घको साधारण सभाबाट आठ अधिकारसहितको अनुबन्ध पारित भएको छ । यो विश्वका अन्य मुलुकमा लागू भएको होला तर नेपालमा भने लागू भएको अवस्था छैन । उपभोक्ता संरक्षण ऐन २०५४ को दफा ६ बमोजिम वस्तु वा सेवा खरिद तथा उपभोग गर्ने प्रत्येक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति गरिएको छ । त्यसमा उपभोक्ताका आठ अधिकारमा सुरक्षा, सूचित, छनोट, सुनुवाइ, उपभोक्ता शिक्षा, क्षतिपूर्ति, आधारभूत आवश्यकतामा पहुँच र स्वच्छ तथा स्वस्थ वातावरणको अधिकार छन् । तर, ती नेपालमा अहिलेसम्म कागजमै सीमित भएका छन ।

नेपालमा २०४६ यता अहिलेसम्म बनेका सरकारले उपभोक्तामाथि घात गर्दै आएका छन । अर्थात सरकारको नजरमा उपभोक्ताको अधिकार कहिल्यै पनि प्राथमिकतामा पर्ने गरेको छैन । हरेक सरकारले जनतालाई राहतको सट्टा कर थोपरेर उल्टै उपभोक्ताको अधिकारमाथि हस्तक्षेप गरिरहेका छन । कुनैपनि बस्तुको मूल्य घटेर आउँदा समेत मूल्य नघटाउनु सरकारको गैरजिम्मेवारीमात्र होइन जनताप्रतिको उदासिनता पनि हो । सरकारले जनताको समस्या नसुनेको भान गरिरहेको छ । यो कुनै दलको सरकारको कुरामात्र होइन, नेपाली जनताले हरेक सरकारबाट यही प्रताडना भोग्दै आएका छन । तसर्थ अव उपभोक्ता अझै सचेत नभैकन सरकारले सुन्ने अवस्था छैन । उपभोक्तालाई सचेत र जागरूक गर्ने दायित्व सरकार तथा वस्तु वा सेवा उत्पादन, आयात, सञ्चय वा बिक्री गर्ने प्रदायकहरूको हो तर नेपालमा उल्टो भैरहेको छ । उपभोक्ता आफैले सरकार वा सम्बद्ध निकायलाई सचेत वनाउनु पर्ने अवस्था छ । अर्थात अचाक्लीले सिमा नाघेपछि उपभोक्ता सडकमा आउनुपर्ने अवस्था नेपालमा परम्परा नै बन्दै आएको छ । उपभोक्ता बजारका सार्वभौम हुन् । त्यसैले उपभोक्ताको अधिकार रक्षामा ध्यान दिनु जरुरी छ । नेपालमा सरकारबाटै उपभोक्तामाथि कति खेलवाड हुन्छ भन्ने उदाहरण पेट्रोलियम पदार्थमा चार चारपटक मूल्य घटेर आउँदा पनि मूल्य नघटनु पछिल्लो उदाहरण हो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेका कारण नेपालमा पनि बढाउनु परेको बाध्यता सुनाउने नेपाल आयल निगम लगातार चौथोपटक मूल्य घटेर आउँदा समेत समायोजनमा बेवास्ता गरेको कुरा एक बर्ष अघिको उदाहरण सम्झिए पुग्छ । इन्धनमा स्वचालित मूल्य प्रणाली लागू गरेको बताउने निगम मूल्य बढ्दा बढाउने र घट्दा घटाउने गरिएको नाटक गर्दछ । उपभोक्ता आयल निगमजस्तो सरकारकै अंगबाट ठगिएको अवस्था छ भने अरू क्षेत्रबाट उपभोक्ता कति प्रताडित होलान ? अतः उपभोक्ता अधिकार दिवस मनाउँदै गर्दा अव उपभोक्ताको अधिकारका लागि सशक्त आवाज उठाउने बेला आएको छ । यसतर्फ पहल जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np