ट्रेंडिंग:

>> युसीएमएस भैरहवाको २५ औं साधारणसभा >> इन्जिनियरिङ कलेज घोटाला प्रकरणमा लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद, २५ करोड जरिवाना >> भूमहीमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाईते >> राजपुरमा भीषण आगलागी, २५ घर–गोठ जलेर नष्ट >> बेलबास–बेथरी सडक निर्माण छिटो सक्न संघर्ष समिति गठन >> इलाम २ मा कांग्रेसको शुरुवाती अग्रता, रास्वपा चौथो >> लुम्बिनी केबलकार भोलि र पर्सी बन्द रहने >> पराल बोकेको ट्याक्टरमा आगलागी >> नेपाललाई वेस्ट इन्डिजले दियो १ सय ६१ रनको लक्ष्य >> चीनद्वारा नेपाली नागरिकलाई भिसा निःशुल्क >> सुरु भयो इलाम–२ को मतगणना >> टस हारेपछि नेपालले फिल्डिङ गर्दै >> मेयर बालेनको परोपकारी घोषणा : देशभरका गरीब र अशक्तलाई काठमाडौंमा निशुल्क उपचार >> काठमाडौं तेस्रो लगानी सम्मेलन सुरू,९ खर्बका १५१ परियोजना शोकेसमा >> युट्यूब हेरी आफैले बनाएको हतियार पड्कन गई बाँकेमा एक बालक घाइते >> गुल्मीमा मलामी बोकेको जीप दुर्घटना, एक जनाको मृत्यु १२ घाइते >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच आज दोस्रो खेल हुँदै >> आजदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन >> आज ७ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै >> लुम्बिनीसहित ६ प्रदेशमा हावाहुरी र वर्षाको संभावना >> रोटरी बैठकमा साहित्यको चर्चा >> भ्रुण पहिचानको नाममा बढ्दै अपराध >> भण्डारीको उदाहरणीय कृषि कर्म ‘उत्पादन खोज्दै पुग्छन् उपभोक्ता’ >> नाच्न नजान्ने, आँगन टेढो ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> नाडा लुम्बिनीको क्यालेण्डर बिमोचन तथा शुभकामना आदानप्रदान >> चिकित्सा अभ्यास र अनुभवको आदानप्रदान >> ‘युगद्रष्टा दिवाकर ज्ञवाली स्मृतिग्रन्थ’ लोकार्पण >> इलाम–२ मा ६९ हजार २ सय ८७ जनाले गरे मतदान, आजै रातिबाट मतगणना >> डढेलोले लिंदै कर्णालीबासीको ज्यान : दुई महिनामा ७ जनाको मृत्यु >> संसद छलेर अध्यादेश ल्याएकोमा कांग्रेसको आपत्ति >> नेपालद्वारा वेष्ट इण्डिज ४ विकेटले पराजित >> उद्योग व्यापार संघको रक्तदानमा ४० पोइन्ट रगत संकलन >> शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ प्राथमिक शिक्षक >> इलाम २ र बझाङ १ (१) को मतदानमा मतदाताको उपस्थिति उत्साहजनक >> रोटरी क्लब सिद्धार्थनगरद्वारा शक्ति गौचनसहित चारजना सम्मानित >> नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि >> पश्चिमी वायुको प्रभाव : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना >> इलाम र बझाङमा आज मतदान हुँदै >> पढ्दै, सिक्दै, रमाउँदै >> बर्दिया र बाँके यात्राका रमाईला पलहरु… >> बाबु–छोराको ‘टेनिस टेक्निक’ >> अमृतलाललाई तेल मिलको रस >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ‘लुम्बिनी प्रादेशिक अस्पतालमा अपाङ्गता भएका व्यक्तिलाई प्रथमिकता’ >> भुतुङ्ग–छापचौर तराई सम्पर्क समाजको शुभकामना आदानप्रदान >> ‘बुक लेस फ्राइडे’ मा पामिरका विद्यार्थीको ऐतिहासिक नुवाकोट भ्रमण >> सार्वजनिक खरिद सूचनाहरू पत्रिकामा अनिवार्य छाप्नुपर्ने (फैसलाको पूर्ण पाठसहित) >> ‘सहकारी ठगी’मा पक्राउ परेका दिपेश पुन रिहा >> आगलागी पीडितलाई तत्काल राहत देऊ : कांग्रेस

जनयुद्धकालीन डायरीहरुमाथि बुटवलमा संवाद

२७ फाल्गुन २०८०, आईतवार
२७ फाल्गुन २०८०, आईतवार

बुटवल ।

पत्रकार मनऋषि धितालद्वारा लिखित जनयुद्धकालीन डायरीहरुमाथि आज बुटवलमा सम्वाद गरिएको छ । जनयुद्धको अवधिमा पत्रकार धितालले लेखेका डायरीहरुलाई गुफा भित्रका चिट्ठी, जेलयात्रा, बेनी यात्रा, आधार यात्रा, राजमार्ग यात्रा, पिलि यात्रा र गण्डक यात्राको नाममा पुस्तकको रुप दिइएको छ ।

आफुले जनयुद्धमा देखेका भोगेका र जनयुद्धमा भेटेका पात्रहरुका कुराहरुलाई पुस्तकमा यथार्थ लिपिबद्ध गरिएकाले यी पुस्तकहरुमा जनयुद्धको वास्तविक रुप देख्न सकिने लेखक धितालले बताए । “मेरा ४६ वटा डायरीमा जे समेटिएका छ्न । ती दुरुस्त किताबमा छ्न , जनयुद्धको इतिहास लिपिबद्द गर्ने उद्देश्यले प्रकाशन रुपमा ल्याएको छु यी डायरीहरु बचाउने जिम्मा तपाईंहरुको हो । “ उनले भने । उनको डायरीहरुमा नेपाली समाजका राजनीतिक र बलिदानका गाथाहरु र प्रेस स्वतन्त्रता र अन्दोलनहरुलाई लिपिबद्ध गरिएको छ । अभिव्यक्ति स्वतन्त्रताको बिषयहरु यो डायरीमा समाबेश गरिएको छ । डायरीमा युद्धको प्रत्यक्ष गतिबिधिहरुको सुक्षम ढङगले लेखिएको छ । माओवादी आन्दोलनको दस्ताबेजको एक रुप पनि भएको उनले बताए ।

वरिष्ठ साहित्यकार, पत्रकार एवं अधिवक्ता दिल साहनीको अध्यक्षतामा बुटवलमा भएको संवादमा यस क्षेत्रका सहित्यकार, पत्रकार एव राजनीतिक दलका नेताहरुले जनयुद्धले समाजमा सकारात्मक प्रभाव पारेको र राजनीतिक परिवर्तन ल्याएकोमा कुनै दुईमत नभएकोमा जोड दिएका थिए । उनीहरुले लेखकको जनयुद्धको भोगाइ पुस्तकको रुपमा पाउनुले जनयुद्धको सकारात्मक र नकारात्मक पाटोको उजागर हुने पनि उनीहरुले बताए ।

कार्यक्रममा वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईं, मदनलाल पौडेल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का जिल्ला संयोजक नारायण जिसी निर्मल, प्रदेश समिति सदस्य सुजित बिक, साहित्यकार तथा पत्रकार गुरुदत्त ज्ञवाली, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, प्रेस सेन्टर नेपालका लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष रुद्रहरि कुँवर, पुस्तकका सम्पादक राजकुमार कुँवर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?