ट्रेंडिंग:

>> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित)

शहिदले देखेको सपना अझै भएन पूरा

१६ माघ २०८०, मंगलवार
१६ माघ २०८०, मंगलवार

प्रजातन्त्र प्राप्तिका लागि ज्यान उत्सर्ग गर्ने शहिदहरूको सम्मान र सम्झनामा आज मंगलवार शहिद दिवस मनाईदैछ । यद्यपि शहिद दिवस हरेक बर्ष साताव्यापी कार्यक्रम गरि मनाउने गरिएको छ । राष्ट्रका लागि ज्यानको पर्वाह नगरी मृत्युवरण गरेकाहरूको सम्मानमा शहिद दिवस मनाउने परम्परा रहिआएको छ । वि.सं. २००७ मा राणा शासनविरुद्ध लडेर ज्यानको बाजी लगाउने शहिद धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको योगदान चिरस्थायी राख्न र त्यसपछि २०१७, २०४६ र २०६२–२०६३ सालमा प्रजातन्त्र तथा लोकतन्त्र र गणतन्त्रका लागि ज्यान दिने ज्ञात–अज्ञात शहिदको सपना साकार पार्न आज सङ्कल्प गर्ने दिनका रूपमा पनि शहिद दिवसलाई लिने गरिएको छ । निरङ्कुश जहानिया राणा शासन हटाई नेपालमा बैधानिक प्रजातान्त्रिक शासन स्थापना गर्न शुक्रराज, धर्मभक्त दशरथ चन्द र गंगालालका साथै कृष्णलाल अधिकारी र कृष्णप्रसाद कोइरालाको बलिदानले ठूलो भूमिका निर्वाह गरेको थियो । त्यसयता मुलुकमा ठूलो संख्यामा शहिदहरूले बलिदान गरेका छन् । शहिद दिवसका अवसरमा मंगलवार देशैभरि विविध कार्यक्रम आयोजना गरिएको छ । जेहोस् शहिद दिवसको औपचारिकता पूरा भएको छ तर शहिदले देखेको सपना अझै पूरा भएको छैन । शहिदहरूले जुन सपना देखेका थिए त्यो पूरा गर्नेतर्फ नेताहरूको गम्भीर ध्यानाकर्षण हुनु जरुरी छ । अनिमात्र शहिदले दिएको बलिदानको सार्थकता हुनेछ ।

शहिद दिवसको मर्म संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई निष्कर्षमा पुयाउन सकेमा मात्र त्यो सार्थक हुनेछ । शहिद दिवसलाई अहिलेसम्म केवल परम्परा धान्ने वा औपचारिकतामा मात्र सीमित राखिएको इतिहास छ । वर्षको एकपटक शहिद दिवस मनाउने र त्यसपछि शहिदले देखाएको बाटोमा मुलुकलाई अग्रसर नगराउने परम्परा हाबी हुँदै गएको छ । यस्तो अवस्थाले शहिदको साँचो अर्थमा स्मरण हुन सक्दैन र उनीहरूले जुन उद्देश्यका लागि ज्यान उत्सर्ग गरेका थिए त्यसको कत्तिपनि सम्मान हुन सक्दैन । कमसेकम शहिद दिवसमा शहिदले गरेको त्याग र बलिदान अनुरूप अघि बढ्ने संकल्प गर्नुपर्दछ । अनिमात्र शहिद दिवस मनाउनुको सार्थकता हुन सक्छ । तर, विडम्बना पछिल्लोसमय हामीले शहिद शब्दको मर्यादा, मूल्य, गरिमा, सम्मान र आस्थालाई अवमूल्यन गर्दै आएको अवस्था छ । अहिले शहिदको अपमान भैरहेको छ । सामान्य घटनाक्रममा मृत्युबरण गरेकाहरूलाई पनि शहिदको पगरी गुथाउने जुन परिपार्टी विकास भएको छ, त्यसले शहिदको अवमूल्यन भएको छ ।

अर्को चिन्ताको कुरा के छ भने अस्तीमात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले थप तीन हजारलाई शहिद घोषणा गर्ने तयारी भैरहेको बताउनु भयो । यसले के देखिन्छ भने शहिदको मर्यादा, गरिमा होइन अव शहिद भन्नासाथ हेयको दृष्टिले हेर्ने बातावरण सरकार आफै सिर्जना गर्दैछ । शहिदको जुन सपना थियो त्यो पूरा गर्ने दौरानामा शहादत प्राप्त गरेका चार शहिद नै वास्तविक शहिद हुन । बस वा ट्रकले दुर्घटना गराएकाहरूरुलाई पनि शहिदको सूचीमा राख्ने गरिएको नराम्रो संस्कारको विकास भैरहेको छ । यसले शहिदको अवमूल्यन हुँदै गएको छ । राणा शासनको अन्त्यका लागि हाँसीहाँसी फाँसी चढ्न तयार शुक्रराज, धर्मभक्त, गंगालाल, दशरथ चन्दहरूका अगाडि अमूल्य शहिद उपमा लाग्दा जीउ जिरिंग हुने गथ्र्यो । सम्मानले रगत उम्लिन्थ्यो । तर जब ‘शहिद’ हरूको सूची रूपैयाँ पाउने हिसाबले बढ्न थाल्यो । शहिद शब्दकै अपमान, अवमूल्यन र मानमर्दन हुन थालेको छ । यही अवस्थाले वास्तविक महान् शहिदको अपमान गर्न सुरु भएको त होइन ? प्रश्न गर्नुपर्ने बेला आएको छ । अब वास्तविक शहिदको अपमान होइन सम्मान गर्ने संस्कृति विकास गर्नु जरुरी छ । शहिदले देखाएको बाटोमा मुलुक हिँड्ने प्रयास होस् । अनिमात्र वास्तविक शहिदको सम्मान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?