ट्रेंडिंग:

>> वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधानमा लाग्न देउवाको आग्रह >> मकवानपुरमा कार दुर्घटनामा घाइते २ जनाको मृत्यु >> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित)

प्रदूषण नियन्त्रणमा सरकार बेखबर

१२ माघ २०८०, शुक्रबार
१२ माघ २०८०, शुक्रबार

बिहीवार सार्वजनिक बायु प्रदुषण मापदण्ड रिपोर्टका अनुसार विश्वका बढी वायु प्रदूषित सहरमध्ये १० औँ स्थानमा काठमाडौँ परेको छ । काठमाडौँको हावाको प्रदूषण १ सय ६४ एक्यूआइ वल्ड ऐर क्वालिटी इन्डेक्सले देखाएको छ । हिउँदे वर्षा समयमा नहुँदा विश्वका विभिन्न क्षेत्रमा वायु गुणस्तरमा सुधार आउन सकेको छैन । भारतको दिल्ली सहर वायु प्रदूषणको १ नम्बरमा परेको छ । नेपालको संघीय राजधानी काठमाण्डौंको बायु प्रदुषणले चिन्ता थपिरहेको बेला राजधानी बाहिरका सहरहरू समेत बायु प्रदुषणको मारमा छन । बुटवल, भैरहवा, विराटनगर, बीरगञ्ज, तौलिहवा, नेपालगञ्ज, धनगढी लगायतका सिमावर्ती क्षेत्रका सहरमा बायु प्रदुषण बढेको देखिएको छ । पछिल्लो रिपोर्टका अनुसार दिल्लीको हावाको गुणस्तर २ सय ८३ एक्यूआइ देखिएको छ । दोस्रो नम्बरमा पकिस्तानको कराँची छ । त्यहाँको वायु गुणस्तर २ सय ५९ एक्यूआइ छ । यस्तै क्रमशः भारतको कोलकत्ताको २ सय ५६ एक्यूआइ, बंगलादेशको ढाका २ सय १५ एक्यूआइ मापण गरिएको छ । बोस्निया र हेर्जेगोभिनाको सरजेबो सहरको १ सय ७७ एक्यूआइ, म्यानमारको योगनको १ सय ७३ एक्यूआइ, पकिस्तानको लाहोर १ सय ७३ एक्यूआइ, भारतको मुम्बई १ सय ७२ एक्यूआइ र मंगोलियाको उलानबाटरको १ सय ७१ एक्यूआइ मापन गरिएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५० एक्यूआईसम्मलाई सामान्य मानिन्छ । त्यसभन्दा माथिको गुणस्तर एक्यूआई अस्वस्थकर हुने चिकित्सकको भनाइ छ ।

लामो समयदेखि हिउँदे बर्षा नभएका कारण मौसम धुम्म हुने र बायु प्रदुषण बढेको मौसमबीदहरूले जनाएका छन । जसका अनुसार पछिल्ला केही महिनायता संघीय राजधानीमा बाताबरण प्रदूषणको समस्या विकराल बनेको छ । स्मरणीय के छ भने चार बर्षअघि पनि काठमाण्डौंका बायु प्रदुषण चिन्ताजनक अवस्थामा पुग्दा सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अन्तरिम आदेश दिदै बायु प्रदुषण घटाउने उपाय प्रयोग गर्न निर्देशन दिएको थियो । त्यही अवस्था अहिलेपनि आउने चिन्ता थपिएको छ । त्यसैपनि सडक विस्तार, मेलम्ची खानेपानीको पाइप विच्छ्याउन र ढल मर्मत सम्भारका क्रममा खनिएका सडकका कारण पछिल्लो समयमा उपत्यकामा वायु प्रदूषण बढिरहेको छ । बायु प्रदुषण बढाउने मूख्य कारक २० बर्ष पुराना सवारीका साधन समेत हुन । मेलम्चीका लागि पाईप राख्ने काममा समेत धुलो उडेका कारण समस्या भएको छ । सडक कहिले मर्मत गर्ने र कहिले भत्काउने भन्ने कुरामा सरकारी निकायबीच तालमेल हुन नसक्दा गम्भीर हेलचेक्र्याइ दोहोरिन थालेको छ । वर्षौं पुराना सवारीसाधनका कारण समेत प्रदूषण बढिरहेको पुष्टि हुँदा पनि सरकारले पुराना सवारीलाई प्रतिबन्ध गराउन सकेको छैन । सर्वोच्चले २० वर्षे पुराना सवारी हटाउनसमेत केही बर्षअघि अन्तरिम आदेश दिएको थियो तर सरकार त्यसमा इच्छुक देखिएको छैन । वायुमण्डलमा रहने धूलोको कणका कारण निमोनिया, खोकी, मुटु र दमको रोग संक्रमणसंगै फोक्सोको क्यान्सर बढ्ने गरेको पटकपटक विज्ञहरूले चेतावनी दिदै आएका छन । चिकित्सकहरूका अनुसार नेपालमा वार्षिक १० हजार व्यक्तिको अकाल निधन वायु प्रदूषणका कारण हुँदै आएको छ । स्वच्छ वातावरणमा बाँच्न पाउनु मानिसको मौलिक हक हो । तर डब्ल्यूएचको पछिल्लो प्रतिवेदन अनुसार काठमाडौं उपत्यकाको प्रदुषण ५ गुणा बढिरहेको छ । नेपालजस्ता अल्पविकसित मुलुकहरूमा वायु प्रदूषण ‘मन्दविष’ का रूपमा फैलदै गएको देखिएको छ । तसर्थ बायु प्रदूषण नियन्त्रण गर्नेतर्फ सरकारले ठोस कार्यक्रम अघि बढाउनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?