ट्रेंडिंग:

>> कोशीको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त >> साउदी हज यात्रामा कडाई, अढाई लाख जरिवाना >> निजी क्षेत्रको मनोबल उच्च बनाउने वजेट आउंछ : अर्थमन्त्री >> नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन सबै पुल आउँदाे कात्तिकसम्ममा सञ्चालन गर्ने तयारी >> ५२ सांसदको हस्ताक्षरसहित कोशीको मुख्यमन्त्रीमा कार्कीको दावी पेश >> रोहिणीबाट जाँदै गर्दा श्रीप्रसादले भने–गैंडहवामा पनि थप उर्जाका साथ काम गर्छु >> बुटवलको बैदवार फार्मेसीका सञ्चालक पक्राउ (भिडियोसहित) >> रेडक्रस दिवसमा अभिमुखीकरण >> तीर्खा लाग्यो ? अब कोल्ड ड्रिंक्सको साटो बोतलको मही ! >> काफल बेच्न भ्याई नभ्याई >> कांग्रेस संसदीय दलको बैठक आज बस्दै >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> कोशीमा २ दिनभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान >> चुच्चे नक्साभित्र भारतको गिद्दे नजर >> राष्ट्रिय अर्थतन्त्र निर्माणका चुनौति >> खानेपानी बोक्न दिनभर एक जना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> घुम्ती शिविरबाट न्याय >> गृहसचिवले गरे विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन >> वार्षिक ८० लाखको तरकारी र फलफुल बेच्दै देवदह ग्रीन एग्रो >> न्यु होराईजन र बुद्ध पब्लिक फाईनलमा >> सन्दिपलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन >> स्वार्थी व्यक्तिका कारण पार्टीलाई क्षति पुग्यो, अव गुट बनाउने छुट कसैलाई छैनः केपी ओली >> स्वर्ण पदक विजेता बास्केटबल टिमलाई लुम्बिनी प्रदेशबाट ५१ हजार सहयोग >> वनमा आगो : वन्यजन्तु घरमा >> घातक रोग लागेकाबाहेक देशभरका शिक्षकहरूको काज सरुवा फिर्ता हुने >> नवनिर्वाचित सांसद सुहाङले गरे सपथग्रहण >> सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्- प्रधानमन्त्री >> पश्चिम नवलपरासीमा चट्याङ लागेर २९ वर्षीया महिलाको मृत्यु >> पार्टी विभाजनविरुद्ध जसपा नेपाल अदालत जाने >> ईमा एफसीलाई उपाधि >> निःशुल्क सीपः सीपसँगै जागिरको अवसर >> खडेरी पछिको बर्षाले किसान खुसी >> ‘जो सन्तानका लागि पलपल मर्न तयार हुन्छिन्’ >> विश्व रेडक्रस दिवस >> भ्रष्टाचार नियन्त्रण र सुशासनको सन्दर्भ >> आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन >> अस्ताय प्राज्ञिक व्यक्तित्व भट्टराई >> ‘कप्तानकी आमा’ >> न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षाको संभावना >> पशु कल्याण मापदण्ड लागु गरे उत्पादन वृद्धि हुने >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद, साढे ४६ करोड असुल गरिने >> सामाजिक विभेदको  पराकाष्ठाः अवोध बालकमाथि गाउँलेको निषेध >> सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो >> सभामुख – प्रमुख दल नेता वैठक निश्कर्षविहीन >> गण्डकीका मुख्यमन्त्रीको ‘वहुमत’ विरुद्ध कांग्रेस सर्वोच्चमा >> मातातिर्थ औंशीमा ६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट >>  तोलामा आठ सय रुपैयाँले बढ्यो सुन >> टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की

दलले नै जोगाउँछन् अतिक्रमणकारी

२९ श्रावण २०७५, मंगलवार
२९ श्रावण २०७५, मंगलवार

सदरमुकाममा सार्वजनिक जग्गा अतिक्रमणको कुरा विभिन्न कार्यक्रममा बारम्बार उठने गर्छ । मुख्य बजारमै वर्षौअघि निर्माण भएका अग्ला घर आधा सार्वजनिकमा बनेका छन, डोजर लगाएर भत्काउनुपर्छ भन्ने आवाज जाडतोडले गुन्जिन्छ । तर, हिम्मत कस्को ? त्यस्ता व्यक्ति दल र नेताको आडमा छन । सम्बन्धित निकाय नै तै चुप मै चुप बस्छन । सार्वजनिक जग्गाको संरक्षण गर्ने निकाय जिल्ला प्रशासन कार्यालय र सन्धिखर्क नगरपालिका हो । भर्खरै सरुवा भएर आएका सबैजसो प्रमुख जिल्ला अधिकारीले क्रान्तिकारी शब्दमै भन्छन, सार्वजनिक जग्गा मिचेर घर र घडेरी बनाउनेलाई कारवाही हुन्छ, घरमा डोजर लगाइन्छ । तर, केही समयपछि प्रजिअ नै गुपचुप बस्छन । सरुवा हुन्छ । नया“ आउने प्रजिअले बरफादार भएर कुरा झिक्छन तर, कारवाही कहिल्यै हु“दैन । दसकैदेखिको समस्या यथावत नै छ ।
सबै दलका नेता सदस्य रहेर जिल्ला प्रशासन, नापी, तत्कालिन सन्धिखर्क गाविसका प्रतिनिधि सहितको छ वर्ष अघि तत्कालिन माओवादी जिल्ला नेता रामबहादुर रायमाझीको संयोजकत्वमा छानविन समिति बन्यो । प्रतिवेदन तयार पार्याे । तरपछि सबै विलाए । अहिले कसैले कुरा उठाउन रुचाउदैनन् ।
सन्धिखर्क मेनरोड र बैंक रोडमा जाने ठाडो बाटो, कुलो, चौपारी, शान्ति वगैचा चोकमा जग्गा मिचेर ठडिएका घर भेटिए । चुत्रावेशीमा बा“गीखोला मिचेर घर घडेरी, गुन्टे खोला सार्वजनिक खोल्सो पुरिएर घर बनेका छन ।
समितिले बुझाएको प्रतिवेदन जिल्ला प्रशासन र सन्धिखर्क नगरपालिकाबाट गायब गरिएको छ । फाइल भेटिदैन । छानविन समितिमा रहेर अनुगमन गरेका तत्कालिन सन्धिखर्क गाविसका सचिव जीवनारायण आचार्य अहिले जिल्ला प्रशासनका सुब्बा छन । उनले पनि प्रतिवेदन भेटाएनन् । ‘जग्गा धेरै मिचिएर घर बनेका छन,’ उनले भने, ‘कारवाही नै हुन सकेन । मुख्य रोडका ठाडो बाटोमै घर भेटिएका छन ।’ सन्धिखर्कका सरोकारवालाले कुरा उठाएपनि नेता र सम्बन्धित निकायले चासो दिदैन । सदरमुकाममा सडक, खोल्साीखाल्सी, खोला, बगर र वन मिचिनेक्रम बढदो छ । द्वन्द्वमा नक्सा जलेर नष्ट हु“दा जिल्ला नक्सा विहीन भएकाले सार्वजनिक जग्गामा घर बनेको हुन । नक्सा विहीन भएको मौका छापेर जग्गा कारावोर गर्नेले आधा नीजि जग्गा र आधा सार्वजनिक जग्गा मिचेर बनाइएका घडेरी सोझासाझालाई बिक्री गरेका छन । सदरमुकाममा २०४१÷०४२ सालमा नापी भएको थियो । त्यतिबेला फराकिलो बा“गी खोला सा“घुरिएको सन्धिखर्कका केएल शर्माले बताए । चौपारी, सिंचाइ कुलो, खोल्सा सार्वजनिक थिए, अहिले घर बनेका छन, उनले भने ।
जग्गा हडप्ने व्यक्तिहरू सबै दलको भोट बैंक भएकाले अतिक्रमणको विषय गुपचुप राखेको बारका सचिव अधिवक्ता जगन्नाथ भुसालले बताए । जग्गा मिचेर घर बनाएका व्यक्ति दलका नेताको आडमा संरक्षणित छन । भोट बिग्रन्छ भनेर सबैले ढाकछोप गरेका छन, उनले भने । सार्वजनिक जग्गा मिचेर घर बनाउने व्यक्ति राजनीतिक दलको संरक्षणमा रहेकै कारण कारवाही हुनबाट जोगिदै आएका छन । उनीहरूको घरमा डोजर लगाएर भत्काउने हिम्मत दलका नेता र प्रशासनको छैन । छानविन समिति पनि भू–माफियाको जालोमा फस्यो, उनले भने । प्रतिवेदनसम्म बनायो त्यसपछि गुपचुप भए । प्रशासनले केही गरेन ।
शक्तिकेन्द्रस“ग पहु“च भएकाले अतिक्रणम गरेका छन । सरकारी जग्गाको संरक्षण गर्ने निकाय सन्धिखर्क नगरपालिका र रेखदेख गर्ने जिल्ला प्रशासन हो । ‘सरकार नै नभएजस्तो छ,’ उनले भने, ‘छाडातन्त्र भयो । बारबाट पनि धेरै पटक कुरा उठायौं, कसैले वास्ता गरेन ।’ जग्गा मिच्नेवालाले पाटी र नेतालाई आर्थिक सहयोग गर्छन, चुनावमा दौडिन्छन अनि कारवाही हुन्छ त ? उनले प्रश्न गरे । जग्गा मिच्ने दलको कार्यकर्ता भएकाले कारवाही गरे भोट घटने डरका कारण नेता चुप लागेर बसेका छन ।
विशेष नापी कार्यालयले नापनक्साको काम गरिरहेको छ । कुन ठाउ“मा के कति जग्गा मिचिएको छ, नापीले नक्सांकन गरिरहेकाले नक्सा तयार पारेपछि सर्वदलीय बैठक बसेर कारवाहीको प्रक्रिया अघि बढाइने सन्धिखर्क नगर उपप्रमुख ठाकुर विकले दावी गरे । छानविन समितिले व्यावहारिक रूपमा प्रतिवेदन तयार पारेको होला, आधिकारिक नापीले नक्सा तयार पारेपछि अतिक्रमित जग्गा के गर्ने त्यतिबेला थाहा हुन्छ, उनले भने । सदरमुकाममा जग्गा अतिक्रमण भएर घर घडेरी बनेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np